
मिन बहादुर खड्का / बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली महोत्सव हुने भएको छ । जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा महोत्सवको आयोजना हुने भएको हो ।
आगामी वैशाख ४ गते देखि सञ्चालन हुने माथिल्लो कर्णाली महोत्सवको तयारी समेत तिब्र पारिएको छ । महोत्सवको पुर्व सन्ध्यामा रहेर गाउँपालिकाले धुलाचौर बजार सरसफाई गरेको हो । गाउँपालिकाको केन्द्र रहेको धुलाचाैर बजार र आसपासका क्षेत्रमा सफाई गरीएको गाउँपालिकाको कार्यालयले जनाएको छ । समग्रमा गाउँपालिकाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, पालिका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन् ।
गाउँपालिकाको कार्यालयका अनुसार महोत्सव आगामी आउदो वैशाख ४ गते बाट संचालन भैई ७ गते सम्म चल्नेछ । महोत्सवमा राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् । महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिने बताइएको छ । कुन्ना क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुन लागेको हो । हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको सयुक्त आयोजनामा महोत्सव सञ्चालन हुँदै छ ।
महोत्सवका लागि कलाकार देखि अतिथिहरुको टुगाें, मञ्च ब्यवस्थापन, स्थान छनोट, सुरक्षा ब्यवस्थापन र स्वयमसेवक परीचालन लगायतका तयारी पुरा भएको आयोजकले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर