
कार्तिक ८,बाजुराः जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा गएराति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका–८ घर भएका ३० वर्षीय खेमराज बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।

डिएसपी गिरीका अनुसार गएराति करिब १० बजेतिर मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक घाइते भएको बताएका छन् । घाइते हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानिय ३७ वर्षिय खडक भण्डारी रहेका छन् ।
कालिकोट बाट जगन्नाथ आउने क्रममा कर्णाली करिडोरमा पर्ने भुका खोलामा क प्र क प्र ०२–००२ प ४८१ मोटरसाइकल अनियन्त्रित भई अन्दाजी तीन मिटर तर चालक खसेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरिक्षक गिरीले बताए । दुर्घटनामा परेर मृत्यु भएका बुढाको घटनास्थलबाट पोष्ट मार्टमका लागि कालिकोट जिल्ला अस्पताल पठाइएको र घाइते भएका भण्डारीलाई घटनाको थप जानकारीका लागि जुड्डी प्रहरी चौकि लगिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर