
बाजुराः बाजुराको दुर्गम हिमाली गाउँपालिका विगत चार महिनादेखि अन्धकार बनेको छ । यहाँका अधिकांस गाउँबस्ती यतिवेला विद्युत सेवाबाट प्रभावित बनेका छन्।गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार बनेका हुन् ।

विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसंगै स्थानीका घरजग्गा बगाएर करोडौंको क्षति भएको थियो । बाढीबाट प्रभावित व्यक्तिहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।जाडो महिनामा पाल टागेर बस्नुपर्ने बाध्यता उनीहरुमा छ । ०७८ फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एकसय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत सेवाको उपभोग गरिरहेका थिए ।
नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट बञ्चित भएका छन्। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारसमेत भत्किएका थिए ।पालिकाले दुई महिनामा त्यसैलाई पुनः मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको भए पनि बत्ती बाल्न भने सकेको छैन् । भत्किएको नहर निर्माण गरेर बत्ती सञ्चालन गर्न ठुलो रकमको आवश्यक हुँदा विद्युत प्रवाह गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको बजेटले विद्युत आपुर्ति गर्न नसकिने हुँदा गत असार अन्तमि देखि हालसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।उनका अनुसार,भत्केको नहर निर्माणका लागि आफूले विभिन्न निकायसंग समन्वय,सहकार्य गरेको भए पनि काम हुन नसकेको जानकारी दिए।
बाढिले विद्युत नहरमा ठुलो क्षति भएको छ । मल्लले भने,‘पाँच महिनादेखि यहाँका करिब १२ सय घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । नहर निर्माण गरेर सञ्चालन गर्न पालिकासंग रकम नभएकोले प्रदेश र केन्द्रसंग समन्वय गरिरहेको छु । तर कहींबाट समस्या समाधानको लागी सहयोग भएको छैन् ।’
देशकै अती दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ ।शिक्षा,स्वास्थ,यातायात,विद्युत, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति समेत गरेको छ।गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा विजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।
यहाँको क्युडी गाउँबाहेक सबै वडामा बिजुली पुगेको छ । बर्षौदेखि टुकी,झरोको सहायताले अध्यारोमा रात कटाउदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रुपमा साकार हुँदै गइरहेको गाउँपालिकाले जनाएको छ । विगत चार महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर