
मिन बहादुर खड्का बाजुरा – नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडी मा बाजुरा क्याम्पसमा नेविसंघमा आवद्ध विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसमा नेविसंघको नेतृत्व चयन कसरी गर्ने ? को को आकांक्षी छन् ? स्ववियु निर्वाचन कसरी जित्ने ? लगायतका बिषयमा समिक्षा भएको हो । समिक्षा कार्यक्रममा उपस्थित विद्यार्थीहरुले आफ्ना राय र सुझाव राखेका थिए ।


बाजुरा क्याम्पसमा अध्ययनरत नेविसंघमा आवद्ध विद्यार्थीहरुको हक हितका लागि मात्र नभई समग्र विद्यार्थीका आवाजहरुलाई बुलन्द गर्न सक्ने, अन्याय अत्याचार दुराचार , भ्रष्टाचार, कुरुती, कुसँस्कारको अन्त्य गरि सभ्य अनि समुन्नत समाज र अनुशासित विद्यार्थी संगठन बनाउन सक्ने नेतृत्व चयन हुनुपर्नेमा विद्यार्थीहरुले जोड दिएका थिए । विद्यार्थीहरुका सुझाव संकलन गर्नका लागि नै समिक्षा कार्यक्रमको आयोजना गरेको नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पसका सदस्य बल बहादुर बोहराले बताएका छन् । भोलि बिहान गठन हुने नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् ।

अन्य कार्यसमितिका विभिन्न पदमा विद्यार्थीहरुले आकांक्षा राखेको बताइएको छ । आजको समिक्षा कार्यक्रमका विपक्षीहरुलाई मात्र नभई अन्यलाई पनि समेट्ने तयारी छ । भोलि बिहान चयन हुने नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिको नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्ने तयारी भैरहेको छ । नेपाल बिद्यार्थी संघ बाजुराले स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा संगठन बिस्तरालाई पूर्णता दिदै स्ववियु निर्वाचनको आन्तरिक तैयारी गरिरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर