• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

युवाहरुको भविष्य निर्माणमा संघर्षरत समाज सुधार युवा क्लबको पहलमा मार्तडीमा पुस्तकालय स्थापना

खप्तड मालिका न्युज May 20, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा– निरन्तर युवाहरुको भविष्य निर्माणमा संघर्षरत समाज सुधार युवा क्लबको पहलमा मार्तडीमा पुस्तकाल स्थापना गरिएको छ । एक औपचारिक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले पुस्तकालयको उद्घाटन गरेका छन् । पुस्तकाल संगै कम्प्युटर ल्यावको पनि उद्घाटन गरिएको छ । समाज सुधार युवा क्लबको आयोजना र बडिमालिका नगरपालिकाको आर्थिक सहयोगमा पुस्तकालय र कम्प्युटर ल्यावको उद्घाटन गरिएको हो ।

काठमान्डौँ युरेका लियो क्ल्बले पुस्तकाल र कम्युटर ल्यावकाको स्थापनाका लागी सहयोग गरेपछी बडिमालिका नगरपालिका वडा न. ९ सदरमुकाम मार्तडीमा पुस्तकाल र कम्युटर ल्यावकाको स्थापना भएको हो । सदरमुकाममा पुस्तकाल र कम्युटर ल्यावको आवश्यकता रहेको भन्दै समाज सुधार युवा क्लबका अध्यक्ष प्रेम नेपालीले काठमान्डौँ युरेका लियो संग समन्वय गरेका गिए । अध्यक्ष नेपालीको काठमान्डौँ युरेका लियो संगको समन्वय र सहकार्य पश्चात काठमान्डौँ युरेका लियोको टोली सहयोग सामाग्री सहित बाजुरामै पुगेको छ । क्लबले करिव ४००० पिस बिभिन्न पुस्तकालयमा राखिने किताबहरु ,४ कम्प्युटर र २ ल्यापटप समेत सहयोग गरेको छ । अन्य किताहरु र कम्प्युटर पुनः सहयोग गर्ने समाज सुधार युवा क्लबले बताएको छ ।

बिद्यार्थीहरुलाई खाली समयमा आफ्नो बौद्धिक क्षेमताको विकास गर्न किताविय ज्ञान बाहेकको ज्ञान आर्जन गर्न बिभिन्न किताबहरु निशुल्क पढ्न सक्छन् भन्ने उदेश्यले पुस्तकालयको स्थापना गरिएको अध्यक्ष नेपालीले बताएका छन् । यस्तै अहिले सुचना प्रबिधियुक्त युगमा कम्युटर सवैले सिक्न र जान्न आवश्यक रहेकोले कम्प्युटर ल्यावको पनि स्थापना गरिएको अध्यष नेपालीले बताएका छन् । उनका अनुसार पुस्तकालयबाट पढ्न इच्छुक जोकोहीले आफुलाई मनपर्ने बिषयको किताब निशुल्क पढ्न पाउनेछन् । आफुले पढ्नका लागी लिएको किताव भने भनेको समयमा फिर्ता गर्नुपर्ने छ ।

एक औपचारिक कार्यक्रमका बिच समाज सुधार युवा क्लबका अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा सुरु भएको पस्तकालय र कम्प्युटर ल्याव उद्घाटन कार्यक्रमा प्रमुख अथिती बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष एवम् नेपाल स्काउटका सुदुरपश्चिम् प्रदेश अध्यक्ष नरेन्द्र थापा, बडिमालिका नगरपालिका वडा न. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा न . ८ का वडा अध्यक्ष चन्द्र थापा, वडा न. ९ का वडा अध्यक्ष सुर्यकिरण बिक , वडा न .२ का वडा अध्यक्ष डम्मर महत, सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष काल्चे दमाई, केपी बा स्पाट क्लबका अध्यक्ष एवम् बिद्यार्थी नेता लक्ष्मण रोकाया, युरिका लियो क्लब काठमाडौँका जिल्ला अध्यक्ष युवराज पराजुली,लक्ष्म्ण रोकाया, अन्य प्रतिनिधि ऋचा काफ्ले,निर्मल राज शाही, अनिशा काकी, आशिर्वाद गौतम पत्रकार स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नगर प्रमुख अमर खड्काले सहयोगि निकाय काठमान्डौँ युरिेका लियो क्लब र समन्वय गर्ने समाज सुधार युवा क्लबलामई पनि धन्यबाद दिएका छन् । समय–समयमा रचनात्मक कार्य गर्दै आएको समाज सुभार युवा क्ल्बलाई आगामी दिनहरुमा पनि समाजव सुधारका कामहरु गर्न आग्रह गरेका छन् । बिगतका दिनहरुमा पनि समाज सुधार युवा क्लवलाई सहयोग गर्दै आएको बताउदै नगर प्रमुख खड्काले अगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बडिमालिका नगरपालिका वडा न. ९ मा अवस्थित समाज सुधार युवा क्लवले समाजमा व्याप्त कुरुती कुसंस्कार, अनयाय, अत्याचारका बिरुद्ध समय–समयमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ। २०७८ सालमा स्थापना भएको क्लबले समुदायमा सरसफाई बृक्षरोपण लगायतका सिर्जनसिल कार्य गर्दै आएको समाज सुधार युवा क्लव अन्य संघ संगठन भन्दा फरक छ । अध्यक्ष प्रेम नेपालीको नेतृत्वमा परिचालित समाज सुधार युवा क्लबले समाजमा नयाँ र सम्मानजनक , समुदाय लक्षित बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।, सिङ्गो समदायको रुपान्तरणको सम्वाहक बन्ने प्रयासरत युवा क्लबले यस अघि पनि  कयौँ उद्धारणिय काम गरिसकेको स्थानिहरु बताउन्छन् ।

समाज सेवा गर्नेहरुका लागी समाज सुधार युवा क्लब एक प्रेणाको श्रोत बन्न सफल भएको छ । समय–समयमा समाजका हानिकानर अभ्यासहरु बालविवाह, छाउपडी पर्था, छुवाछुत, बहुविवाह, जस्ता कुरुती र कुसंस्काहरुको अत्नयका लागी जनचेतनामुलक कार्यक्रम,समाजमा परमपरा देखि मनाउदै आइरहेका रितिरिवाज चालचलनहरु सिङ्गगो कला सस्कृतिको जगेर्ना र उजागर गर्न सास्कृतिक कार्यक्रम, खेल क्षेत्रको विकासका लागी खेलकु्द प्रतियोगिता लगायतका रचनात्मक कार्यहरु गर्दै आएको समाज सुधार युवा क्लबले आफ्नो २ वर्षको दौडानमा धेरै प्रशंसा गर्न लायक धेरै कामहरु गरिसकेको छ ।

समाज रुपान्तरणका निमित्त निरन्तर संघर्षरत यस समाज सुधार युवा क्लबले समाजसेवाका कामहरु पनि गरेको छ । समय–समयमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै समदायका पछाडी परेका दलित महिला बालबालिका, गरिव बिपन्न उत्पिडित वर्ग समदायका मानिसहरुका सवालहरु पनि उठान गर्दै आएको छ । यतिमात्र होइन बेसाहारा, अनाथ टहुुरा बालबालिकाको संरक्षण, उद्धार जस्ता उद्धारणिय काम पनि गर्दे आएको समाज सुधार युवा क्लबका अध्यक्ष प्रेम नेपाली बताउन्छन् । उनका अनुसार क्लबले समस्यामा परेका दिनदुखिहरुको सेवामा समेत समर्पित छ । आर्थिक अभावमा उपचार हुन नसकेर अस्पतालको शैयामा छट्पटाइरहेका बिरामीको उपचारका लागी सहयोगका कार्यक्रहरु संचालन गर्दै आएको छ । उपचारको अभावमा मृत्यु बरण गर्नुपर्ने अन्तिम मोडमा पुगका बिरामीलाई मृत्युको मुख बाट बचाउन सफल भएको छ । समाजको रुपान्तरण, समाजका दिनदुखीहरुको सेवाका लागी नै युवा क्लबको स्थापना भएको अध्यक्ष नेपालीले बताएका छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑