
मिन बहादुर खड्का बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न. १ जोरुकी १७ बर्षिया नबिना बुढाले जात नमिलेकै कारण आफुले सानै देखि मन पराएर माया गरेको मान्छे संग बिवाह गर्दा पनि संगै हुन नपाएको बताएकी छन् । आफू क्षेत्रीको छोरी र आफ्नो प्रेमी दलितको छोरा भएका कारण बिवाह गरिसकेपछि नानाथरी आफ्नो बुवाले नानाथरी बाहानामा अलग गराएको बताएकी हुन् ।

छोरिले दलित संग बिवाह गरेपछि बुवा द्वारा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्धा
नबिनाले आफुले सानै देखी प्रेम गरेको प्रेमी संग बिवाह गरेको बताउदै आएको भएपनि उनका बुवाले भने जात नमिलेको भन्दै झुटो आरोप लगाएर सन्तोष माथी झुटा आरोप लगाई जवरजस्ती करणी सम्बन्धि मुद्धा दर्ता गराएको बताएका छन् ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न . १ जोरुकी नबिना बुढालाई गत कार्तिक १४ गते सोही वडाका सन्तोष कडाराले भगाएर बिवाह गरेका थिए । दलित समुदायको व्यक्ति सन्तोष कडाराले आफ्नो छोरीसंग बिहे गरेपछि छोरिलाई जवरजस्ती करणी गरेको झुटो आरोप लगाई नबिनाका बुवा मनेशोर बुढाले जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गराएको सन्तोषका आफन्तले बताएका छन् ।
दलित संग बिबाह गरेको भन्दै झुटो अभियोग लगाई फसाउनका लागि मुद्धा दर्ता गराएको आफन्तको आरोप छ ।सानै उमेर देखि प्रेममा गासिएका उनीहरुले एक अर्काको सहमतिमा बिहे गरेका थिए । दलित समुदायमा जन्मेका कडाराले क्षेत्रीकी छोरी संग बिहे गरेका हुन् । उनीहरुको सहमतिमा भएको बिहे पछी गएर जातिय बिभेदमा जोडिएको हो ।
नबिना बुढा र सन्तोष कडाराको एउटै गाउँमा छ । उनीहरु एक अर्काको घरको दुरी त्यति टाढा छैन । एउटै गाउँमा हुर्के बढेका उनीहरु बाल्यकाल संग संगै बित्यो । सानै देखि एक अर्कामा मिल्ने उनिहरु बाल्यकालको साथिको सम्बन्ध प्रेममा परिणत भयो । कक्षा ७ मा पढ्दा देखि नै आफुहरुले एक अर्कालाई प्रेम गर्न थालेको नविना बुढा स्वयंमले बताएकी छन् । हामी सानै देखि असाध्यै मिल्ने साथी हौँ । पछि गएर हामी एक अर्कालाई माया गर्न थाल्यौं । बिस्तारै माया गाढा हुँदै । जति समय बित्दै गयो त्यति नै हाम्रो सम्बन्ध बलियो हुँदै गयो । आज छुट्नुपर्ने भएर होला सायद धेरै माया गरेको । रत बिवाह गरेको केही दिनमै एकाएक अलग अलग भएर बस्नुपरेको छ । सानैमा उनको बुवा बित्नुभयो ।
एक अर्काको दु:खलाई आफ्नै दु:ख सम्झिने हामिहरु एक अर्कामा नजिक हुँदै गयौं । एक अर्का प्रतिको बलियो अनि बिस्वाशिलो प्रेम सम्बन्ध बिवाहमा परिणत भयो । मलाई थाहा थियो घर परिवारले स्विकार्दैनन भनेर तर स्विकार्दैनन भनेर छुट्टीन हामिले सकेनौं । सन्तोषले भन्थे तिम्रो परिवारले स्विकार्दैनन हामीले जति धेरै माया गरेपनि एक दिन छुट्नु पर्छ भनेर आज त्यहीँ भयो । समाजले अनि परिवारले टाढा बनाएपनी अझै एक हुने चाहाना बाकी छ। जातिय विभेद गरेर आफुहरुलाई आफ्नै बुवाले एक हुन नदिएको उनको आरोप छ । आफुलाई घरपरिवारले र समुदायले दलित संग बिवाह गर्न हुँदैन भनेर दबाब दिदै आएको उनको भनाई छ ।
बिवाह त फेरिपनी सन्तोष संगै गर्न मन छ तर गर्न त दिने होइनन् । धेरै ठाउँमा अन्तरजातीय बिवाहका कारण घटेका घटनाहरूले मन झसङ्ग हुन्छ तर पनि मनले मान्दैन अहिले सम्म घरमा आमा वाहेक म संग कोही बोल्दैन गाली गर्छन् । रुकममा नवराज संगै ७ जना संगै मर्नुपर्यो । भनिन्छ माया गर्न धनसम्प्ती, रुप, जात, नमिल्दैन केही फरक पर्दैन । तर केहीलाई यी कुराले अवस्य फरक पार्ने रहेछ । दबाब दिन्छन् उनले टेलीफोन सम्बादमा बताइन् ।
समाजमा जातिय विभेद अझै जरो गाडेर प्रमुख सामाजिक समस्यका रुपमा छ । सानो जात ठुलो जात भन्ने मानसिकता अझै हटेको छैन । दलित समुदायको व्यक्तिले गैरदलितको व्यक्ति संग बिहे गर्न हुँदैन भन्ने गलत मानसिकता बाट समाज माथी उठ्न सकेको छैन । ठुलो जातका मानिसले सानो जातका मानिसलाई उचनिचको दृष्टिकोणले हेर्ने चलन अझै छ ।दलित समुदायमाथी, अन्याय, अत्याचार, दमन शोषण गर्ने प्रवृत्ति सार्वजनिक ठाँउमा नभएपनि गाउँ घरमा भएकै पाइन्छ । यहीँ जातिय बिभेदका कारण सन्तोष कडारा र नबिना बुढाले सहमति अनुसार गरेको बिवाहलाई सन्तोष दलित समुदायको व्यक्ति भएकै कारण उनी माथि जवरजस्ती करणीको आरोपमा उनको नाममा जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भयो ।
बाजुराको दुर्गम गाउँपालिकाको बिकट गाउँ जोरुमा दलित समुदायमा जन्मेका सन्तोषले सानै उमेरमा बुवा गुमाए । सानैमा बुवा गुमाएका उनी अभावै अभावका बिच हुर्किए । उनी अहिले जुम्लामा कक्षा १२ मा अध्ययन गर्थे । परिवारको जिम्मेवारीका कारण उनलाई बिवाहा गर्न बाध्य बनाएको उनका आफन्तले बताएका छन् । उनी भन्दा जेठी उनकी एक दिदी छन् भने एक जना भाई गरि तीन भाई बहिनी रहेका छन्
बाजुरामा अझै दलितले गैरदलित संग बिवाह गरेपछि गैरदलितहरुले अस्वीकार गर्ने चलन कायमै छ ।
अस्वीकार मात्र नभई निज र निजको परिवारलाई समेत लागि गलौच गर्ने परम्परा छ । उनले ती किशोरीलाई भगाएर गाउँमा लगेनन । गाउँमा लगेपछि माइतिहरु आएर फिर्ता लगिदिने डरले आफ्नै गाउँको लेखमा लगेर लुकेर बसेको उनकी दिदी सुनिता कडाराले बताएकी छन् । भगाएर लगेपछि माइतीहरु हाम्रो घर आएर हामी दलित संग बिवाह गर्ने जस्तो लाग्यो । हाम्रो छोरी कहाँ छ छिटो निकाल भन्दै धम्की दिन थाले । दलित भन्दै अपशब्द प्रयोग गरेर तथानाम गाली संगै धम्की दिन थालेपछि भाई लुकेर बसेकी लेख हामी देखायौ । त्यतिन्जेलसम्म प्रहरी समेत उनीहरुले बोलाईसकेका थिए ।
भाईलाई पिट्छन भन्ने मनमा डर त्यत्तिकै थियो ।
घरमा हाम्रो छिमेकीलाई कुटपिट समेत गरे । त्यसपछि त्यहीँ लेखबाट भाईलाई चौकी लगे अहिलेसम्म फर्केका छैन । पाँच महिना भैसकेको छ । उनले भनिन् । आफुहरु दलित भएकै कारण आफ्नो भाईमाथी झुटा आरोप लगाई मुद्धा दर्ता गराएको उनले बताएकी छन् ।उनका अनुसार सन्तोष कडारा र नबिना बुढाले सहमति अनुसार बिवाह गरेका थिए । उनिहरु पहिलै देखी प्रेममा थिए । एक अर्कालाई असाध्यै माया गर्ने भएकै कारण उनीहरुले बिहे गरेका हुन् । भाग्दा खेरी नबिनाले आफैले घरबाट २० हजार रुपैयाँ लिएर भागेको उनले बताइन् । तर नबिनाले दलित संग बिवाह गरेकै कारण ती किशोरीका आफन्तले जवरजस्ती करणी गरेको भनी झुटो आरोप लगाएको उनको भनाई छ ।
सानैमा बुवा बिते त्यसपछि आफुले खाई नखाई छोराछोरी पाले । श्रीमानले छोराछोरी छन् भनेर चित्त बुझाएर बसेकी थिए । मेरो छोराले त्यो ठुला जातकी छोरी संग बिवाह गर्नु नै गल्ती भयो । छोराका मुख हेरेर सवै दु:ख बिर्सिए । अहिले दलित भएकै कारण मेरो छोरालाई जेल हाल्नका लागि लागिपरेका छन् । छोरालाई लिएको पाँच महिना भैसकेको छ अहिलेसम्म आएको छैन । निर्दोष मेरो छोरालाई डोटीमा लिएर राखेको छ । सन्तोषकी आमा सिद्धा कडाराले सञ्चारकर्मी संग टेलीफोन सम्बादमा भनिन् । बुवा छैनन् । आगाडी बोल्दिने मान्छे कोही छैन । कति दु:ख गरि हुर्काए । केही गल्ती गरेको भए र बरु चित्त बुझाउनु ।
ती किशोरीले प्रहरी समक्ष सन्तोषले आफुमाथी जवरजस्ती करणी नगरेको र आफुहरुले सहमतीमा बिवाह गरेको भनी बताउदै आएको सन्तोषका मामा धिर बहादुर बिकले बताएका छन् । आफ्ना भान्जा दलित भएकै कारण उनले क्षेत्रीकी छोरी भगाएपछी फस्टाउनका लागी षड्यन्त्र रचेको विकको भनाई छ । उनका अनुसार निज सन्तोष कडारालाई सुरुमा २५ दिन सम्म हिरासतमा राखेको र त्यसपछि उमेर नपुगेको भन्दै डोटिमा रहेको बाल सुधार गृहमा राखिएको बताइएको छ। अहिले नबिनाका बुवाआमाले उनलाई आफुहरुको नियन्त्रणमा राखेका छन् । उनलाई पिजडाको चरीलाई थुनेर राखे झै नियन्त्रणमा राखेको उनको भनाई छ ।
उनका बुवाले प्रहरीमा जबरजस्ती करणीको मुद्धा दर्ता गराएको भएपनि नबिना भने सन्तोषको पक्षमा बोल्दै आएकी छन् । प्रहरीको समेत यो घटनामा मिलोमतो रहेको विकले आरोप लगाएका छन् ।यता यो बिषय मा जिल्ला प्रहरी कार्यालय बाजुराले किशोरीका बुवा मनेशोर बुढाले गत कार्तिक २२ गते आफ्नो नाबालिका छोरिलाई जवरजस्ती करणी गरेको भनी मुद्धा दर्ता गराएको जनाएको छ । सो घटनाका अभियुक्त सन्तोष कडारालाई पुर्पक्षका लागी कारागार चलान गरेको भएपनि उनको उमेर १८ बर्ष भन्दा कम भएका कारण अहिले उनी डोटिमा रहेको बाल सुधार गृहमा रहेको प्रहरीको भनाई छ । यो घटनाको अदालती प्रक्रिया जारी रहेको र केही दिनमा फैसला हुने बताइएको छ ।यता आफुहरु निर्दोष भएको बताउदै आएको पीडित पक्ष अदालतको फैसला कुरिरहेका छन् ।
बाजुरामा विभिन्न समयमा जातीय विभेदका घटनाहरू हुँदै आएका छन् । सार्वजनिक ठाउँमै दलित माथी अमानवीय व्यवाहार गरि विभेद भएका घटनाहरु अदालती प्रक्रियामा अगाडि बढेको भएपनि सम्बन्धित निकायबाट न्याय भएको भने पाइदैन ।
मानवले मानव माथी यस्तो अमानवीय व्यवाहर कहिसम्म गरिरहन्छन ? मान्छे मान्छे सवै एउटै होइनन् र ? आवस्यक पर्दा रगत चल्ने समाजमा पानी किन चल्दैन ? सानो ठुलो जातको नाममा उचनिच छुत र अछुतको भवना मान्छेले मान्छेमाथी राक्नुको पछाडी मानव्तामा माथी प्रश्न उठ्दैन र ? के दलित मुठीका माखा जस्तै हुन् ? उनिहरु माथी जे गरेपनी हुन्छ ? मान्छे मान्छे बिचको यो जातिय विभेदको प्रखाल कहिले भत्किन्छ यस्ता यावद प्रश्नहरु सर्वसाधारणले उठाइरहेका छन् ? मानिस माथि हुने अमानवीय घटनाहरुमा सम्बन्धित सरोकारवाला निकायनै बेेेखवर बन्ने गरेको दलित अधिकार कर्मीहरु बताउदै आएका छन् । जातिय बिभेदका घटनाहरू राजनीति दलका व्यक्तिहरु नै लागेर मिलोमतोमा छुपाउदै आएको दलित अधिकार कर्मीहरुको भनाई छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर