• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

दलित महिलाबाट जन्मिएको छोरा अस्विकार गरेपछि,गाउँ छोडेर ५ नाबालक सहित अर्काको घरमा बास

खप्तड मालिका न्युज March 7, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका वडा न . ८ सदरमुकाम नजिकै रहेको बाउलीमा एक अन्दाजी ३२ बर्षिया युवती गिट्टी कुट्दै गरेको अवस्थामा भेटिइन् । यताउती तलमाथि पनि गिट्टी कुटेको आवाज आइरहेको थियो । ती युवती जस्तै गिट्टी कुटेर दिन गुजारा गर्ने त्यहाँ कयौंँ छन् । ती युवतीको घर जिल्लाको बुढीगंगा नगरपालिका वडा .३ साविकको ब्रहमतोला गाविस वडा न . ६ देउवा बाडा रहेछ । बिगत केही बर्ष यता उनी पाँच छोराछोरी सहित त्यहाँ बस्दै आएको उनले बताइन् । ति युवती ५ जना छोराछोरी सहित बाउलीमा कष्टकर जिवन बिताइरहेकी छन् । जुन महिलालाई आज भोलि दिनभर ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्न  मुस्किल छ । गिट्टी कुटेर उनी छोराछोरी पालिरहेकी छन् । श्रीमान भारतको मुम्बईमा गएर अर्कै घरजम गरेर बसेको उनले बताइन् ।

उनका तीन छोरा र एक छोरी उनै श्रीमानबाटै जन्मिएका हुन् । घरबाट श्रीमान गएपछि अहिलेसम्म नफर्किएको उनले बताएकी छन् । तर एउटा सन्तानको भने अहिले सम्म नाता प्रमाणीत हुन सकेको छैन ।जुन श्रीमान मुम्बई गैसकेछी जन्मेका थिए। उनले भनिन् “यो यस्तो बालक हो जुन बालकलाई जन्मिन नपाउदै पेटमै मार्न खोजिएको थियो, जमिएपछी पनि पटक पटक मार्ने प्रयास भएको थियो । तर बाच्न सफल भएका छन् यहीँ बालकले अहिले उनको सिङ्गो परिवार बिचल्लीमा परेको छ । ती महिलाले भनिन् “के खाने अर्काको ठाउँ न जग्गा छ न बस्ने घर छ । छोराछोरीलाई के खुवाएर पाल्ने ? न श्रीमान साथमा छन् । न त कोही आफन्त नै छन् दिनभर कमाएपछी बेलुका खान पाइन्छ । बिहान खाए बेलुका के खाने ?  बेलुका खाए बिहान के खाने भन्ने हुन्छ  ? म त भोकै पनि बस्न सक्थे छोराछोरी भोक भोकै कसरी बस्न सक्छन् ? उनले रुदै आफ्नो दुखेसो पोखिन् ।”

को हुन् त ती नाता प्रमाणीत हुन नसकेका बालक ? यस्तो छ घटनाको प्रकृति

उनको यो दुखेसो जस्ताको त्यस्तै जुन अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ पढ्नुस ..

श्रीमान छोडेर भारतको मुम्बैई गएपछी ज्याला मजदुरी गरेर छोराछोरी पाल्दै आएकी थिइन् । उनि एक दिन सोही गाँउका स्थानिय गोकुल देउबाको सामान ल्याउन ताप्रीशेरा गएकी थिइन् । जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ३ ब्रह्मतोला निवासी गोकुल देउवाले मिति २०७२ साल पुस २२ गते सनिवार सोही दिन सेरा बजारबाट भारी बोकेर बाटोमा पर्ने पिपलको रूखमा भारी विसाई धारामा पानी खान जानेबेलामा कहाँबाट रक्सी पिएर आई साझपख चालिखेल्ने गडामा लिएर जबर्जस्ति करणी गरे । निज देउवा उनलाई  करणी  गरेको केही दिनमै काठमान्डौँ गए । त्यसपछी उनि तिन महिनापछी मात्र घर फर्किए । त्या बेला सम्म उनको पेटमा निज देउबाको बच्चा हुर्किसकेको थियो ।

आफुलाई करणी गर्ने मान्छे घर फर्किए पछी उनि ति युवक कहाँ गइन् र उनलाई आफ्नो पेटमा बच्चा हुर्किरहेका बारे जानकारी गराइन् । त्यसपछी निजले सो बच्चाा जतिसक्दो चाँडो फाल्न आदेश दिए । पैशा दिएर उक्त घटनालाई छुपाउने प्रयास गरे । सुरुमा त आफुपनि गर्भपतनका लागी स्वास्थ्य चौकीसम्म पुगिन् तर स्वास्थ्यकर्मीले हुँदैन भनेर । फिर्ता पठाए त्यसपछी उनि निज युवकलाई बारमबार सो कुरा बारे झकझक्याउदै थिइन् । तर उनि व्यवास्ता गर्थे । पछी बिस्तारै निज युवकको घरमा समेत थाहा भयो । उनको घरको समेत सो घटना लुकाउन पछी हटेनन् । बरु पैशा दिएर छ्पाउने कुरामै उनिहरु पनि पुगे । उपल्लो जातका भनिने त्यहाँका मानिसहरु प्रति त्यहाँका दलित समुदायहरु सदियौँ देखी हेपिदै आएका छन्।

उपल्लो जातका मान्छेले भनेको कुरा उनिहरु काट्न सक्दैनन् । यो चलन अहिलेसम्म पनि कायमै छ । दलित समुदायकै व्यक्तिहरु पनि त्यहाँका उपल्लो जातमा मानिसहरुको त्रासले उक्त घटना बारे मुख दर्शक बने । समय बित्दै गयो । पाँच महिना बितिसकेको थियो गर्भपतन गराउने कुरा सम्भव नभएपछी ति महिला निज देउबाको घरसम्मै पुगिन् तर निजकी श्रीमतीले घरको भुइतला भन्दा माथि जान दिइनन् । उनि दलित भएकै कारण उनले घरभित्र पस्न पाइनन् । जसको श्रीमान ति युवतीलाई बालात्कार गरे उनकै श्रीमतीले घरभित्र पस्न दिइनन् । दलित माथि शारिरिक सम्पर्क राख्न पाइने तर घरभित्र पस्न नहुने अर्थात बिहे गर्न नहुने हाम्रो समाज अनि हामी कहाँ छौँ ? हाम्रो चेतना स्तर कहाँ छ ?  अव भनौ दलित माथि हुने बिभेद अन्त्य भइसक्यो त ? अनि यि घटनाहरु घटिरहदा जातिय विभेद अन्त्य भएको मिल्छ होला त?  दलित माथि हुने अन्याय अत्याचार, दमन शोषणबाट  दलित समुदायका व्यक्तिहरु अझै मुक्त छैनन् ।

पैशा दिएर घटना छुपाउन निजका घर परिवारहरु सवै सक्रिय भए तर सम्भव भएन् । अछाम स्थित बयालपाटा अस्पताल जान भने । त्यसपछी भारतको दिल्ली गएर गर्भपतन गराउनका लागी तयारी गरे । पैशा दिएर भारत पठाउन लागे अन्ततः गर्भपतन गराउने कुरा सम्भव नभएपछी ति युवतीलाई उनका परिवारले नियन्त्रण्मा राखेको उनले बताइन् । “बाहिर समेत निस्किन दिएनन् । बाहिर गएपछी भन्छ भनेर भित्रै राखे उनले भनिन् ।” त्यसपछी बच्चा जन्मियो । बच्चा जन्मिएपछी पनि पटक पटक उक्त जन्मेको शिशुलाई मार्ने प्रयास गरियो । उनि सुत्केरी भएपछी निज गोकुल देउबाकी श्रिमतीले उनका छोरा छोरीलाई खाना पकाएर खुवाइनन् । स्कुल पठाइन् । र ति युवतिलाई भने बाहिर निस्किन दिएनन् । घरपरिवारले बिभिन्न दबाव र धम्की दिन थाले ।

एक दिन निज गोकुल देउबाको भाई राती ति महिला बसेकै ठाँउ गएर उनलाई ज्यान मार्ने धम्कि दिए । उनका छोरालाई मार्ने समेत धम्कि दिएपछी त्यहीँ राती उनि त्यहाँबाट भाग्न सफल भैई रातारात जिल्ला सदरमुकाम मार्तडी पुगिन् । त्यतिवेला गर्भपतन गरेर सो घटनालाई छुपाउन पछी परेकाहरु बच्चा जन्मिएर ति महिलाले जिल्ला अदालत बाजुरामा दर्ता गराएपछी भने अहिले सिङ्गो समाज आफु बिरुद्ध लागको उनको भनाई छ ।

ति महिला बाट जन्मिएको शिसु निजको नभएको त्यहाँको समुदायले भन्दै आएको उनले बताएकी छन् । दलित समुदायका व्यक्तिहरु समेत उनिहरुको दरले उनी एक दलित समुदायकी महिला हुन् । उनले भनिन् “त्यतिबेला कहिकतै नभन्नु म श्रीमती बनाउन्छु। म लिन्छु भने बच्चापनि मेरो हो । सुत्केरी खर्च र बच्चालाई सेहार खर्च भनी ३० हजार नगद पैसा समेत दिए । तर अहिले भने अब म तँ जस्ती जातै नमिल्ने दलित महिलालाई श्रीमती बनाएर लिन सक्दैन । मेरो घरमा श्रीमती छ । भन्दै कुटपिट गरि गाउँ निकाला गरे ।” कुटपिट गरि गाउँ निकाला गरेपछि ती दलित महिलाले बच्चाको नाता कायम गरिपाउँ भनी मिति २०७७ साल भदौ २१ बाजुरा जिल्ला अदालतमा मुद्धा दायर गरिन । यता विपक्षीले मेरो बच्चा होइन । तँ तल्लो जातिकी मान्छेले मलाई फसाउन खोजेको भन्दै गाउँ निकाला गरेको उनको आरोप छ ।

उनको पिडामा अहिले काेही बोल्दैनन्

उनले कयौं पटक त्यहाँका केन्द्र तहको नेतृत्व गर्ने नेताहरुलाई मतदान पनि गरिन । तर अहिले  उनको न्यायका लागी  पिडामा कसैकाे मुख नखुलेको उनको दुखेसो छ । उल्टै सवै घटना छुपाउन लागि परेको उनको आरोप छ ।यतिवेला उनि मिडिया हार गुहार गरिरहेकी छन् । द्धटना बाहिर ल्याउन बाध्य छन् । तर सर्वसाधारणले भने उनि माथि पनि बिभिन्न प्रश्न उठाउने गरेका छन् । यदि उनि पिडित भएकी भए किन अहिलेसम्म मौन बसिन् त यसको प्रतिउत्तरमा भने ति युवतिले आफुलाई श्रिमती स्विकार गर्ने भन्दै घटना बाहिर नल्याउन भनेपछी नभनेको बताइन् ।

“अहिले मलाई सबैले हेप्न थाले । त्यतिबेला कसैलाई नभन्नु हामी छौँ भन्नेहरू नै अहिले बेखबर छन् । उहाँको घटनामा दलित समुदायकै व्यक्तिहरु समेत बेखबर छन् । उनको पिडामा बोल्दनन कोही पनि । कोही नबोल्नुको कारण नै त्यहाँका मान्छेको डरले हो पीडित महिलाले भनिन् ।” “ त्यो परिवारको पहिले देखि नै हामी डर मान्थ्यौ । उनीहरुले जे भन्यो त्यहीँ हुन्छ ।” उनका अनुसार त्यो समुदायका दलित व्यक्तिहरु सामन्ती शासन व्यवस्था, उपल्लो जातका मानिसहरुको थिचोमिचो दमन शोषणबाट मुक्त हुन सकेका छैनन् भन्ने कुरा प्रष्ट हुन्छ ।

सामन्तबादको अन्त्य, समाजबादको स्थापना, समाजमा समानता कायम गर्न, समाजमा शान्ति र अमनचैन कायम गर्न, सभ्य अनि सुसस्कृत समाज निर्माण गर्न, विभेदरहित समाज बनाउन हामी राजनीतिमा लागेका हौँ भनेर रोष्टममा उभिएर टेवुल ठोक्ने नेताहरूले यी घटनाहरुका विरुद्ध चुइक्क समेत किन बोल्न सक्दैनन् ? के उनीहरुलाई थाहा नै छैन ? के यी महिला पीडित नै होइनन् ? यस्ता घटनाहरु दिन प्रतिदिन घटिरहनुले नेताहरुले दिने गरेका यी अभिव्यक्तिहरु लज्जास्पद सावित भएन र ? अनि कहाँ छन् मानव अधिकार कर्मीहरु ? कहाँ छन् दलित अधिकारकर्मीहरु ? कहाँ छन् दलित संघ ? जिल्ला दलित नेतृत्व का कानमा तेल हालेर सुतेको छ ? आफ्नो पार्टीको चाकडी गरे मात्र पुग्छ की सामन्तबादी शक्तिहरुले दलितमाथी गरेको अन्याय अत्याचार, थिचोमिचोका विरुद्ध पनि बोल्नुपर्छ ? कि यी यस्ता घटनाहरु दलित संग सम्बन्धित संघ संगठनमा आधारित नै छैनन् । जातीय विभेदकै कारण यी महिला र उनीबाट जन्मिएको बालकले अहिले भोगिरहेको सजाय भोगिरहेका होइनन् र ? दलितहरुको नाममा लाखौंको बजेट खानेहरु घटना भएको ८ बर्ष बितिसक्दा पनि हाल सम्म मौन छन् ।

प्रहरीमा मुद्धा दर्ता भएको मात्र दुई बर्ष बित्यो, न्याय अझै पाएकी छैनन्

घटनाको करिव ८ बर्ष बित्नै लागेको छ । पीडितको सपरिवार बिगत ८ बर्ष देखि बिचल्लीमा छन् । मुद्धा अहिले पनि जिल्ला अदालत बाजुरामा बिचाराधिन अवस्थामा छ । निज गोकुल देउबाले भने आफ्नो बच्चा नभएको दावी गर्दै आएका छन् । अदालतमा बिचाराधिन रहेको मुद्धा नै प्रभावित हुने गरि पिडकले भित्री षड्यन्त्र गरेको पीडित महिलाको आरोप छ ।

जन्मेको बालक ६ बर्षको पुगे जन्म दर्ता समेत पाएनन्

बालक जन्मिएपछी जन्म दर्ता पाउनुपर्ने बालबालिकाको नैसर्गिक अधिकार हो । तर निज महिलाबाट जन्मिएको बालकले भने हाल सम्म जन्मदर्ता पाएका छैनन् । समाजले अपरिचित नै ठहर गरेका उनले जन्मदर्ता नपाएका हुन । उनि जन्मेदेखी हालसम्म राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित छन् ।

यी महिलाको घटनाको प्रकृति हेर्दा नेपालको संविधानको नै खुला रूपमा बर्खिलाप भएको पुष्टि हुन्छ । संविधानको भाग ३ मौलिक हक सम्बन्धि व्यवस्था अनुसार भाग ३ को धारा १६ को सम्मान पुर्वक बाच्न पाउने हक, धारा १७ को स्वतन्त्रताको हक, धारा १८ को समानताको हक, धारा २४ को छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ३७ को आभासको हक, धारा ३८ को महिलाको हक, धारा ३९ को बालबालिकाको हक, र धारा ४० दलितको हक यी सवै संवैधानिक हकहरु कुण्ठित गरिएका छन् । जुन घटनाको प्रतिबाद तत्कालीन समयका अधिभक्ता समेत रहेका हालका बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले गरेका थिए ।

उनले नै तत्कालीन समयमा पिडकको पक्षमा मुद्धा लेखेको बताइएको छ । यता पिडक पक्षले आफुलाई तलजातिहरूले फसाउन खोजेको दावी गर्दै आएको छ । ती महिलाले झुटा आरोप लगाएको भन्दै जिल्ला अदालत बाजुरामा २०७७ साल कार्तिक २५ गते मंगलवार प्रतिवादी मुद्धा दर्ता गराएका थिए । यसरी उच्च तहको नेतृत्व गर्ने व्यक्तिहरुबाट नै यस्ता घटनाहरु लुकाउन शक्तिको प्रयोग हुने गरेको सर्वसाधारणको गुनासो छ । राजनीति दलको नेतृत्व गर्ने जनताका सुख दुःखका सारथि, समाज रुपान्तरण गर्छौं भन्ने समृद्धिका नाइकेहरुबाट नै कानुनको बर्खिलाप गर्ने, अन्याय छिपाउने, अपराधी संरक्षण गर्ने कुरामा सक्रियता देखिनु, आफुलाई सर्वोपरि ठान्ने यी महान विद्वानहरुले के यत्ती कुरा जानेका छैनन् ? अथवा बुझ बुझेका छैनन् ? कि बुझेर पनि बुझ पचाएका हुन् भन्ने आरोप दलित अधिकारकर्मी तथा संचारकर्मी प्रेम विकको भनाई रहेको छ ।

यता पिडक पक्षलाई बुझ्न खोज्दा धेरै संग सम्पर्क गर्दा उनि सम्पर्कमा आउन सकेका छैनन् उनको नजिकैको आफुन्लाई सोध्दा पनि उनको फोन नम्बर नै नभएको बताइएको छ। ।

 

बाजुरामा विभिन्न समयमा जातीय विभेदका घटनाहरू हुँदै आएका छन् । सार्वजनिक ठाउँमै दलित माथी अमानवीय व्यवाहार गरि विभेद भएका घटनाहरु अदालती प्रक्रियामा अगाडि बढेको भएपनि सम्बन्धित निकायबाट न्याय भएको भने पाइदैन ।मानवले मानव माथी यस्तो अमानवीय व्यवाहर कहिसम्म गरिरहन्छन ? मान्छे मान्छे सवै एउटै होइनन् र ? आवस्यक पर्दा रगत चल्ने समाजमा पानी किन चल्दैन ? सानो ठुलो जातको नाममा उचनिच छुत र अछुतको भवना मान्छेले मान्छेमाथी राक्नुको पछाडी मानव्तामा माथी प्रश्न उठ्दैन र ? के दलित मुठीका माखा जस्तै हुन् ? उनिहरु माथी जे गरेपनी हुन्छ ? मान्छे मान्छे बिचको यो जातिय विभेदको  प्रखाल कहिले भत्किन्छ यस्ता यावद प्रश्नहरु सर्वसाधारणले उठाइरहेका छन् ? मानिस माथि हुने अमानवीय घटनाहरुमा सम्बन्धित सरोकारवाला निकायनै बेेेखवर बन्ने गरेको दलित अधिकार कर्मीहरु बताउदै आएका छन् । जातिय बिभेदका घटनाहरू राजनीति दलका व्यक्तिहरु नै लागेर मिलोमतोमा छुपाउदै आएको दलित अधिकार कर्मीहरुको भनाई छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑