
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: विना कारण काेही व्यक्ति सम्मानित हुदैनन्।जसले सकारात्मक कार्य गरेर अघि बढेकाे हुन्छ,त्याे नै सम्मानित हुन्छ।जसले आफ्नो कर्मलाई असल कर्मशिलतामा परिणत गरेकाे हुन्छ,त्याे नै व्यक्ति सम्मानित हुने गर्छ।

चाहेँ त्याे डाक्टर हाेस्,चाहेँ ईन्जिनियर अथवा चाँहे किसान। र असल पत्रकार। जाे सुकै व्यक्ति भए पनि उसकाे असल कार्यकाे मुल्यांकन गर्दै सम्मानित हुने हुन्छन् अथवा गरिन्छ।सम्मानित हुने व्यक्ति कुनै असाधारण हुदैन्।
उसकाे मनमा आफ्नो असल कर्म र समाजकाे माया हुन्छ। त्यसैमा पत्रकार सम्मानित हुनु गर्वकाे बिषय हाे। जसले सिंगाे समाजकाे परिवेश नियालेर अघि बढेकाे हुन्छ। त्यति मात्र हाेईन्,उसलाई असल पत्रकारीताकाे माया हुन्छ।
उसले सधैं सकारात्मक ढंगले पत्रकारीतामा कलम चलाउँदै अघि बढेकाे हुन्छ। जसकाे उदाहरणकाे रुपमा लिईन्छ,बजुरेली पत्रकारीताका धराेहर,जन्मदाता पत्रकार दयाराम पण्डित। जसले बाजुरेली पत्रकारीता जन्माए र चिनाए।जसकाे याेगदान अतुलनीय छ। बाजुरेली पत्रकारीताकाे क्षेत्रमा सधैं अमर रहिरहने नाम हाे,दयाराम पण्डित।
कुनै समय बाजुरेलीलाई पत्रकारीता के -हाे भन्ने थाहा थिएन्। पत्रकारीता जन्मेकै थिएन्। त्याे समय पत्रकारीता जन्माउने र संघर्षका बाफजुत चिनाउने मान्छे हुन् पण्डित। जसले आफ्नाे सिंगाे जीवन नै पत्रकारीता क्षेत्रमा व्यथित गरेका छन्। बाजुराका दुर-दराजका आवाज सिंहदरबारसम्म पुर्याउन पण्डितकाे अहम याेगदान छ।
पण्डित उमेरले बुढाे हुँदै गए पनि उनकाे पत्रकारीता क्षेत्रकाे माया,माेह,लगाव उस्तो छ। समाजका व्याप्त कुरिती,कु-संस्कारका विरुद्ध अझै लड्नु,भिड्नु हुन्छ। दरिलाे रुपले अझै उहाँको कमल चल्छ। पत्रकारीता क्षेत्रमा कटिबद्ध रहने पण्डित बडीमालिका नगरपालिकाकाे स्थापना दिवसका अवसरमा सम्मानित भएका छन्।
नगरले उनकाे पत्रकारीता क्षेत्रकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरेकाे हाे।मंगलबार बडीमालिका नगरपालिकाको ११ औँ स्थापना दिवसको अबसरमा पण्डितकाे पत्रकारीता क्षेत्रकाे उच्च कदर गर्दै सम्मानित गरिएको हाे । पण्डितलाई बाजुरेली पत्रकारीताका जन्मदाता समेत भनेर चिनिन्छ।उहाँ लामो समय देखी हालसम्म पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन्।
सम्रग पालिकाको विकासमा पत्रकारिता क्षेत्रबाट अहम भुमिका निर्वाहका साथै उच्च योगदान गरेकोे प्रति उच्च मुल्यांकन गर्दै नगरपालिकाद्वारा सम्मानित गरिएको नगर प्रवक्ता तथा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याले बताए ।साथै पत्रकारीता क्षेत्रमा पण्डितकाे अतुलनीय याेगदान रहेकाे पाध्यायले बताएका छन्।
पण्डितलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो । बडीमालिका नगरपालिकाले ११ औँ स्थापना दिवसको अवसरमा पत्रकार पण्डित लगायत तिन जनालाई सम्मानित गरेकाे हाे । पत्रकार पण्डित सधैं व्यवहारीक पत्रकारीता नै अहिलेकाे आवश्यकता भन्दै अघि बढ्ने व्यक्ति समेत हुन्। देश संकटमा परेकाे बेला आम नागरिकले आम सञ्चार माध्यमप्रति विश्वास गर्ने गरेकाे पण्डित बताउने गर्छन्।
पत्रकारिताको मूल मर्म र जगमा टेकेर पत्रकारिता पेसा अवलम्बन गर्नु पर्ने पण्डित बताउँछन्।पत्रकारबाट नै पत्रकारिता बचाउन सकिने हुँदा पत्रकारले सक्रिय रुपमा लाग्नुपर्ने कुरामा पण्डितकाे जाेड छ। साथै पछिल्लो समयमा पत्रकारीता क्षेत्र फरक ढङ्गले अघि बढेकाे हुँदा यसलाई व्यवसायीक रुपमा अबलम्बन गर्नुपर्ने उनकाे भनाइ छ।
पण्डित पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील एवं पत्रकार महासंघ बाजुरा, बझाङ शाखाका संस्थापक सभापति हुनुका साथै प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य समेत हुन्।

बडीमालिका नगरपालिकाकाे स्थापना दिवसका अवसरमा सम्मानित पत्रकार: दयाराम पण्डित

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर