• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आपसी सद्भाव कायम गर्न आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न, सिराडी ‘बि’ प्रथम

खप्तड मालिका न्युज October 22, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बडीमालिका नगरपालिका वडा नम्बर ७ गोपीसेरामा रहेको कालाऋषि युवाक्लवको आयोजनामा आयोजित वडा स्तरिय पुरुष  भलिवल प्रतियोगिता सम्पन्न भएको हो । मंगलबारबाट अर्थात हिजोदेखी सुरु भएको भलिवल प्रतियोगिता आज एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो ।

राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड शुभदिपावलीको अवसरमा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताएका छन् ।

प्रतियोगितामा सिराडी टिम ‘बि’ प्रथम भएको छ । भने सिराडीकै टिम ‘ए’द्धितिय भएको छ । त्यस्तै ऋषिमाण्डौ क्लव तृतिय भएको हो । प्रतियोगितामा पाँच टिम सहभागी थिए । प्रतियोगितामा प्रथम,द्धितिय,र तृतिय हुने टिमलाई नगद सहित प्रमाणपत्रले कार्यक्रमका प्रमुख,अतिथि,बिशिष्ट अतिथिहरुले सम्मान गरेका हुन् । प्रतियोगितामा आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो ।

क्लवले सानो धनरासीमा हरेक बर्ष आपसी तथा भाईचाराको सम्बन्ध कायम गर्न खेल प्रतियोगिताको आयोजना गर्दै आएको छ । खेल क्षेत्रको विकास,आपसी सम्बन्ध तथा मैत्रीभावलाई उजागर गर्न प्रत्येक बर्ष दिपावलीका अवसरमा प्रतियोगिताको आयोजना गरिदै आएको क्लवका सदस्य शुभराज तिमिल्सेनाले बताए ।

प्रतियोगिताले वडाको खेल क्षेत्रको विकास,खेलाडी उत्पादन तथा समाज निमार्णमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको छ ।क्लवले समाजमा विभिन्न सकारात्मक कार्यका साथै विभिन्न माध्यमबाट जनचेतनामुलक सुचना,सन्देश प्रशारण गर्दै आएको छ ।

समाजको विकासका निमित्त विभिन्न कार्य गर्दै आएको भए पनि क्लवको कुनै मुल्याकंन नहुने गरेको छ ।समाजमा गतिशिल कार्य गर्दै आएको क्वबलाई रानजितिक रुपमा फरक नजरले हेरिनुका साथै वडाको खेल क्षेत्रको लागी आएको बजेट पनि खर्च गर्न आनाकानी गर्ने गरिएको पाइन्छ । खेल क्षेत्रको लागी आर्थिक तथा भौतिक सहयोग माग गर्दा वडाले अनेक वाहानामा टालटुल गर्ने गरेको क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाको भनाई छ ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रचार प्रसार विभाग प्रमुख धनराज पण्डितले खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार भएकोले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नु पर्ने बताए ।

वडाको खेल क्षेत्रमा भविष्य बोकेका थुप्रै खेलाडी भएकोले उनीहरुको उजागर गर्न आवश्यक रहेको बताएका हुन् ।खेल क्षेत्रको विकासमा सम्बन्धित स्थानीय सरकारले आधार निमार्ण गर्न जिम्वेवार बन्नुपर्ने कुरामा उनले जोड दिए । साथै खेलाडीहरुलाई आगामी दिनमा थप प्रगतिशिल भएर लाग्न पनि आग्रह गरे।

क्लवका अध्यक्ष गणेश राज तिमिल्सेनाको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रचार प्रसार विभाग प्रमुख धनराज पण्डित रहनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रभावशाली युवा नेता तथा ज्ञानोदय माध्यामिक विद्यालयका विव्यस अध्यक्ष उमाकान्त पाध्याय बिशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा कालिका आधरभूत विद्यालयका प्रधानाध्यापक सहदेव पाध्याय,सामाजिक अगुवा बुद्धिजिवी टिकाराम पाध्याय लगायत अतिथि रहनु भएको थियो । कार्यक्रमकमा खेलप्रेमी खेलाडी लगायत अन्य स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक लोकराज तिमिल्सेनाले गरेका थिए ।

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑