• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रानीसैन क्षेत्रको जडीबुटी दोहन नियन्त्रणका लागी तिमिल्सीनाद्वारा सुरक्षा व्यवस्थाको माग

रानीसैन क्षेत्रको जडीबुटी दोहन नियन्त्रणका लागी सुरक्षा व्यवस्थाको मागः तस्विरः धर्मराज तिमिल्सीना
खप्तड मालिका न्युज December 7, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुराः बाजुराको मनमोहक अथाह सम्भावना बोकेको पर्यटकीय क्षेत्र रानीसैनको जडीबुटी दोहन नियन्त्रणका लागी सुरक्षा व्यवस्थाको माग गरिएको छ।बाजुराको हिमाली गाउँपालिका-३स्थित रानीसैन क्षेत्र गम्भीर सुरक्षा चुनौतीको अवस्थाबाट गुर्जिरहेकोले त्यहाँको जडिबुटी उत्खनन् कार्यलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थाको माग गरिएको हो।

बाजुरेली युवा धर्मराज तिमिल्सेनाले सुरक्षा व्यवस्थाका साथै अस्थायी प्रहरी चौकी स्थापना गर्न विभिन्न माग सहित गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष निवेदन पेश गरेका छन्।रानीसैन क्षेत्र बहुमुल्य हिमाली तथा उच्च औंषधीय महत्त्वका जडीबुटीको प्रमुख स्रोत रहेकोले सुरक्षा व्यवस्थाको निकै आवश्यक देखिन्छ।यहाँको जडीबुटी दोहन रोक्नको लागी आवश्यक सुरक्षा व्यवस्था मिलाईदिन बाजुरेली युवा तिमिल्सेनाले गृहमन्त्री समक्ष आग्रह गरेका हुन्।

उनले हरेक समय बाजुराका समस्या,सम्भावना तथा चुनौतीका बिषयमा सवाल उठान गर्दै आएका छन्।पछिल्लो समय रानिसैन क्षेत्रमा जथाभावी दोहन,अवैध जडिबुटी संकलन,तस्करी समुहको चहलपहल,वन तथा जैविक स्रोत विनाश,प्रशासन तथा सुरक्षाको न्यून उपस्थिति जस्ता समस्याहरु तिब्र गतिमा भईरहेकोले यी समस्या समाधानका लागी रानिसैनको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाईदिन तिमिल्सेनाले विभिन्न माग सहित गृहमन्त्री समक्ष आग्रह गरेका छन्।

विभिन्न नकारात्मक कार्यले राष्ट्रिय सम्पदा नै जोखिममा पर्नुका साथै राजस्वमा क्षति,वातावरणीय दिगोपनामा नकारात्मक प्रभाव र स्थानीय अर्थतन्त्र कमजोर हुने अवस्था सिर्जना भए पछि सुरक्षा व्यवस्थाको माग गरेको तिमिल्सेनाले बताए ।उनका अनुसार,राष्ट्रिय हित,स्थानीय सुरक्षा,स्रोत साधनको संरक्षण,सामाजिक स्थायित्व,तथा राज्यको सुशासनमैत्री ढंगले विस्तार गर्ने उदेश्य सहित गृहमन्त्री समक्ष सुरक्षा व्यवस्थाको माग गरिएको तिमिल्सेनाको भनाइ छ।

उनले रानिसैनको जडीबुटी दोहन तथा अवैध संकलन रोकथामका लागी प्रहरी,वन कार्यालय,र स्थानीय सरकारको संयुक्त विशेष अनुगमन टोली खट्ने व्यवस्थाको माग गरेका छन्।त्यस्तै जोखिमयुक्त क्षेत्रमा नियमित सुरक्षा गस्ती,अनुगमन कार्यालय तथा प्राकृतिक स्रोत संरक्षण कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशन जारी,बहुमुल्य जडिबुटीको दिगो बैज्ञानिक व्यवस्थापन,राजस्व संकलन तथा बजार व्यवस्थापनका लागी उच्च स्तरिय नितिगत व्यवस्थाको माग राखेका छन्।

साथै सिमाबाट हुने अवैध तस्करी नियन्त्रण गर्न समन्वित सिमा सुरक्षा योजनाको समेत माग गरेका छन्। श्रम पर्यटन,जडिबुटी,कृषि तथा पशुपालनसम्बन्धी सम्भावनायुक्त क्षेत्रको सुरक्षा,समर्थित विकास योजनालाई प्राथामिकता,नागरिकलाई राज्यको शसक्त उपस्थित अनुभुत हुने गरि प्रशासनिक तथा सुरक्षात्मक संरचना विस्तार गर्न सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको छ।

त्यस्तै स्थानीय बस्ती नजिकै अस्थायी चौकी स्थापना गरि आवश्यक व्यवस्थाको माग सहित आकस्मिक घटना,अपराधीक गतिविधि,पारिवारिक तथा सामाजिक विवाद,चोरी,तस्करी नियन्त्रणका लागी नियमित गस्तीमा साथै भौगोलिक कठिनाईलाई मध्यनजर गरि मोबाईल गस्ती टोलि,तत्काल रेस्पोन्स तथा स्थायी चौकी स्थापना सम्भाव्यता अध्ययन सञ्चालनको लागी माग गरिएको हो।

रानीसैन क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन,प्रबर्द्धन तथा संरक्षण,सम्बर्द्धन गरि आर्थिक टेवा पुर्याउन उल्लेखित माग कार्यान्वनको लागी पहल गरिदिन तिमिल्सेनाले गृहमन्त्रीलाई सादर अनुरोध समेत गरेका छन्।रानीसैन समुन्द्री सतहबाट ३ हजार ५ सय ७८ को उचाईमा अवस्थित छ।

पर्यटकीय क्षेत्र संगै बहुमुल्य जडीबुटीको धनी रानिसैन पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । यो क्षेत्र जडिबुटीको भण्डार हो। बहुमुल्य जडिबुटी यार्सागुम्बा,जटामसी,बुकि,पदमचाल,पाँचऔले,सेतो चिनि,विस,लगायत चिजबिज पाईन्छन्। फुलै फुलले टम्म परेको रंगिन फाँट,सेताम्य हिउँको तन्नामा सुतिरहेको हिमाल,हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गडुङले रानीसैन प्रख्यात छ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑