
बाजुराः नेकपा एमाले जगन्नाथ गाउँपालिका गाउँ कमिटीको अधिवेशन सुरु भएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशन हिजोदेखि सुरु भएको हो । पार्टीको आठौं जिल्ला अधिवशेनको पहिलो बैठले जेष्ठभित्र ९ वटै स्थानीय तहका पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । जिल्लाको सर्कुरल अनुसार पालिकामा नयाँ नेतृत्व विस्तारमा गर्न थालिएको छ ।

स्थानीय पालिकाको अधिवेशन जगन्नाथ गाउँपालिकाबाट सुरु भएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनको भव्य कार्यक्रमका साथ नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नुभएको छ ।उद्घाटन कार्यक्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले जगन्नाथको नेतृत्व फराकिलो ढंगले अगाडी बढेको बताएका छन् । फराकिलो रुपमा परिवर्तनको जग बसालेपछि विकासले गति लिदै गएको बताए । यसलाई भविष्य सम्म यथावत राख्न अझै अगाडी बढ्ने विश्वनस व्यक्त गरेका छन्।
गाउँ कमिटी अध्यक्ष अध्यक्ष गणेशराज गिरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा एमाले केन्द्रिय सदस्य लालबहादुर थापा रहनुभएको थियो ।त्यस्तै नेकपा एमाले निवर्तमान प्रदेश कमिटी उप–सचिव बलदेव रेग्मी, प्रदेश कमिटी सदस्य मनबहादुर बिष्ट, लडे विक, निर्वतमान जिल्ला अध्यक्ष काली बहादुर शाही, जिल्ला कमिटी अध्यक्ष लाल बाहादुर ओली, सचिव काँशी विक रहनुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर