• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मानव अधिकारका सवालमा गम्भिर हुन जरुरी छः प्रजिअ निरौला

खप्तड मालिका न्युज November 26, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मानव अधिकारका बिषयमा गम्भिर हुन आवश्यक रहेको बताएका छन् ।नयाँ प्रजिअको रुपमा भर्खरै बाजुरा आउनु भएका निरौलाले बुधबार प्रशासनमा आयोजित मानव अधिकारको अवस्था, संरक्षण तथा संम्बद्र्धनमा विभिन्न निकायहरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रजिअ निरौलाले मानव अधिकार संरक्षण राज्यको मूल दायित्व भएको उल्लेख गर्दै यसमा राज्य संयन्त्रका साथसाथै सम्पुर्णले मानव अधिकारका सवालमा संवेदनशील र उत्तरदायी हुनुपर्ने बताएका हुन् ।पछिल्लो समय सिंगो नेपालमा मानव अधिकार उल्लघंनका घटना विकराल बन्दै गएको प्रति गम्भिर चासो व्यक्त गर्दे प्रजिअ निरौलाले यस्ता घटनाहरुको न्युनिकरण गर्न सर्वप्रथम नागरिक स्तरबाटै सुधारको पक्षमा लिनुपर्ने कुरामा जोड दिए ।

मानव अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। नागरिककले अनुभुत गर्ने निति योजना तथा कार्यक्रम बनाउन आवश्यक छ ।साथै उनले राज्यका निकायहरूबीच समन्वय, पारदर्शी सेवा प्रवाह र दिगो शान्तिका लागि नागरिकमैत्री दृष्टिकोण आवश्यक रहेको समेत बताए ।

मानव अधिकारको सन्र्दभमा धेरै बिषयबस्तु संविधानमा उल्लेख भए पनि पुर्ण रुपमा कार्यान्वय हुन नसकेको बताउँदै यो संग सम्बन्धित निकायले मानव अधिकारका बिषयमा बढी भन्दा बढी वकालत गर्न आवश्यक रहेको समेत प्रष्ट पारे । मानव अधिकारका सवालमा स्थानीय सरकार पनि गम्भिर हुनुपर्ने कुरामा उनले जोड दिए ।

मानव अधिकार हननका घटनाहरु न्युनिकरणका लागी स्थानीय सरकारको ठुलो भुमिका रहेको हुँदा सबैले आफ्नो स्थानीय तहमा यस्ता घटना न्युनिकरण गरेको खण्डमा राज्यलाई झनै सजिलो हुने उनको भनाई थियो । सिमान्तकृत समुदायका आवाज,द्धन्द्धपिडित,बेपत्ता पारिएका व्यक्तिका परिवार,स्थानीय तहमा महिला,बालबालीका,दलित र अपांगता भएका व्यक्ति,न्यायिक समितिले व्यक्तिको मानव अधिकार रक्षाका लागी खेलका भुमिका,संगै सम्रग नागरिकको हक हितका लागी बलियो आधार निमार्ण गर्नुपर्ने बताएका हुन्।

उनले प्रशासन नागरिक अधिकारप्रति संवेदनशील र उत्तरदायी रहेको समेत बताए।स्थानीय तह, प्रहरी प्रशासन, अदालत, नागरिक समाज र सञ्चारकर्मीबीच नियमित संवाद तथा सहकार्य भएमा मानव अधिकारमैत्री वातावरण सिर्जना हुने समेत बताएका हुन् । मानव अधिकार उल्लघनका घटनामा मानव अधिकारकर्मीहरु दरिलो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी सरोकारवाला निकाय तथा पत्रकारहरुले विभिन्न बिषयहरुको उठान गरेका थिए । जिल्लामा मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि सुरक्षा निकाय, प्रशासन, कानुनी निकाय, नागरिक समाज र सञ्चारकर्मीबीच समन्वय र सहकार्य अझै मजबुत बनाउनुपर्ने सहभागीहरुको निष्कर्ष थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, नेपाल बार, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता  थियो ।कार्यक्रमको उद्देश्य तथा प्रतिवेदन बारे इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका लेखा अधिकृत कृष्ण विश्वकर्माले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदम बहादुर सिंहले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑