
बाजुरा – बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कांग्रेस सहमहामन्त्री समेत रहेका बद्रि प्रशाद पाण्डले पुछारमा रहेका बाजुरा लगायत १० जिल्लालाई आगामी आर्थिक बर्षम बिशेष प्राथामिकता राखेर बजेट बिनियोजन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ। नेता पाण्डेले मंगलबारको संसद बैठकमा बिशेष समय लिएर बोल्दै सरकारको ध्यानकर्षण गराउनुभएको हो ।

बाजुरा मानव बिकास सुचकाङ्कको पुछारमा रहेको अर्थात ७७ औं स्थानमा रहेको बताउनुहुँदै बाजुरालाई बटम लाइनमा राखेर बजेट बिनियोज गर्न माग गर्नुभएको हो । उहाँले बाजुरा जस्तै पुछारमा रहेका अन्य १० जिल्लालाईपनि बिशेष प्रथामिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिनु भएको हो । पिछडिएका र पछाडी पारिएका बिकट अनि दुर्गम बस्तिहरुमा पनि सरकारको ध्यान जानुपर्ने नेता पाण्डेको भनाई रहेको थियो । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पाण्डेले हरेक संसद बैठककमा जिल्लाको बिकास र जिल्ला बासिका हितका सवालहरुमा आफ्नो आवाज बुलन्द गर्दै सरकारको ध्यानकर्षण गराउँदै आउनु भएको छ।
निर्वाचित हुनुपुर्व नेता पाण्डेले बाजुरेली जनताको आवाज लिएर संसदमा जाने र पिछडिएका दुर्गम अनि बिकट बाजुराको बिकासका लागी आफ्नो पाँच बर्षको कार्यकालमा उल्लेखनिय योगदान पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो । राज्यले नै सौतेनी व्यवाहार गर्दै आएको बाजुरा जिल्लालाई अन्य जिल्लाको बराबरीमा ल्याउन आफ्नो कार्यकालमा प्रतिबद्ध भएर लाग्ने उहाँले बताउँदै आउनु भएको छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर