
काठमाडौं- प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिमा रहने सांसदहरुको नामसहितको प्रस्तावमा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउनेछन् ।
विशेष समितिमा रहने सांसदहरूको नाम भने तय भइसकेको छैन । बैठकअघि दलहरूले छलफल गरी सांसदहरूको नाम टुंगो लगाउने बताएका छन् ।यसअघि सरकारले यो विधेयकलाई फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो ।तर, प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो ।
दुवै अडानमा नरहेर विकल्पमा विशेष समिति गठन गर्ने विषयमा प्रमुख तीन राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएपछि सोही अनुसार विशेष समिति गठन गर्न लागिएको हो ।
२५ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलको चरणमा पुगेको छ । विशेष समिति गठन भएपछि यो विधेयकमाथिको दफावार छलफल सोही समितिमा हुनेछ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर