• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

वडा कार्यालयको भवन निर्माणले लियो गति

खप्तड मालिका न्युज May 28, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गौरब विष्ट ,जेठ १४,बाजुराः बुढीगंगा नगरपालिकाको वडा नं. ७ मा निर्माण हुन लागेको वडा कार्यालय भवनको निर्माण कार्यले गति लिएको छ।

लामो समयसम्म प्राविधिक र कानुनी जटिलताका कारण रोकिएको निर्माण कार्य अहिले पुनः सुरु भएको हो। नगरपालिकाको आर्थिक वर्ष २०७७-०७८ को नीति कार्यक्रम अनुसार वडा नं। ७ मा नयाँ कार्यालय भवन निर्माण हुन लागेको हो ।

२०७८ असोज १५ गते निर्माण सम्पन्न गर्ने गरि २०७७ चैत्र २५ गते उक्त भवन निर्माणको लागी ठेक्का सम्झौता भएको थियो ।१ करोड लागतमा निर्माण ठेक्काको जिम्मा लगिएकोमा के आर निर्माण सेवाले ६० लाख ८४ हजार ३ सय ८८ रुपैयामा निर्माण गरिरहेको छ । उक्त भवनको निर्माण २०७८ असोजमै सम्पन्न गरिसक्नु पर्ने भए पनि केहि विवादका कारण काम रोकिएको थियो । अबको केही महिना भित्रै उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने के आर निर्माण सेवाले जनाएको छ।

भवन निर्माणका लागि प्रस्तावित जग्गा वडा कार्यालयको नाममा दर्ता नभएकाले काम अगाडि बढ्न सकेको थिएन। कानुनी प्रक्रियामा समय लागे पनि निरन्तर प्रयासपछि सो जग्गा हाल वडा कार्यालयको नाममा नामसारी भइसके पछि वडा कार्यालय भवनको निर्माण कार्यले गति लिएको वडा अध्यक्ष भुवन सिंह केसीले बताउनुभयो।

उनका अनुसार,नामसारी प्रक्रिया सम्पन्न भए लगत्तै निर्माण कार्य पुनः सुरु गरिएको र सोही अनुसार पहिलो तलाको ढलान कार्य सफलता पूर्वक सम्पन्न भएको ,भवन निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायी कम्पनीले निर्धारित मापदण्ड अनुसार गुणस्तरीय कार्य अघि बढाइरहेको बताएका छन् ।

वडा अध्यक्षसहित स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली तथा वडा वासीहरूको सहभागितामा ढलानको काम सम्पन्न गरिएको हो । वडा भवन निर्माण भए पछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने , कार्यालयको आफ्नै संरचना भएपछि सेवा लिन आउने नागरिकहरूलाई सजिलो हुनुका साथै सरकारी कामकाज पनि व्यवस्थित ढंगले सञ्चालन गर्न सकिने अध्यक्ष केसी को भनाई छ।

भवन निर्माण सम्पन्न गर्नको लागि अब बाँकी रहेको दोस्रो तला, प्लास्टर, रंग रोगन तथा आवश्यक संरचनात्मक कामहरू आगामी महिनाहरूमा सम्पन्न गरिने लक्ष्य लिइएको छ।स्थानीयको आकांक्षा, जनप्रतिनिधिको प्रतिबद्धता र प्राविधिकको समन्वयमा निर्माण कार्यले पूर्णता पाउने विश्वास समेत लिइएको स्थानिय को भनाई छ।

बढिगङ्गा नगरपालिकाले ७ नम्बर वडा बाहेक अन्य सबै वडामा आफ्नै प्रशासकीय भवनबाट सेवा दिईरहेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    समाचार

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑