• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

कृषि पत्रकार महासंघ सुदुर पश्चिम् प्रदेशको जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज February 26, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – नेपाल कृषि पत्रकार महासंघ सुदुर पश्चिम् प्रदेशको पहिलो जिल्ला भेला तथा कार्य समिति बिस्तार कार्यक्रम सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच नेपाल कृषी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा सदरमुकाम मार्तडीमा  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि पत्रकार महासंघ बारे जानकारी गराउनुका साथै जिल्ला कार्य समिति गठन गरिएको छ । कृषकहरुका समस्याहरुको उजागर गरि कृषि क्षेत्रको बिकासमा कलम चलाउने श्रम जिवी पत्रकारहरुको छाता संगठनका रुपमा देशभर कार्यसमिति बिस्तार कार्यक्रम जारी रहेको आयोजक कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ । सात वटै प्रदेशमा कार्य समिति बिस्तार भैसकेको र हाल देशभर जिल्ला कार्य समिति बिस्तार गर्ने क्रम जारी रहेको बताइएको छ । नितान्त रुपमा कृषकहरूका सवालहरुलाई उठान गरि सम्बन्धित निकाय सम्म पुर्याई कृषकका समस्या समाधान गरि कृषि क्षेत्रको बिकासमा टेवा पुर्याउने उदेश्यले कृषि पत्रकार महासंघ देशभर बिस्तार भैरहेको सुदुर पश्चिम प्रदेश कार्य समिति सचीव तेज बोहराले बताएका छन् ।

कृषका समस्या, कृषि क्षेत्रको बिकासमा देखिएका चुनौती,समाधानका उपाय, कृषि क्षेत्रको बिकासका लागि गर्नुपर्ने प्रयास, कृषि क्षेत्रको बिकासका लागि सम्बन्धित निकायले बिनियोजित गरेको बजेटको सहि कार्यान्वयन भए नभएको औल्याउँन, कृषि क्षेत्रमा भैरहेको अनियमितता, लगायतका बिषयमा कलम चलाउने श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल कृषि पत्रकार महासंघ रहेको सुदुर पश्चिम् प्रदेश अध्यक्ष हिमेश बिकले बताएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लाको कृषि क्षेत्रको बिकासका लागि अहम् भुमिका निर्वाह गर्न सक्ने नयाँ नेतृत्व चयन गर्न सुझाव दिएका थिए । नेपाल जस्तो कृषि प्रदान देशमा कृषि क्षेत्रको बिकास अपरिहार्य रहेको वक्ताहरुको भनाई थियो । कार्यक्रममा बिशिस्ट अथिती समेत रहेकी बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले कृषि क्षेत्रमा कलम चलाउनु नै बिकास पत्रकारितामा कलम चलाउनु हो भन्ने कुरामा प्रष्ट हुन आग्रह गरेकी छन् ।

यस्तै नगरपालिकाको तर्फबाट कृषि क्षेत्रको बिकासका लागि गर्नुपर्ने आवस्यक सहयोग गर्न तयार रहेको बताइन् । पुर्व पत्रकार महासंघ जिल्ला शाखा बाजुरा सचीव समेत रहेकी उपप्रमुख थापाले पुर्व पत्रकारको हैसियतले नयाँ चयन भएको कार्यसमिलाई आवस्यक सुझाव सल्लाह र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । यस्तै कार्यक्रमका प्रमुख अथिती समेत रहेका बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले कृषि क्षेत्रको बिकास भएमा मात्र समग्र समाजको बिकासमा टेवा पुग्ने बताएका छन् । कृषि क्षेत्रको बिकास वर्तमान प्रमुख आवस्यकता रहेको कुरामा जोड दिदै प्रमुख खड्काले कृषकहरूका समस्या समाधान गर्न र कृषि क्षेत्रको बिकासमा लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।

एक औपचारिक कार्यक्रममा बिच नेपाल कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कार्य समिति अध्यक्ष हिमेश वि. कको अध्यक्षतामा संचालन भएको प्रथन जिल्ला भेला तथा जिल्ला कार्यसमिति बिस्तार कार्यक्रमको प्रमुख अथिती बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापा रहेकी थिइन् । कार्यक्रममा अथिती नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराअध्यक्ष छक्क मल्ल, उपाध्यक्ष संगिता तिमिल्सिना ,सचिव रमित वि. क, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित, नेपाल प्रेस चौतारी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, नेपाल प्रेस युनियन प्रदेश सचीव राजेन्द्र रोकाया, प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष प्रेम रौले, प्रेस चौतारी जिल्ला शाखा बाजुरा अध्यक्ष मदन वि. क , सुदुरपश्चिम् प्रदेश कार्य समितिका पधातिकारी लगायत जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सुदुर पश्चिम् प्रदेशको प्रथम जिल्ला भेलाबाट १३ सदस्यीय कार्य समिति चयन

आज आयोजित प्रथम जिल्ला भेलाबाट १६ सदस्यीय कार्य समिति समेत सर्वसम्मत चयन गरिएको छ । जसमा जिल्ला अध्यक्षमा सरिता नेपाली, उपाध्यक्षमा हेमराज उपाध्याय, सचिवमा मिन बहादुर खड्का, सहसचिवमा युवराज बडुवाल, कोषाध्यक्षमा कमला रावल, सदस्यमा गोविन्द्रराज तिमिल्सिना, टेक बहादुर बिसी,टेक बहादुर बुढा, सुनिता जैशी, लगायतका १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । निर्वाचित पधातिकारिलाई प्रमाण पत्र सहित कार्यक्रममा उपस्थितिले बधाई संगै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

नवगठित कार्यसमितिको पहिलो बैठक पनि आजै,

नवगठित कार्यसमितिको पहिलो बैठक पनि आजै बसेको छ । निर्वाचित पधातिकारीको प्रथम बैठक अध्यक्ष सरिता नेपालीको अध्यक्षतामा बसेको हो । बैठकले कार्यसमितिको प्रत्येक महिना मार्षिक बैठक बस्ने र जिल्लाका ९ वटै पालिकाका कृषि शाखा र पालिका प्रमुख उपप्रमुख संग जिल्लामा कृषी क्षेत्रको बिकासमा के कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑