
बाजुरा: स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) काे नतिजा अनुसार बाजुराकाे बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो बनेकाे छ ।

कैलालीको घोडाघोडी नगरपालिका पछी बाजुराकाे बुढीगंगा दोस्रो स्थानमा आएकाे हाे । घोडाघोडी नगरपालिकाले
८५ दशमलव ५० अंक ल्याएकाे छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएकाे हाे ।
बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले उत्कृष्ट अंक ल्याउदैँ लगातार दोस्रो पटक उत्कृष्ट बनेकाे हाे ।२०७९।८० मा बुढीगंगाले ८४ दशमलव ५० अंक ल्याएर जिल्लाकै पहिलाे र सुदूरपश्चिम प्रदेशकै तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजाका आधारमा ९ वटा स्थानीय तह मध्ये सबैभन्दा कमजोर बुढीनन्दा नगरपालिका रहेकाे छ । बुढीनन्दाले ६१ दशमलव ७५ अंक ल्याएर अन्य पालिकाकाे भन्दा पछी परेकाे हाे ।
त्यस्तै बडीमालिका नगरपालिकाले ८३ दशमलव ५० अंक ल्याएर जिल्लामा दोस्रो भएको छ भने जगन्नाथ गाउँपालिकाले ८१ दशमलव ५० ल्याएर तेस्रो हुन सफल भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले ८१, हिमाली गाउँपालिकाले ७५ दशमलव ५०, त्रिवेणीले ७४ दशमलव ७५, खप्तड छेडेदहले ७३ दशमलव ५० र गौमुलले ६९ दशमलव ५० अंक हासिल गरेका छन्।
मन्त्रालयकाे आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हाे।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर