• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पछिल्लाे समय पुसे पन्ध्रकाे माैलिकता हराउँदै

खप्तड मालिका न्युज December 30, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,पुस १५,बाजुरा:  डोटेली तथा बाजुरेली संस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ अर्थात पुशे पन्ध्र पर्व पछिल्लो समय यसकाे माैलिकता हराउँदै गएकाे छ । परापुर्वकाल देखि प्रचलनमा रहेको यो ठुली पर्व पछिल्लो समयमा जिल्ला बाजुरा लगाएत अन्य जिल्लाहरुमा पनि लोप हुँदै गएको छ ।

बिषेशत आइनै,बातै सुन्ने सुनाउने पर्वका रुपमा यो पर्वलाई बिषेष रुपमा लिने गरीन्छ । अघिल्लो पुस्ता तथा समुदायमा यो पर्वको निकै महत्व भएको भएतापनि पछिल्लो समयमा यो पर्व लोप हुँदै जाँदा अन्य स्थानिय परम्परागत चाडपर्वहरुमा समेत प्रभाव पर्ने देखिन्छ ।अहिलेको आधुनिकिकरणको बिकाशले समाजमा प्रचलित पुराना पर्व तथा चाडहरु लोप हुँदै गएका छन ।

पहिलेको समयमा यो पुशे १५ बिधिवत रुपमा हरेक समुदायमा फरक फरक तरीकाले मनाईने गरीन्थ्यो,कुनै ठाँउमा रातभर देउडा खेलेर,कुनै ठाँउमा रातभर मिठामिठा परीकार खाएर जाग्राम बसेर यो पर्व मनाइन्थ्यो ।जिल्ला बाजुरामा पनि बुढापाखाहरुको कुरा सुन्दा बुझ्दा जिल्लामा यो पर्व पहिले निकै रमाइलोका साथ मनाइन्थ्यो, सबै मानिसहरु एकै ठाँउमा जम्मा भएर रातभर देउडा खेलिन्थ्यो मिठामिठा परीकारहरु सेल,रोटीहरु हालेर खाइन्थो तर अहिलेको वर्तमान अबस्थामा यो पर्व निकै अस्ताएको बुढापाखाहरुले बताउने गरेका छन ।

जिल्लाको खप्तड छेडेदह,गौमुल,त्रिबेणी,बडिमालिका,हिमाली अहिलेका यि स्थानिय तहरुमा पहिले यो पुशे पन्ध निकै धुमधामका साथ मनाइन्थे तर अहिले यो लोप हुँदै गएको छ । स्थानिय कला,पर्वहरुको संरक्षणमा यो पर्वको ठुलो भुमिकारहेको छ। पहिलेको समयमा हामी सबै बुढापाखा,बालबालीका,दिदी बअिनीहरु एकै ठाँउमा जम्म भएर देउडा खेल्ने,मिठामिठा परीकार सेलरोटी पकाएर खाने,मिठामिठा फलफुल,तरुल पकाएर खाने, एक आपसमा कथा,बातै हालेर यो दिनमा रातभर जाग्राम बसेर पर्व मनाउथ्यौ तर अहिले आएर यो पर्व निकै लोप भएको बडिमालिका नगरपालिका वडा.नं.७ का स्थानिय हरिचन्द्र पाध्यायले बताएका छन् ।

अहिलेको समय परिर्वतन तथा नँया प्रबिधिको बिकाशले गर्दा यो पर्व लाेप हुँदै गएको उनले बताए । उहिलेको समयमा यो पर्वलाई ठुलो महत्वका साथ हरीन्थ्यो तर अहिले आएर यो पर्वको कसैले पनि संरक्षण नगरेको देख्दा हाम्रा स्थानिय पर्वहरु पनि लोप हुदै जाने चिन्ता बढेको उहाँले बताउनु भयो ।बिषेशत यो पर्वलाई अझै ठूली रातका रूपमा सबैले मनाउने गरेका हुन्थे गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु,सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन थियो ।

अहिलेको समयमा कोहि कसैलाई यो पर्व मनाउन आग्रह गर्दा पनि उल्दै यस्ता पर्व मनाएर के काम अबको समयमा समय अनुसार चल्नु पर्छ,जुक जमना अनुसार हिड्नु पर्छ भन्दै बताउउने गरेको स्थानिय पाध्यायले बताएका छन । यो पर्व बिषेषत सुदुर पहाडीका हिमाली तथा लेकाली भुभागमा मनाउने गरीन्छ तर अहलिे समयको दौरानका कारण प्रबिधिको बिकाश भएसंगै सुदुर पहाडका मानिसहरु तराई तिर झर्न थालेपछि पहाडी क्षेत्रमा यो पर्व लोप भएको बताएका छन ।

पुश पन्ध्रलाई स्थानिय भाषमा (ठुली रात अर्थात,पुशे पन्ध्र) भन्ने गरीन्छ । यो दिनमा गाँउघरतिर निकै रमाइलो हुने गर्दछ । गाँउगाँउमा सबै स्थानियहरु जम्म भएर कसैको घर तथा खुल्ला चौरहरुमा आगो बालेर रातभर कुराकानी गर्दै,मिठामिठा परीकार खादै रात बिताउने गर्दछन ।पुशे १५ को रात सबैभन्दा ठूलो हुने भएकाले यो दिन गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन रहेको छ।

सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवापर्वका रूपमा कतिपयले अहिले पनि मनाउने गरेका छन । तर पहिले समयभन्दा अहिले यो पर्व निकै लोप भइसकेको छ ।बुढापाखाको भनाई अनुसार गरिबीका कारण खान लाउन समस्या हुने भएकाले पुशको कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर मिठामिठा आहार खाने चलन समेत रहेको छ। पहिलेको समयमा अहिलेको समय अनुसार लुगा कपडा खासै नभएका कारण यो रात रातभर आगो तापेर यो पर्व मनाउने गरीन्छ ।

विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गरीने रातको रुपमा पनि चिनिन्छ । लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको बुढापाखाहरुले बताउने गरेका छन। सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ। पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ ।

पुस १५ अर्थात आजका दिन देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता समेत रहेको बुढापाखाले बताउने गरेका छन । पुस पन्ध्र तथा पुशे पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको छ। यो रात बूढापाकाबाट अर्ती मनोरञ्जन गर्ने र कन्दमुल खाने,उपदेश सुन्ने, गरिन्छ। वर्षको सबैभन्दा लामो रात मानिने १५ पुसलाई पश्चिम नेपालको पहाडी जिल्लामा ‘पुस १५’ का रुपमा मनाइन्छ। यो पर्वमा एकआपसमा कथा, दन्त्यकथा, गाउँखाने कथा सुन्ने सुनाउने गरिन्छ।आजको रात प्रत्येकको घरमा ढुकढुके रोटी पकाइन्छ । टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ ।

यो पुशे पन्ध्र परापुर्वकालमा जिल्ला बाजुरामा निकै धुमधामका साथ मनाउने गरीन्थो तर अहिलेको पुस्तामा यो पर्व निकै लोप भएको छ । पहिलेको जस्तो यो दिनमा कसैको घरमा पनि हल्लाखल्ली सुनिदैन,पहिलेको जस्तो सबै मान्छेहरु एकै ठाँउमा जम्म भएको,मिठामिठा परीकार खाएको,सेलरोटी  हाल्ने, रातभर  आगो ताप्ने,आलु,पिँडालु,सखरखण्ड खाने,दन्ते कथा सुन्ने,बुढापाखाको अर्ति उपदेश ग्रहण गर्ने,जस्ता प्रचलनहरु लोप हुदै गएका छन ।

परम्परागत देखि महत्वका साथ मनाईदै आएको याे पुशे १५ पछिल्लाे समय बाजुरामा लगायत अन्य जिल्लाहरुमा पनी यसकाे माैलिकता हराउँदै गएकाे छ । समय परिवर्तन भए संगै परम्परागत देखि रहिआएका स्थानीय चाडपर्व बिभिन्न रितिरिवाज चालचलन परिवर्तन हुदै गएका छन् । पहिले निकै महत्वका साथ हेरिदै आएकाे आएका यस्ता पर्वकाे माैलिकता हराउँदै जादा अन्य रिति सस्कृतिहरु पनी संकटमा पर्दै जाने प्रबल सम्भावना रहेकाे बुढापाखाहरुकाे भनाइ छ । पुशे १५ जस्तैः अन्य रिति सस्कृतिकाे जगेर्ना गर्न निकै आवश्यक रहेकाे बुढापाखा स्थानीयकाे भनाइ छ ।

सम्बन्धित पोस्ट
  • गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय
  • नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    समाचार

    गुणस्तरीय शिक्षाको मुख्य मेरुदण्ड सामुदायिक विद्यालयः प्राचार्य पाध्याय

    नयाँ शैक्षिक शत्र: बाजुरामा भर्ना संगै विद्यार्थीकाे हात- हातमा पाठ्यपुस्तक

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑