• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दुर्गम बिच्छ्या जोड्ने सडककाे मुख्यमन्त्री शाह द्वारा शिलान्यास

खप्तड मालिका न्युज November 24, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे पुर्वी क्षेत्रकाे हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ (बिच्छा, कोट र बौडी) लाई जाेड्ने सडकखण्डकाे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सिलान्यास गरेका छन्।

बाजुराकै अति विकट क्षेत्रमा पर्ने बिच्छ्या वर्षौंदेखि सडक सुविधा नहुँदा स्थानीय वासीले भोग्दै आएको कष्टलाई अन्त्य गर्ने उद्देश्यका साथ मुख्यमन्त्री शाहले सडक निर्माण कार्यकाे लागी सिलान्यास गरेका हुन्।

‎झन्डै ६०० घरधुरी रहेका यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो ।सडक निर्माण पश्चात् यहाँका नागरिकलाई ठुलाे राहत मिल्ने भएको हाे।

‎प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गत २ करोड ६९ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । हुम्लाकाे ताजाकाेट गाउँपालिकाले ५० लाख रकम विनियोजन गरि सहयाेग पुर्याएकाे छ । यता कर्णाली प्रदेश तर्फ हुम्लाको खडाडिल–पम्पानी हुँदै मैतनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए।
‎
‎हिमाली गाउँपालिका–१ को कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुने भएको छ । शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधि अघि बढ्न थालेको उल्लेख गर्दै यसलाई संघीयताको सकारात्मक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।

विकास जादुकाे छडी नभई क्रमिक रुपमा हुने भएकाेले विकटका नागरिककाे समस्या समाधान गरिने मुख्यमन्त्री शाहले बताए । विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले सडकस्तर उन्नतिको साथै स्वास्थ्य, शिक्षा र आधारभूत सेवाका क्षेत्रमा समेत बजेट छुट्याइने आश्वासन दिएका छन्। सडक निर्माण हुने भए संगै यहाँका स्थानीय खुसि समेत भएका छन्। सडक सञ्जालबाट प्रताडित यहाँका स्थानीयलाई सडक सञ्जालकाे पहुँच पुगेपछि दैनिक आवतजावतमा सहयाेग पुग्ने छ।

सिलान्यास ‎कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही, प्रदेशसभा सदस्य जुना दानी, बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल स्थानीय तह तथा वडाका जनप्रतिनिधि लगायत पत्रकारकाे सहभागी थियाे।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑