
मिन बहादुर खड्का बाजुरा – जिल्ला अस्पताल बाजुरामा एमडिजीपी डाक्टर प्रेरित देवकोटालाई स्वागत गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको प्रमुख आथित्यतामा डाक्टर देवकोटालाई स्वागत गरिएको हो । लामो समय पछीको सकस प्रयास पछि अस्पताल बाजुरामा एमडिजीपी डाक्टर देवकोटा आएका हुन् ।डाक्टर देवकोटालाई प्रमुख अथिती लगायतले फुल मलाई अविर संगै खादाले स्वागत गरेका थिए । स्वागत संगै जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अनुसार एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको बताइएको छ । यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । उनि मेडिकल अधिकृत हुन् ।
जिल्ला अस्पताल बाजुराले करिव ४ वर्षपछि एमडिजिपि डाक्टर पाएको छ । एक महिना अघिमात्र दुर्गममा सेवा गर्ने भन्दै जिल्ला अस्पताल बाजुरामा आएका डाक्टर देवकोटा कार्यालय प्रमुखको जिम्मेवारी नपाएपछि घर विदामा गएका थिए ।एमडिजिपि डाक्टर देवकोटा सहित अव जिल्ला अस्पताल बाजुरामा ८ जना डाक्टरहरुले सेवा दिने भएका छन् ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले डाक्टर देवकोटालाई सफल कार्यकालको शुभकामना दिदै जिल्ला बासिलाई चुस्त दुरुस्त प्रभावकारी सेवा दिनेछन भन्ने बिश्वास व्यक्त गरेका छन् । जटिल रोगका बिरामीलाई अव जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता अव हट्छ भन्ने अपेक्षा आफुले लिएको बिष्टले बताए । यस्तै कार्यक्रममा बोल्दै आजै कार्यालय प्रमुखको जिम्मेवारी समाल्नुभएका डाक्टर देवकोटाले आफु रहँदा सम्म बाजुराबासीको सेवामा तल्लिन भएर काम गर्ने बताएका छन् ।
आफ्नो काम कर्तव्य र जिम्मेवारी पुर्ण रुपमा पालन गर्ने उनको भनाई छ् । दुर्गम जिल्ला बाजुरा आएर सेवा दिने आफ्नो धोको पहिलै भएपनि त्यो अहिले आएर पुरा भएको उनले बताए । सिन्धुली बाट बाजुरा आइपुगेका देवकोटाले यस अघि पनि दुर्गम ठाउँ पुगेर बिरामीलाई सेवा दिएको बताउदै बाजुरा आउनका लागी एक बर्ष अगाडि नै चाहाना राखेको तर अली ढिलो भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले जिल्ला अस्पताल बाजुरामा सेवा प्रभावकारी बनाउन र जिल्ला बासिलाई अस्पताल बाट प्रदान गरिने सेवा समयमा दिनका लागी अस्पताल र पालिका बीच समन्वय हुन आवश्यक रहेको बताएका छन् । समन्वयको अभावका कारण यस अघि केही बिरामीले अकालमै मृत्यु वरण गर्नुपरेको बताउदै प्रमुख खड्काले अस्पताल बाजुरा र नगरपालिका बिच समन्वय अति आवश्यक रहेको बताएका हुन् ।
एक औपचारिक कार्यक्रमका बिच जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङको अध्यक्षतामा भएको कार्यालय प्रमुखको स्वागत कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट, जिल्ला समन्वय समिति उपप्रमुख लाक्षु सार्की, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए । कार्यक्रमको संचालन जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर