• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बर्षेनी अध्यारोमै बस्नुपर्ने बाध्यता ८ बर्ष बितिसक्दा पनि हटेन कहाँ छ स्थानीय सरकार ?

खप्तड मालिका न्युज March 4, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

मिन बहादुर खड्का बाजुरा- जिल्लाको पश्चिमि भेगमा रहेको खप्तड छेडेदह गाउँपालिका ३ र ४ का स्थानिय बर्षीनी बर्षातमा मात्र नभैई हिउँदमा पनि अध्यारोमै बस्न बाध्य छन् । स्थानीयका घरघरमा बिजुलीको तार टाँगिएको ८ वर्ष बितिसकेको छ । तर बिजुली कहिलेकाहीँ मात्र आउँदा सेवाग्राहीको दैनिकी कठिन बन्ने गरेको छ । वर्षातको समयमा बिजुली नआउने र सानो समस्या आउँदा पनि बन्नका लागि लामो समय लाग्ने हुँदा समस्या हुने गरेको त्यहाँका स्थानीय बताउन्छन् ।

 

वडा नम्बर ३ र ४ का करिव ४५० भन्दा बढी घरपरिवारका लागि बार्जुगाड जलविद्युत आयोजना संचालन गरी २०७१ सालमा विद्युत प्रवाह शुरु गरेको आयोजनाबाट ४० किलोवाट बिजुली उत्पादन हुन्छ ।आयोजना सञ्चालनपछि सल्लाको झरो र टुकी बाल्दै आएका स्थानीय बिजुली बाल्न पाएपछि खुसी भएका थिए । अहिले भने त्यहाँका स्थानीयलाई दुई दिनका झल्का झिल्लीमिली जस्तै भएको छ । लामो समय बिजुली जाने समस्याले नागरिकलाई चिन्तित बनाएको छ । बर्षातमा त झन प्राय कहिले बत्ती बल्दैन ।घरमा बत्ति जडान भएको ८ बर्ष बितिसकेको भएपनि अध्यारोमै बस्नु पर्ने बाध्यता झेल्दै आएको स्थानियको दुखेसो छ ।

सो जलविद्युत आयोजनाको अहिले सम्म पनि साधारण सभा समेत भएको छैन ।उपभोक्ता बर्षात सुरु भएपछि बर्षात सुरु भएपछि अध्यारोमै बर्षातका ४ महिना बिताउन्छन् । हिउँदमा समेत कहिले मेसिन बिग्रीएपछी पुनर्निर्माण गर्न महिनौं लाग्ने हुँदा हिउँदमा समेत अध्यारोमै बस्नुपर्ने बाध्यता रहेको वडा न . ४ का स्थानिय दिल्ली सुनारले बताएका छन् । विद्युत सेवा संचालनमा आए देखी हालसम्म अध्यारोमा हुँदा पनि स्थानिय सरकार र जलविद्युत ब्यवस्थापन समिति तथा अन्य सरोकारवालाको ध्यान नगएको स्थानीय युवा विद्यार्थी नरेन्द्र धामीले बताएका छन् ।

“प्रत्येक बर्ष बर्षातको समय सुरु भए लगत्तै सो जलविद्युत आयोजनाको नहर अबरुद्ध बन्ने गरेको छ । नहर अबरुद्ध बनेपछि स्थानियहरु आफै गएर अस्थायी कुलो निर्माण गरि विद्युत संचालनमा ल्याउने गरेका छौं ।नहर ठाउँठाउँमा अबरुद्ध बनेको छ। धेरै ठाउँमा पाइप जडान गरिएको छ।तीन बर्ष अगाडि अबरुद्ध बनेको ठाउँमा पनि नहर पुनः निर्माण गर्न सकेको छैन ।यस्तो अवस्था देख्दा देख्दै पनि ब्यवस्थापन ,समिति स्थानिय सरकार ,मौन बसेका छन । विद्युत प्रति कुनै चासो देखाएको छैन ।वडा नम्बर ४ मा बस्ने युवा विद्यार्थी राजेश सुनारले भने ।”

नहरमा पानी भएपनि एक दिन बत्ति आउन्छ अर्को दिन आउदैन ।पटकपटक मेसिन बिग्रीने गरेको छ।मेसिन बिग्रीएपछी पुन सपार्न महिनौ लाग्ने गर्छ।अपरेटरले पनि आफुले मनोमानी तरिकाले बत्ती जलाउने गर्छन् । कुनै समय तालिका छैन ।“नियमित बिद्युत उपभोग गर्न नपाएको भन्दै स्थानीय बासीहरु बिद्युतको महसुल समेत तिरेका छैनन् ।शुल्क नतिर्नेहरुका लागि विद्युतको लाईन कात्ने ,शुल्कको हर्जना लगाउने ,जस्ता कडि कदाउ नियमहर ब्यवस्थापन समितिले कार्यान्वयन गर्न सकेको छैन । स्थानीयले एकपटक दिदैनौ भनेपछि विद्युत महसुल उठाउन समेत आउदैनन ब्यवस्थापन समितिको लापरबाही संगै ठूलो कमजोरी रहेको छ । भावानी मा.बि का शिक्षक निर्ग रावतले भने ।”

जलविद्युत निर्माण कार्य गर्दैगर्दा काम गरेको मजदुरको ज्याला समेत अहिलेसम्म नदिएको बताइएको छ । अपरेटरले समेत पारिश्रमिक पाएका छैनन् । जलविद्युतको भवन समेत जिण बन्दै गएको छ । बाहिरबाट हेर्दा पनि पानी घट्ट भन्दा पनि फरक नपर्ने जस्तै देखिन्छ । नहर ठाउँ ठाउँमा भत्किएको छ । काम गरेको ज्याला नपाएको नियमित रुपमा बत्ति उपभोग गर्न नपाएका कारण विद्युतको सुल्क नतिर्ने अडान कतिपय स्थानीयको रहेको टुनिसैन बासी युवा विद्यार्थी राजेन्द्र खड्काले बताए । खड्काका अनुसार ब्यवस्थापन समितिलाई नहर पुनः निर्माण संगै अहिले सम्मको साधारण सभा गर्नुपर्ने भन्दै पटकपटक भन्दा पनि सोयम समितिको अध्यक्षले बेवास्ता गरेको उनको आरोप छ ।

व्यवस्थापन समितिले अधिबेशन तथा साभारणसभा गर्न नचाहेका स्थानियको आरोप

शुरुमा दुईपटक लेखाजोखाको सार्वजनिक सुनुवाइ गरेको थियो । त्यसपछि अहिलेसम्म लेखाजोखाको सार्वजनिक गरेको छैन । समितिमा साधारणसभा गर्न नसक्दा बर्षाै देखि एउटै समितिले कामकाज चलाइ रहेको छ । व्यवस्थापन समितिले अधिबेशन तथा साभारणसभा गर्न नचाहेको र आफु पनि हट्न नखोजेको आरोप सर्वसाधारणको छ । जलविद्युत व्यवस्थापन समितिको अघिल्लो बैठक पनि बसेको थियो । साधारणसभा गरेर समिति विघटन गर्ने भने पनि अहिलेसम्म गर्न सकेका छैनन् ।

भिरालो जमिन भएका कारण ठाउँठाउँमा नहर भत्किएको छ । नहरको दुबैतर्फ सडक हुँदा नहर भत्किने गरेको र पावरहाउसमा अपरेटरहरु नियमित नबस्दा पनि समस्या भएको संचालक समितिको दावी छ । सामान्य वर्षातमा पनि नहरमा माटो, बालुवा र सानो मुडाहरु आउने भएकाले पनि समस्या हुने गरेको छ ।विद्युत अनियमित भएको विषयमा स्थानीय सरकार पनि जानकार छ । सामान्य तवरबाट समस्या समाधान खोज्नेभन्दा पनि दीर्घकालीन समाधानका लागि योजना बनिरहेको स्थानीय सरकारको दाबी छ । तर लामो समयदेखिको ढिलासुस्तीले झनै समस्या थपिँदै गएकाले चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्ने स्थानीयको माग छ ।

बार्जुगाड लघु,जलविद्युतका व्यवस्थापक बिद्युत महसुल उठाउन जाँदा पनि समितिले आयव्ययको लेखाजोखा तथा सार्वजनिक नगरेको र बिजुली पनि नियमित नआएको भन्दै पैसा नदिने गरेका स्थानिएले बताएका छन् । समितिका अध्यक्षले आयव्ययको लेखाजोखा तथा सार्वजनिक सुनवाइ गर्ने भन्दै सम्पूर्ण लेखाजोखा मागे पनि अहिलेसम्म केही नगरेको स्थानियको आरोप छ ।

वडा न . अध्यक्ष भन्छन् सहकारीमा जोड्दै छौँ 

यो बिषयमा वडा न . ३ का वडा अध्यक्ष बिर्क रावललाई सोध्दा बार्जुगाड जलविद्युत आयोजनालाई अब सहकारी मार्फत संचालन गर्न प्रक्रिया पूरा भैसकेको दावी गरेका छन् । बार्जुगाड लघु जलविद्युत सहकारी सस्था लिमिटेड दर्ता गरिसकेकोले अब सोही मार्फत संचालन गर्ने उनको भनाई छ । बैकल्पिक उर्जा संगको सहकार्यमा ६० लाख बैकल्पिक उर्जाको आर्थिक सहयोग र दुवै वडाको सहयोग र सहकार्यमा विद्युत नहर पुनर्निर्माण गर्ने र मेसिन पनि सवै नयाँ फेर्ने उनले बताएका छन् ।

अबको एक सातामै उक्त काम सुरु हुने पनि वडा अध्यक्ष रावतले दावी गरेका छन् । हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सवै कुरा गरेका छौँ । विद्युतको बिषयलाई लिएर केहीले सामाजिक संजालमा आलोचना मात्र गर्ने गरेका छन् । वडा बाट विद्युतको स्तर उन्नतिका लागि मात्रै १० लाख बजेट छुट्याएको छु । विद्युतको यो अवस्था म वडा अध्यक्ष भएपछि मात्र भएको हो र ? त्यो भन्दा अगाडिका जनप्रतिनिधि के गर्नुहुन्थ्यो ? के उहाँहरुलाई थाहा थिएन ? के यहाँका अहिले मात्र स्थानीय अध्यारोमा बस्न थालेका हुन् त ? वडा अध्यक्ष रावतले भने यता वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले भने आफुले समितिलाई जिम्मेवार हुन भन्दै पटकपटक कुरा राखे पनि उनिहरुले चासो नराखेको बताए ।

स्थानीयको गुनासो सम्बोधन हुने गरि पहल भैरहेका छ वडा न. ४ अध्यष धामी

दुवै वडाको समन्वय र सहकार्यमा स्थानीयको गुनासो सम्बोधन हुने गरि पहल भैरहेको वडा नंः ४ का वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन् । आफुले पटकपटक समितिलाई साधारणसभा राख्न अनुरोध गरे पनि उनिहरुले त्यसको बेवास्ता गरिरहेका उनको भनाई छ । बताए । समितिको लापरबाहीमा उपभोक्ताले पनि चासो नराखेकाले सबैले गम्भीर भएर लाग्नु पर्ने वडा अध्यक्ष धामीले बताएका छन ।

व्यवस्थापन समितिका अध्यक्ष के भन्छन् त ?

यता ब्यवस्थापन समितिका अध्यक्ष जिवन रावत भने पटक पटक साधारण सभा छिट्टै गर्ने बताउदै आएका छन् ।यस बिषयमा व्यवस्थापन समितिका अध्यक्ष जीवन रावतले भने व्यवस्थापकहरुले आफुलाई कुनै लेखाजोखा पनि नदिएको र अब बिद्युतलाई सहकारीमा जोड्ने बित्तिकै सम्पूर्ण आयव्यय लेखाजोखाको सार्वजनिक गर्ने बताएका छन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑