
मिन बहादुर खड्रका बाजुरा –सुदुरपश्चिम माननीय मुख्यमन्त्री कमल बहादुर शाह बाजुरा आउने हुने भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा न . ६ फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुरा द्वारा आयोजित प्रथम बार्जु महोत्सवको उद्धघाटनका लागि मुख्यमन्त्री शाह बाजुरा आउन लाग्नु भएको हो ।

उहाँ भोलि नै बाजुरा पुग्ने नेपाली कांग्रेस बाजुराका एक नेताले बताएका छन् । कांग्रेस नेताका अनुसार भोलि बाजुरा पुगेपछि मुख्य मन्त्री शाह जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यालय प्रमुख सँग हुने अन्तरक्रिया र भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस्तै २० गते अर्थात बुधबार बिहान ८ बजे सदरमुकाम मार्तडीमा पार्टीका नेता तथा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सोही दिउँसो ११ बजे बुढीगंगा नगरपालिका वडा न. ६ बडिमालिका क्याम्पसमा हुने सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गर्ने बार्जु महोत्सव २०८० को समुद्घाटन गर्ने कार्यक्रममा समेत रहेको छ । भोलि नै बाजुरा आउने मुख्य मन्त्री शाहको मा स्वागतका लागि उपस्थित हुन समेत नेपाली कांग्रेस जिल्ला कार्य समितिले आग्रह गरेको छ । शाह एमाले नेतृत्वको सरकार ढेलेपछी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नेपाली कांग्रेस सुदुरपश्चिम् प्रदेश कार्य समिति संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री बनेपछि पहिलो पटक जिल्लामा आउन लाग्नुभएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर