
बाजुरा – प्रथम बार्जु महोत्सव २०८० यहीँ बैशाख २० गते बाट जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ६ फालासैनमा चलिरहेको छ । यहीँ बैशाख ३० गते सम्म हुने महोत्सवको आज सातौ दिन हो ।

यतिमात्र होइन यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने सुझाव समेत दिएर फर्किन्छन् । महोत्सव सुदुर पश्चिम् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले उद्धघाटन गरेका थिए । उद्धघाटन सत्रमा बोल्दै मुख्य मन्त्री शाहले समेत महोत्सवको प्रसंशा गर्दै यो महोत्सवले बाजुराको समग्र बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै आयोजक कमिटीलाई धन्यवाद दिएका थिए । महोत्सव हेर्न आउने दर्शक देखि अथितीहरुले समेत यो महोत्सव सिङ्गो बाजुराको बिकासका लागि कोषेढुङ्गा सावित हुने बताइरहेका छन् । जिल्ला स्थित सबै राजनीति दलको सहभागीतामा साझा उदेश्य, साझा सहकार्य,समन्वय, र एकाताका माध्यमबाट आयोजित महोत्सवले राजनीति दलहरुको एक आपसमा बढ्दै गएको दुरीलाई नजिक गर्ने प्रयास गरिरहेका छ । जिल्लामा सक्रिय राजनीति दलहरू बिचको एकआपसको दुरी टाढिदै गएको र नदी वारीपारीको जस्तै भएको छ । त्यो नदी वारपारको सम्बन्ध जोड्ने पुलको भुमिका यो महोत्सव निर्वाह गर्ने बिश्वास आयोजक कमिटीले लिएको छ ।
उसो त महोत्सव अवलोकन गर्न आउने जनप्रतिनिधि र दर्शकहरुले समेत यहीँ बिश्वास व्यक्त गर्ने गरेका छन् । आलोचनाको बिषय बन्ने महोत्सवहरु यसपाली भने केही फरक पन र महोत्सवको वास्तविकता अनुभती हुने खालको आयोजना गरिएको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रशाद पण्डितले बताए । क्याम्पस प्रमुख पण्डितले भने बिगतमा हुने महोत्सवहरुको प्रायः आलोचना पनि धेरै हुन्थ्यो । धेरै समर्थकहरु हुन्थे भने धेरै बिरोध जनाउने हरु हुन्थे । पैसा कमाउनका लागी महोत्सव गरेको भन्दै चर्को आलोचना समेत हुन्थ्यो । तर बार्जु महोत्सवको भने प्रायः धेरैले प्रसंशा गएका छन् । मनोरञ्जन संगै संचालन गरिएको सम्बाद कार्यक्रम नै बार्जु महोत्सवको सबल पक्ष रहेको नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रिय सदस्य बरिस्ठ पत्रकार दयाराम पण्डितले बताएका छन् । यो पहिलो अनुभव भएकाले धेरै जसोले मनोरञ्जनलाई मात्र प्राथमिकता दिएपनि यो नयाँ सुरुवातले बाजुराको बिकासमा उल्लेखनीय योगदान पुर्याउने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रशाद जोशीले बताएका छन् ।
भाषा, साहित्य कला, सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजित यो बिगतको भन्दा नयाँ अभ्यास, अनुभव र सुरुवात र आगामी दिनका लागि सिकाई भएको पनि पत्रकार पण्डितको भनाई छ । यो महोत्सवले बाजुराको बिकासका लागि सवै एकताबद्ध हुन आवस्यक छ भन्ने सन्देश दिने बिश्वास समेत उनको छ । मनोरञ्जन संगै समृद्धिका कुराकानी बार्जु महोत्सवमा दिन प्रतिदिन भैरहेका छन् । यस अघि भएका सम्बादमा सहभागी वक्ताहरुले उनीहरु संग गरिएको बिषयमा आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधि संग बाजुराको बिकासमा जनप्रतिनिधिको भुमिका बिषयक सम्बादमा जनप्रतिनिधिले आगामी दिनमा सिङ्गो बाजुराको बिकास र बाजुरेली जनताको हितका लागि एकढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हरेक दिन राष्ट्रिय स्तरका गायक गायिका लगायत स्थानीय कलाकारका बेजोड प्रस्तुती संगै स्थानीय झाकीहरु समेत प्रस्तुत भैरहेका छन् ।
जिल्ला भित्र मनाइदै आएका रितिरिवाज चालचलन भेषभुषाहरुको झलक महोत्सवमा देखाइने र जिल्ला भित्र उत्पादित सबै बस्तुको प्रदशनी गरिने आयोजक कमिटीले जनाएको छ । हरिनु, गौरा, पुतला, होरी, भुवा चाली, हुड्केउली, चाचर, ।यो संगै साथमा समृद्धिका लागि बार्जु सम्बाद संचालन हुँदै आएको छ । बाजुरा पछाडि पर्नुको कारण, बाजुरेली जनताका समस्या, समस्या समाधानक उपायहरु के हुन सक्छन् रु कसरी बाजुरालाई अन्य जिल्लाको बराबरीमा ल्याउ सकिन्छ रु यसका लागि के गर्नुपर्छ रु बाजुरा जिल्लाका सम्भावना अवसर र चुनौती, शिक्षा, स्वास्थ, रोजगारीमा सुधार, बाजुराको भौतिक बिकास, आर्थिक, सामाजिक सास्कृतिक र राजनीतिक बिकास बाजुरा बदल्ने जिम्मेवारी कसको रु लगायतका समसामयिक बिषयमा जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरु दैनिक बहस संचालन भैरहेको छ । यसकारण पनि यो महोत्सव नयाँ अभ्यास हो ।
निरन्तर समृद्धिका लागि सम्बादः
बाजराको बिकासमा जनप्रतिनिधिको भुमिका, समाज रुपान्तरणमा गैर। सरकारी सस्था, बाजुरा समृद्धिका अवसर र चुनौती, बाजुराको शैषिक गुणस्तर सुधारका सुचकहरु र जिम्मेवारी , राजनिति सुधारमा युवाको भुमिका,बार्जु सभ्यताला्रई बाजुराको पहिचान कसरी बनाउने ? सरकारी सेवा सुरुवातकाने प्रबेशको सुरुवात र संघर्ष, बाजुराको परिचय बदल्ने जिम्मेवारी कस्को ? लगायका समृद्धिका लागि सम्बाद समेत महोत्सवमा संचालन भइरहेका छन् ।
बार्जु महोत्सवमा दर्शकहरु बाक्लिदै , फालासैनको धुलो माटो संगै नाच्छन्
बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ भन्ने मुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयाजनामा यहिँ बैशाख २० गते बाट संचालन भएको महोत्सव यहिँ बैशाख ३० गते सम्म चल्नेछ ।महोत्सवमा दर्शकहरु संख्या बाक्लिदै गएको छ हरेक दिन बहुचर्चित गायक गायिकाले दिने प्रस्तुती संगै झुम्दै रमाउदै दर्शकहरु फालासैनको धुलो माटो संगै नाच्ने गरेका छन् ।महोत्सवमा अवलोकन गर्न आउने दर्शकहरु नाच्दा नाच्दै बडिमालिका क्याम्पस फालासैनमा धुलो माटो उड्ने गरि नाच्छन् । दर्शकहरुको संख्या बढे संगै महोत्सवको माहोल पनि तात्दै गएको छ । बैशाखको महिनाको चर्को गर्मी र कामको चटारोलाई थाती राखेर विशेष गरि तल्लो भेगका तीन पालिका बुढीगंगा, त्रीवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका बडिमालिका नगरपालिकाका स्थानीय वृद्ध बृद्धा, महिला, पुरुष बालबालिकाको महोत्सव हेर्न आउने गरेका छन् । यतिबेला खेतवारीमा गहुँ पाकेका छन् । गहुँ काट्ने, र चुट्ने क्रम जारी छ

यो संगै खन्ने जोत्ने सिजन पनि चैत्र बैशाख हो । उसोत किसानहरु सधै व्यस्त नै हुन्छन् । कर्मचारीलाई जस्तो बिदा निश्चित समय आराम किसानहरुका लागि हुँदैन । किसानहरु प्राय बिहान् बेलुका खेतवारी मै व्यस्त हुन्छन् । तर यतिबेला फालासैन आयोजित महोत्सवमा भने व्यस्तताका बाफजुत पनि दर्शकहरुको बाक्लो उपस्थित देखिन्छ ।बिगतको भन्दा यो महोत्सव केही फरक नयाँं, र साझा आभास भएकाले पनि मानिसहरुको महोत्सव प्रती चासो बढेको त्यहाँ आउने दर्शकहरु अताउन्छन् । २३ गत बाल गायक सुप्रीम मल्लको प्रस्तुती रहेको थियो । बहुचर्चित बाल गायक मल्लको धमाकेदार प्रस्तुतीले महोत्सवमा दर्शकहरुलाई थप आकर्षित गरेको छ । उनले फापरको पिठो, धरान बाकी छ, हर युग होस् , धोखेबाज हौं तिमी लगायतका उत्कृष्ट गितहरु गाएका थिए । दर्शकहरुको बिचमै गएर धोखेबाज गित गाएपछी थप मावल रमाइलो बन्दै गएको थियो । गृह जिल्ला बाजुरा पुगेका मल्लले जिल्लाका दर्शकहरुको अपार माया पाएक हुन् । सानै उमेरमा देशभर चर्चा कमाउन सफल बाल गायक मल्ल बाजुराको पहिचान हुन् ।


उनको नामको पछाडी बाजुराको नाम जोडिएको छ । दुर्गम अनि बिकट बाजुराको माटोले मल्ल जस्तै कयौं कलाकारहरु जन्माएको छ । यस्तै आइतबार सुदुरपश्चिम् कै चर्चित गायक मोडेल एवम् सर्जक चक्र बमको प्रस्तुती रहेको थियो । उनले आफ्ना उत्कृष्ट गितहरु गाएका थिए । उनको प्रस्तुती संगै दर्शकहरुको उपस्थिती अस्तीको भन्दा बाक्लिएको हो । सोही धुलो माटो संगै दर्शकहरुले रमाइलो गरेका हुन् । यसरी दिन प्रतिदिन दर्शकहरुको उपस्तिथि बाक्लिदै गएको छ । हरेक दिनको कार्यक्रममा जनप्रतिनिधिको समेत सहभागीता भैरहन्छ ।

कुन दिन कुन कलाकारको प्रस्तुती छ त ? प्रस्तुती दिन बाँकी कलाका र को को छन्
महोत्सवको चौथो दिन २३ गते चर्चित बालकलाकार सुप्रिम मल्ल, दिपेन्द्र ओली, हिक्मत शाही क्षितिज, डम्मर बिश्वकर्मा, २४ गते चक्र बंम, ईब्सल सञ्जेल, रामचन्द्र बोहरा, छत्र साउद, २५ गते टंक तिमिल्सेना,माया पाण्डे, बिनोद बिक, सम्झना खत्री, २६ गते पशुपती शर्मा, गुड्डु ओली, सुरेन्द्र रोकाया, २७ गते९बद्री पंगेनी, रंग नेपाली, कुलेन्द्र परियार, बिनोद थापा, त्यस्तै २८ गते चर्चित दोहोरी गायक राजु परियार, बिनोद बाजुराली, जनक साउँद, गणेश चौतारी, २९ गते प्रमोद खरेल, चन्द्र शर्मा, प्रकाश थापा, दिर्घ शाही, रमिला नेपाली, ३० गते प्रकाश सपूत, रवि ओड, गौरी भट्ट, बिनोद न्यौपाने, देव बोहराको प्रस्तुति रहने छ ।

समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, नव प्रतिभाको पहिचान, बाजुराको कृषि, उद्योग, पर्यटन, र व्यापारको प्रबद्र्धन गर्ने, स्थानिय उत्पादनको प्रदशनी, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको छ ।जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउदै जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिएको आयोजक सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् ।।
बुधबारबाट संचालन भएको महोत्सव ३० गते सम्म चल्नेछ । महोत्सवमा २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् ।महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिदै आएका छन । साझा सहमति सहकार्य र एकताका माध्यमबाट आयोजित प्रथम बार्जु महोत्सवलाई धेरौले केही सिक्ने, केही सिकाउने यात्रा, विकास र समृद्धिको अभियान,गीत, संगीत र कला साहित्य अनि भाषा सँस्कृतिको प्रवर्द्धन,विकास, समृद्धि र मनोरञ्जन अनि व्यवसायीक उत्सव बार्जु महोत्सव समेत भनेका छन् । यो बिगतको भन्दा नयाँ सुरुवात हो पनि भनेको पाइन्छ । कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर