
मिन बहादुर खड्का बाजुरा- जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर आएर नियमित रुपमा सेवा सुचारु भएको एक महिना बितेको छैन् । तर एमडिजिपी डाक्टर देवकोटालाई राजनिति पुर्वाग्रही गरी सरुवा गर्न जिल्लामा दौडधुप सुरु भएको पाइएको छ । जिल्लामा लामो समय पछिको सकस प्रयास पश्चात् एमडिजिपी डाक्टर प्रेरित देवकोटा आइपुगेका थिए । विगत लामो समयदेखि विशेषज्ञ सहितको डाक्टर जिल्लामा आएको भएपनि राजनितिक पुर्वाग्रही रुपमा डाक्टरको सरुवाका लागि बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहित राजनितिक दलका नेता तथा कार्यकर्ताहरु मन्त्रालयका सचिवसंग सरुवा लागि पुगेको एक श्रोतले बताएको छ ।

जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समितिका अध्यक्ष जिल्लाका केही नेता र मेडिकल अधिकृत सहित एमडिजिपी डाक्टर सरुवाको गर्नुपर्ने र निजी एमडिजीपी राख्ने भन्दै मन्त्रालय पुगेको मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलको भनाईलाई उदृत गर्दै जिल्लामा संचालित बडिमालिका खबरले खबर लेखेको छ । यो बिषय यतिवेला चर्चापरिचर्चाको बिषय बन्न पुगेको छ । जिल्लास्थित राजनिति दल र जिल्ला अस्पताल व्यवस्थापन समितका अध्यक्षको यो हर्कतको सर्वसाधरणले चर्को आलोचना गरिरहेका छन् । जिल्लामा सेवा दिनका लागी पुगेका एमडिजिपी डाक्टरलाई राजनिति पुर्वाग्रही गरेर सरुवा गर्नका लागी चलखेल गर्ने बिरु ठिकाटिप्पणी हुन थालेको छ ।
यस अघि बाजुरामा एमडिजिपी डाक्टर नहुदा जटिल रोगका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो । अव यो समस्या हट्ने भन्दै जिल्ला बासि हरु खुसी भएका थिए। बाजुरामै एमडिजिपी डाक्टरबाट सेवा संचालन भएपछि बाजुरा वासी खुसी बेडाका बाजुरा बासीमा एमडिजिपी डाक्टर जिल्लामा आएको एक महिना नबित्दै सरुवा गर्ने खेल सुरु भएपछी जिल्ला बासिमा पुनः निरासा छाएको छ । जिल्लामा जुन परिस्थिति पहिला थियो त्यहीँ परिस्थिति पुनः दोहोरिने देखिन्छ । ।
जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरिका अनुसार एमडिजिपी डाक्टर देवकोटा जिल्लामा गत पुष १३ गते पुगेका थिए भने पुष २७ गते नै बिदामा घर जाने भन्दै एक साताको बिदा लिएका थिए । बिदामा गएका उनले सरुवा गरिदिन भन्दै मन्त्रालयलाई निवेदन दिएका थिए । डाक्टर देवकोटा लामो बिदामा बसेर पुन. जिल्लामा फर्केका थिए ।। उनि पहिलोपटक जिल्लामा आएर सेवा सुचारु भएपछि ११ दिनमात्र बसेको थिए । जिल्लामा सेवा दिनका लागी पुगेका एमडिजिपी डाक्टर देवकोटा ११ दिन मात्रै बसेर फर्किएपछि एमडिजिपी डाक्टर बारे पहिला पनि बिभिन्न टिका टिप्पणी समेत भएको थियो । उनलाई जिल्लामा बस्ने सहज वातावरण नभएपछि उनी बिदाको बाहानामा गएको हुन सक्ने पनि सुन्नमा आएको थियो ।
उनलाई राजनीतिकरण गरेर जिल्लामा बस्ने वातावारण बाट बञ्चित गराइएको भन्दै आलोचना समेत भएको थियो । उसो त जिल्लामा डाक्टर ल्याउने कुरामा राजनीतिकरण हुँदै आएको पनि श्रोतको दावी छ । यहि राजनीतिकरण गरेका कारण एमडिजिपी डाक्टर देवकोटा जानुपरेको श्रोतको आरोप छ । तर त्यसवेला भने डाक्टर देवकोटाले आफै सरुवा मागेको खुल्न आएको छ । उनले घरमा आमा बिरामी भएका कारण हेरचाह गर्नुपर्ने अर्को कोही मान्छे नभएको कारण खुलाउदै सरुवाका लागी निवेदन लेखेको पाइएको छ । त्यतिवेला सरुवा मागेको भएपनि पुनः उनि दास्रो पटक जिल्लामा फर्किएका थिए । दोस्रोपटक जिल्लामा पुगेका देवकाटाले कार्यालय प्रमुखको जिम्मेवारी समेत समालिसकका थिए । कार्यालय प्रमुखको जिम्मेवारी पाएको एक महिना नबित्तदै उनलाई सरुवा गर्ने हर प्रयत्न भइरहेको पाइएको छ ।
पुरानो निवेदनको बाहानामा डाक्टर देवकोटालाई जवरजस्ति सरुवा गर्ने प्रयास
डाक्टर देवकोटाले पहिलो पटक जिल्लामा पुगेर बिदामा गएपछी सरुवाका लागी दिएको निबेदनलाई आधार मानी यतिवेला पुनः उनलाई सरुवा गर्न राजनिति चलखेल सुरु भएको देखिन्छ । उनले आफैले सरुवा मागेको भन्ने भ्रम फैलाउदै उनलाई सरुवा गर्ने चलखेल सुरु भएको हो । तर उक्त निवेदन भने डाक्टर देवकोटा पहिलोपटक जिल्लामा पुगेर घर बिदामा गएको वेलाको रहेको खुलेको छ । तर यतिवेला भने उनलाई जवरजस्ति जिल्लाबाट सरुवा गर्ने चलखेल भएको पाइएको छ ।
के भन्छन् त डाक्टर पे्ररित डेवकोटा ?
केही दिन अगाडी जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी समालेका डाक्टर देवकोटालाई सोध्दा बिभिन्न अनलाइन मिडियामा प्रकाशित समाचारहरुले आफलाई मानसिक टर्चर भएको बताएका छन् । आफुलाई यो बिषयमा जानकारी नै नभएको उनले बताए । उनले भने सुरुमा आमा बिरामी हुनुभयो । मेरो दुर्गम जिल्ला सेवा गर्ने समयाअवधि सकिसकको हुँदा पारिवारिक समस्याका कारण सरुवा मागेका हुँ । तर आमालाई सन्चो भयो र पुनः बाजुरा नै आउन पाइयो । जिल्लामा फर्किएसकेपछी भने सरुवाका लागी केही कुरै गरेको छैन । दर्गम जिल्ला आएर सेवा गर्ने धोको मेरो पहिलै देखि भएर जिल्लामा आएर पारिवारिक समस्याका कारण सरुवा माग्नुपर्ने बाध्यता सिर्जना भएपनि आमालाई सन्चो भएर पुनः जिल्लामा आउन पाउदा निकै खुसि लागेको थियो । तर मलाई जिल्लाबाट सरुवा गर्ने कुरा हुँदैछ भनेर सुन्दा म आफै अचम्मित छु ।
उनले थप्दै भने जिल्लामा काम गर्ने सहज वातावरण छैन भन्ने कुराको भान मलाई भएको छ । यसले त क मगर्ने जोस जाँगर नै हराएका छ । अनी कसरी जिल्ला वासिले प्रभावकारी सेवा पाउन्छन् । मैले बिरामीको उपचार गर्ने हो म माथि राजनिति पुर्वाग्रही गर्नुपर्ने कुनै कारण पनि छैन । राजनितिकरण गरेर सेवा दिन आएका कर्मचारीलाई सरुवा गर्ने हो भने जिल्लामा सेवा प्रभावकारी कसरी हुन सक्छ । पछिल्लो समयमा आफुले सरुवाका लागी कुरै नगरेको उनको भनाई छ । केही बर्ष बाजुरामै बसेर सेव गर्ने आफ्नो धोको रहेको भएपनि बिभन्न संचार माध्यममा भने बिभिन्न टिकाटिप्पणी सहितको समाचार सम्प्रेषण भइरहेको उनल बताएका छन् ।
बाजुरा पुगेका डाक्टर देवकोटालाई सुरु देखि नै रोक्ने प्रयास
उसो डाक्टर देवकोटालाई बाजुरा ल्याउने की नल्याउने भन्ने कुरामा सुरु देखी नै मतभेद चलेकै हो । सुरुमा बाजुरा आउनका लागी तयारी अवस्थामा रहेका डाक्टर देवकोटालाई राजनीतिकरण गरेर रोक्ने प्रयास भैरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो । डाक्टर देवकोटालाई रोक्न जिल्ला अस्पतालमा कार्यरत प्रमुख डाक्टर मिलन नै सक्रिय देखिएको आरोप समेत डाक्टर जोशीलाई लगाइएको थियो । डाक्टर जोशीले आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीमार्फत देवकोटालाई रोक्न दबाब दिएको र दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका आरोप उनि माथि लगाइएको थियो ।
के भन्छन् त मेडिकल अधिकृत डाक्टर मिलन जोशी ?
यता यस अधि जिल्ला अस्पताल बाजुराको कार्यालयको जिम्मेवारी समालिरहेका मेडिकल अधिकृत डाक्टर मिलन जोशीलाई सोध्दा आफुमाथि लगाइएका सवै मिथ्या आरोपहरु मात्रै भएको बताएका छन् । डाक्टर देवकोटा आफ्नो नजिकको नातेदार भएको बताउदै उनले डाक्टर जिल्लामा आएको प्रति आफ्नो कुनै आपत्ति नभएको बताएका छन् ।डाक्टर देवकोटालाई रोक्न सुरुवाती देखि नै आफलाई सक्रिय रहेको र यतिवेला पनि मन्त्रालयसम्मै धाएको चनि प्रकासित समाचारहरु प्रति आफ्नो घोर आपत्ति रहेको उनको भनाई छ। जिल्लामा बाहिरबाट सेवा दिन आएका कर्मचारीलाई सहज वातावरण नभएको पनि यनले बताए ।
अस्पताल प्रशासन के भन्छ त ?
यो बिषयमा जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समितिलाई बुझ्दा फोन सम्पर्क हुन सकेको छैन । यता अस्पताल बाजुराका सुचना अधिकारी नृप गिरिले भने यो दुखद बिषय भएको बताएका छन् । जिल्ला पुगेर बिरामीको सेवा दिरहेका डाक्टर देवकोटालाई सरुवा गर्न राजनिति चलखेल भएको भनि प्रकासित समाचारहरु बारे जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समितिका अध्यक्षलाई बुभ्mदा यो कुरा सत्य नभएको प्रतिक्रिया दिएको अध्यक्ष कार्किको भनाईलाई उदृत गर्दै सुचना अधिकारी गिरिले बताएका छन् ।
यस अघि बाजुराले नपाएको एमडिजिपी डाक्टर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले जिति सकेपछि प्रदेश सभा ख का सदस्य पदम शाही र प्रतिनिधि सभा सदस्य बद्री प्रसाद पाण्डे निवर्तमान पार्टी सभापति बिराज पण्डित लगायतको अथक प्रयास पछि जिल्ला अस्पतालमा एमडिजिपी डाक्टर प्रेरित देवकोटा आइपुगेको एक कांग्रेस नेताकोे दावी थियो । कांग्रेसको पहलमा आएको भनि दावी गरेका एक जना कांग्रेस नेतालाई बुझ्दा यो बिषयमा पार्टीका नेताको संलग्नता नरहेको बताइएको छ ।
पहिलो पटक लामो बिदामा बसेर पुनः जिल्लामा आइपुगेका डाक्टर देवकोटा पुनः जिल्लामा आएपनि उनलाई ल्याउनुकी नल्याउने मतभेद पछि नै जिल्लामा आएको एक श्रोतका दावी छ । यो राजनीति खिचातानीका बिच जिल्ला बासीले प्रभावकारी सेवा नपाउने सर्वसाध।णको बुझाई थियो। यो कुरा पछिल्लो घटनाक्रमले प्रष्ट गरेको छ । यतिवेला उनलाई जिल्लाबाट सरुवा गर्न भित्रभित्रै थुप्रै प्रयासहरु भइरहेको पाइन्छ ।
यस अघि डाक्टर देवकोटाले भने दुर्गम जिल्ला बाटो घाटाको कारण देखाउँदै आनाकानी गरिरहेको डाक्टर देवकोटालाई नै आरोप लगाइएको थियो । तर वास्तविकता बुझ्दा डाक्टर देवकोटाको कुनै दोष नभई उनलाई जिल्ला आउनेबारे नोकर खोजिएको हा भन्ने खुलेको छ । डाक्टर देवकोटा जिल्ला आउन लागेदेखि हाल सम्मको घटनाक्रमलाई केलाउँदा भित्रभित्रै राजनीतिकरण गरेर उनलाई जिल्लामा आउन पहिलै सहज वातावरण नभएको र जिल्ला पुगिसकेपछि जिल्लामा वस्ने सहज वातावरण नभएको देखिन्छ ।
जिल्लामा एमडिजिपी डाक्टर नहुँदा जटिल रोगका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । तर अस्पताल प्रशासन र जिल्ला स्थित राजनीति दलहरु भने राजनीतिकरण गर्नमै व्यस्त देखिन्छन् । बाजुरेली जनताका समस्या समाधानका बिषयमा पनि खुल् याम रुपमा राजनीति गर्दै आएको सर्वसाधारणले आरोप लगाइरहेका छन् । स्वास्थ्य जस्तो क्षेत्रमा खेलबाड हुन थालेपछि संघ र प्रदेश सभामा सदस्य र राजनितिक दलले बेवास्ता गर्न नहुने सर्वसाधारणको बुझाइ रहेको छ । जटिल रोगका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता अझै हटेको छैन । अस्पताल लैजादै गर्दा समयमा उपचार नहुँदा अकालमै जिल्ला बासीले ज्यान गुमाइरहेका छन् ।जिल्लामा चार बर्ष यता मात्रै ९ जना गर्भवती महिलाको उपचारको अभावमा ज्यान गएको पाइन्छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर