
बाजुरा: बडीमालिका नगरपालिका वडा नम्बर ७ मार्तडी- काेल्टी सडकखण्डकाे रजाताेली नाउले खाेला र कुन्नाले खाेलामा निर्माण गरिएका काठेसाँघु यतिवेला जाेखिममा रहेका छन्।

अविरल वर्षाका कारण खाेलामा आएकाे बाढीले काठेसाँघुमा क्षती पुर्याउदा दुवै खाेलामा निर्माण गरिएका काठेसाँघु जाेखिममा परेका हुन्।
बर्षातको समयमा नागरिकलाई आउजाउमा सहज होस् भन्ने उदेश्यका साथ निर्माण गरिएका काठेसाँघु खाेलाले भत्काउदा अहिले स्थानीयलाई वारपार गर्न समस्या भएको छ।खाेलामा बढेकाे पानीकाे बहाफले काठेसाँघुमा क्षती पुगेकाे हाे।
समाजसेवी,स्थानीयकाे जनश्रमदान तथा सरकारकाे सहयाेगमा निर्माण गरिएका काठेसाँघु खाेलाले बगाउँदा आवतजावतमा निकै समस्या भएको स्थानीय हिरालाल पाध्यायले बताएका छन्।उनले भने,“ करिब १ महिना अघि निर्माण गरिएका दुबै खाेलाका काठेसाँघु जाेखिममा छन्।
यतिवेला स्थानीयले ज्यान जाेखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता छ ।”
रातभरकाे बर्षातका कारण खाेलामा आएकाे बाढीले नाउले खाेलाकाे साँघुमा क्षती पुर्याउदा पारिवगड,गाैडाका स्थानीयलाई गाउँसम्म आउँन जान निकै समस्या भएको अर्का स्थानीय प्रेमलाल पाध्यायले बताए ।
उनले भने,“ नाउले खाेलामा निर्माण गरिएको काठेसाँघु उच्च जाेखिममा छ । उता कुन्नाले खाेलाकाे साँघु पनि खाेलाले भत्काएकाे छ । जसले गर्दा यहाँका स्थानीय मात्र नभई माथिल्लो क्षेत्र र छिमेकी जिल्लाका नागरिकलाई सदरमुकाम मार्तडी सम्म पुग्न असहज भएको हाे।”
निर्माण गरिएका काठेसाँघु भत्काउँदा अहिले यहाँका स्थानीय चिन्तित समेत बनेका छन्। जोखिम मोलेर वारपार गर्दै आएका स्थानीयलाई काठेसाँघु निमार्ण पछी दैनिक आवतजावतमा सहजता मिलेकाे थियाे। अहिले खाेलामा आएकाे बाढीले साँघुमा क्षती पुग्दा वारपारमा समस्या भएको स्थानीय हरिचन्द्र पाध्यायले बताए ।
दुवै खाेलामा निर्माण गरिएका काठेसाँघुमा बाढीले क्षती पुर्याउदा आवतजावत नै ठप्प बनेकाे हाे। नाउले खाेलामा स्थानीयकाे नजश्रमदान,रजाताेली टाेल विकास समितिकाे समन्वय,सहकार्य तथा वडाकाे केही आर्थिक सहयाेगमा काठेसाँघु बनाईएकाे थियाे भने यता कुन्नालेगाड खोलामा युके निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्माण गरिएको थियाे।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर