
बाजुरा: लगातारकाे अविरल बर्षातका कारण मार्तडी-काेल्टी सडकखण्डकाे बडीमालिका ७ रजाताेली चखुरेढुङ्गा नजिकै फेरि अर्काे पहिराे गएकाे छ । १ महिना अघि साेही ठाउँमा ठुलाे पहिराे गएकाेमा पुन: अर्काे पहिराे गएकाे हाे ।

वरिपरी गएका दुई ठुला पहिराेले मार्तडी-काेल्टीकाे सम्बन्ध थप टाढा बनाएकाे छ । पहिराेले स्थानीयकाे खेतीयोग्य जमिनमा समेत क्षती पुर्याएकाे छ ।रातभरकाे अविरल बर्षातका कारण पहिराे जादा अहिले स्थानीयकाे आवतजावत पनि पुर्ण रुपमा ठप्प बनेकाे छ ।
पहिराे गर्दा अहिलेकाे स्थानीयकाे आवतजावतमा समस्या भईरहेकाे बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय प्रेमलाल पाध्यायले बताएका छन्। उनले भने,
“अविरल बर्षातले सडक माथीबाट पहिराे खस्दा स्थानीयले जाेखिम माेलेर वारपार गरिरहेका छन्।एकै ठाउँ नजिकै दुईवटा पहिराे खस्दा मार्तडी-काेल्टी बिचकाे सम्बन्ध थप टाढा बनाएकाे हाे ।”
मार्तडी-काेल्टी सडकखण्ड बर्षेनी अबरुद्ध हुँदा यहाँका स्थानीय,माथिल्लो क्षेत्रका चार वटा पालिकाका नागरिक र छिमेकी जिल्ला हुम्ला,मुगु,कालीकाेटका नागरिकले सास्ती खेप्नु परेकाे उनले बताए । उक्त सडकखण्डकाे बाउली,रजाताेली,दानासाघु खाेलामा पुल नहुँदा त्यस्तै जिल्ली(दानचाैर) रजातेली त्यस्तै भासुपातलमा गएकाे पहिराेले सडकखण्ड करिब दुई महिना देखि अबरुद्ध छ ।
रजाताेलीमा अर्काे पहिराे जादा थप समस्या थपिएकाे हाे । सडक निर्माणकाे लागी गिट्टी निकालिएकाे ठाउँमा १ महिना अघि पहिराे गएकाे थियाे भने त्यसकै पछाडी पट्टी अर्काे पहिराे गएकाे हाे । मार्तडी- काेल्टी सडकखण्ड करिब करिब ४२ किलाेमिटर छ जुन अहिलेसम्म कालाेपत्रे हुन सकेकाे छैन्।
बर्षेनी सडकखण्ड अबरुद्ध हुँदा यहाँका स्थानीयले कष्टकरपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । मार्तडी देखि चुथीसम्मकाे ९ किलाेमिटर सडकखण्डमा केही मात्रामा काम भए तापनी चुथी देखि काेल्टीसम्मकाे सडखण्ड भने अलपत्र छ । ठेकेदारकाे चरम लापरबाहीका कारण काम हुन नसक्दा सडकखण्ड अस्तव्यस्त बनेकाे हाे।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर