• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा राजनीति आस्थाका आधारमा मानिसलाई हेर्ने गरिन्छ – क्याम्पस प्रमुख पण्डित

खप्तड मालिका न्युज March 28, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – सुदुरपश्चिम बिश्व बिद्यालय बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डितले राजनीति आस्थाका आधारमा मानिसलाई हेर्ने परिपाटी हावी हुँदै गएको बताउनुभएको छ । रेडियो पौरखीको पौरखी बहसमा कुराकानी गर्दै क्याम्पस प्रमुख पण्डितले यस्तो बताउनुभएको हो ।

उहाँले बाजुरामा मानिसको क्षेमता कति हो उसको व्यवाहार र गुण के के हुन् ? भन्दा पनि राजनीति आस्था कता छ ? त्यो आधारमा मान्छेलाई हेर्ने गरिएको बताउनुभयो । आफु निकटकाहरुले गलत गर्दा समेत चुप लागेर बस्ने अरुको मात्र आलोचना गर्ने प्रवृत्ति हावी हुँदै गएकाले बिरोधको नाममा बिरोध गर्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभएको छ। जुन कुरामा पनि राजनीति जोडिहाल्ने र राजनीति आस्थाका आधारमा बिरोध र समर्थन गर्ने परिपाटी नहट्ने हो भने परिवर्तनको परिकल्पना गर्न नसकिने धारणा राख्नुभयो । यहीँ मानसिकताले जिल्लाको बिकासको अपेक्षा गर्नु दिवा सपना जस्तो मात्र हुने उहाँको भनाई थियो । क्याम्पस प्रमुख पण्डितले जिल्लाको बिकासका लागि सवैको साझा सहमति, समन्वय, सहकार्य, र एकाताका माध्यमबाट मात्र सम्भव हुने बताउनुभयो ।

बाजुरा जहिले जुन कुरामा पनि पछाडि छ भन्ने कुराको अन्त्य गर्न सवै जिम्मेवार हुनुपर्ने र सवैले आफ्नो आचरण सुधार्न सुझाव दिनुभयो । जुन कुरामा पनि जिल्लाको बदनाम हुने स्थिति सिर्जना हुन दिन नहुने बताउदै बाजुरा निर्वाचनको बेला झगडा गर्ने बिषयमा त अझ चर्चामा आएको बताउनुभयो । जिल्लामा बाहिरबाट राष्ट्र सेवक कर्मचारी आउदा पनि कुन पार्टीको कुन हुन् भनेर सोध्ने परिपाटी रहेको र फरक पार्टीमा आस्था राख्ने कर्मचारीलाई काम गर्न असहज वातावरण सिर्जना गरि छोटो समयमै सरुवा भएर जानुपर्ने परिस्थिति जिल्लामा रहेको बताउनुभयो ।

बाजुरा क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित छ स्ववियु निर्वाचन हुन्छ कि हुँदैन हुन्छ भने कहिले हुन्छ । क्याम्पस प्रशासनले स्ववियु निर्वाचन किन गराउन सकेन ? यी लगायतका बिषयमा कुराकानी भएको थियो । क्याम्पस प्रमुख पण्डितले निर्वाचन जित्ने दाउमा विद्यार्थीहरु बिचको एक आपसको तछाडमछाडका कारण स्ववियु निर्वाचन हुन नसकेको बताउनुभयो । निर्वाचनमा हार जीत स्विकार्नु सक्नुपर्ने बताउदै अवको केही दिनमा विद्यार्थीहरुलाई सहमतिमा ल्याई निर्वाचनको मिती घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

विद्यार्थीहरु बीच विभेद गर्दै आएको, क्याम्पस प्रमुख स्वयंमबाटै राजनीति चलखेल गरेको, क्याम्पस प्रमुख जस्तो जिम्मेवार व्यक्ति नै एउटा विद्यार्थी संगठनको संरक्षक बनेको, क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठन र निर्वाचन समितिले गरेको निर्णयलाई उन्लघन विद्यार्थी भर्ना गरेको आरोप तीन दलिय विद्यार्थी संगठनले लगाउदै क्याम्पस प्रशासनमा ताला लगाइएको थियो । जुन १० दिन पछि मात्र खोलिएको थियो । क्याम्पस प्रमुख पण्डितले आफु माथी लगाईएका आरोपहरु स्वीकार्य नभएको जिकिर गरेका छन् । क्याम्पस प्रमुखले राजनीति चलखेल गर्ने कुरा अस्वभाविक भएको बताउदै यो आफ्नो नैतिकताले समेत यस्तो कार्य गर्न नदिने बताउनुभयो । आफु बाट कुनै किसिमको विद्यार्थी बिच विभेद नभएको उहाँको भनाई छ ।

क्याम्पस लेखापाल र प्रशासन सहायक नहुँदा पनि उल्टै सहजीकरण गरिदिदा पनि आलोचना खेप्नु परेको उहाँले बताउनुभयो ।विद्यार्थीहरु आफैले आपसी सहमति नगरेसम्म क्याम्पस प्रशासनले ठोस निर्णय गर्न नसक्ने उहाँको भनाई छ ।अन्ततः क्याम्पसको शैक्षिक गुणस्तरका बिषयमा बोल्दै उहाँले क्याम्पसमा बिषयगत प्राध्यापकको अभाव रहेको पनि बताउनुभयो । सो समस्या समाधानका लागि आवस्यक पहल भैरहेको उहाँको भनाई छ । शैक्षिक गुणस्तर सुधारका निमित्त क्याम्पस प्रशासन विरुद्ध विद्यार्थीले उठाएका मागहरू र गरेका आन्दोलनका चरणहरुलाई अन्यथा नसोचेको र बरु समस्या समाधान गर्दै आएको पनि उहाँले दावी गर्नुभएको छ ।

क्याम्पसमा अध्यनरत विद्यार्थी बिच राजनीति पुर्वाग्रह राखी विभेद गरेको कुरा तथ्य सहित प्रमाणीत हुन गएमा आफु जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको उहाँले बताउनुभएको छ ।सकेसम्म सर्वसम्मत हुन्छ भएन भने जिल्लाका तीन वटै क्याम्पसमा शान्तिपूर्ण ढङ्गले स्ववियु निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा लिएको भएपनि त्यो सम्भव नभएको उहाँको भनाई छ । यसमा सवैको कमजोरी रहेको बताउदै सच्याउन जरुरी रहेको बताउनुभयो ।विद्यार्थीहरुले आफैले एक अर्कामा सहमति गरी हार्दिकता र एकताका माध्यममबाट शान्तिपूर्ण ढङ्गलेले स्ववियु निर्वाचन गर्न सहयोग गर्न पनि विद्यार्थी संगठनका नेतालाई उहाँले आग्रह गर्नुभएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑