
बाजुरा: बाजुराकाे बडिमालिका नगरपालिका ४ मा रहेकाे ओलेना बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।बर्षातकाे समयमा बग्ने पहिराे र बुढिगंगा नदीको कटानले बस्ती उच्च जाेखिममा परेकाे हाे।

वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासमा यहाँका स्थानीय रात कटाउन बाध्य रहेका छन्।बाढिपहिराेबाट यहाँका करिब दुई दर्जन परिवार विस्थापित हुने अवस्थामा छन्।
बस्ती स्थानान्तरणकाे पर्खाइमा रहेका यहाँका स्थानीयकाे आशा अधुरै रहेकाे छ । बर्षाैदेखि बस्ती बाढि पहिराेकाे उच्च जाेखिममा रहेकाे भए पनि स्थानान्तरण भने हुन सकेकाे छैन्। ओलेना बस्ती एक उदाहरण मात्रै हाे। बाजुराका कयौं घर बस्ती बाढिपहिराेकाे जाेखिममा छन् । बाजुराका करिब १३५ बढि गाउँ बस्ती उच्च जाेखिममा छन् जाे स्थानान्तरणकाे पर्खाइमा पर्खिएका छन्।
२०७७ साल साउन २५ गते बुढिगंगा नदीमा आएको भीषण बाढीले ओलेना बस्तीको ठुलो भाग कटान गर्दै दर्जनौँ घरहरूलाई उच्च जोखिममा पारेको थियो।त्यति मात्रै नभई गाैमुल गाउँपालिकाका कयौं घर बस्ती,बडीमालिकाकाे जुगाडा,भाैनेरा,घागर लगायतका बस्ती जाेखिममा परेका थिए ।
त्याे बेला बाढीबाट भएको क्षतिको अवलोकन गर्न हेलिकप्टर मार्फत ओलेना लगायत बस्तीमा आउनुभएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालै बस्ती स्थानान्तरण गरिदिने आश्वासन दिए पनि पाँच वर्ष पुग्दा समेत कार्यान्वयनमा भने भएको छैन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर