
बाजुरा: बाम्का बजार सरसफाई गरिएको छ । मङ्गलबार त्रिवेणी नगरपालिका स्काउटका विद्यार्थीहरुले आगलागी भएको बजारकाे सरसफाइ गरेका हुन्।बाम्का बजारकाे सरसफाइमा यतिवेला बडिमालिका क्याम्पस लगायतका विद्यार्थी सरसफाइमा जुटेका छन्।

बुढिगङ्गा नगरपालिका वडा नम्बर ६ बाम्का बजारमा शुक्रबार नवदुर्गा हाेटलमा ग्यास सिलिन्डर पट्केर आगलागी भएको थियाे।आगलागी बाट पिडित बाम्का व्यवसायीकाे पुन:स्थापना तथा उनीहरुकाे व्यवसाय सञ्चालन गर्नमा सहयाेग पुर्याउने उदेश्यका साथ सरसफाइ गरिएको बाम्का बजारका व्यवसायी अशाेक थापाले बताउनुभयाे।
उहाँले भन्नुभयाे,“ आगलागीबाट पिडितहरुकाे पुन:स्थापना तथा व्यवसाय सञ्चालन गर्न सहज हाेस् भनेर सरसफाइ गरिएको हाे ”।सरसफाइ सङ्गै पिडितहरुकाे लागी सबै ठाउँबाट रकम सङ्कलनकाे कार्य भईरहेकाे थापाले बताउनुभयाे।
आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा यतिवेला यहाँका स्थानीय तह,सराेकारवाला निकाय,स्थानियहरु लागी परेका छन् । ठाउँ-ठाउँबाट पिडित व्यवसायीहरुकाे लागी रकम सङ्कलनकाे कार्य भईरहेकाे बुढिगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बताए ।
उहाँले भन्नुभयाे,“पिडितकाे राहत तथा पुन: स्थापनाकाे लागी बुढिगङ्गा नगर सरकारले राहत काेषमा ५ लाख रकम जम्मा गरेकाे छ ।थप राहतकाे लागी नगर सरकारले सङ्घ तथा प्रदेश सरकारकाे तर्फकाट कुराकानी भईरहेकाे छ । ”
बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो जनधनकाे क्षति भएको थियो ।उक्त आगलागीबाट करिब १९ कराेड बराबरकाे क्षती भएको हाे। आगलागी पिडितकाे लागी प्रदेश सरकारले ४० लाख,त्रिवेणी नगरपालिकाले १० लाख,बुढिनन्दा नगरपालिकाले १ लाख,छेडेदह,हिमाली,स्वामिकार्तिकले १ लाख बढि सहयाेग गरेका छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर