
मिन बहादुर खड्का बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित गाँउपालिका स्तरिय बाल सञ्जाल उच्च दरमा रहेको बालविवाहको दर कम गर्न सफल भएपनि न्यूनिकरणमा भने थप चुनौति देखिएको छ । करिव साढे तिन वर्षको निरन्तरको लामो प्रयास परित्रात पालिकामा उच्च दरमा रहेको बालविवाहको दर कम गर्न सफल भएको भएपनि न्युनिकरणका भने थप चुनौति देखिएको त्यहाँको गाँउपालिका स्तरिय बाल सञ्जाल समितिले जनाएको छ ।
बिगत साढे तिन बर्ष देखि निरन्तर त्यहाँका बाल सञ्जाल समितिहरु बालविवाह न्युनिकरण गर्न संघर्षरत अवस्थामा छ । तर सोचे जस्तो प्रतिफल अझै प्राप्त गर्न नसकेको गाँउपालिका स्तरिय बाल सञ्जालका अध्यक्ष सनम सुनारले बताए । उनका अनुसार गाँउपालिका स्तरिय बाल सञ्जालले बाल विवाह न्यूनिकरणको अभियान संचालन गरेको करिव तिन बर्ष पुरा भएर चार बर्ष पुग्नै थालेको छ। निरन्तर बाल विवाह न्यूनिकरण गर्ने प्रयास जारी छ ।
तर सोचे जस्तो प्रति भने प्राप्त गर्न नसकेको आफुलाई महसुस भइरहेको उनले बताए । धेरै प्रयास पछि गाँउपालिकामा उच्च दरमा रहेको बाल विवाहको दर कम गर्न सफल भएको उनको दावी छ । जिल्लाका अन्य स्थानिय तहको तुलनामा सवैभन्दा धेरै बालविवाह हुँदै आएको उक्त गाँउपालिकामा पछिल्लो समयमा धेरै कम भइसकेको बताएका छन् । बाल विवाहको दरलाई कम गर्नु मात्र गाँउपालिका स्तरिय बाल सञ्जालको उदेश्य नभई प्रत्येक वडा हुँदै पुरै गाउँपालिकालाई नै बालविवाह मुक्त गाँउपालिका बनाउने रहेको सुनारले बताए । तर सो उदेश्य पुरा गर्न भने कयौँ कठिनाई हरु रहेको उनले बताए ।
यो न्युनिकरणका लागी पालिका स्तरिय बाल सञ्जालले समय समयमा जनचेतनामुलक कार्यक्रम गर्नुका साथै बाल विवाह गर्नेको निगरानी समेत गर्दै आएको छ । बाल सञ्जाल समितिले निगरानी मात्र होइन यदि कसैले बालविवाह गर्ने निज हरुलाई वडा कार्यालय र प्रहरी चौकी मार्फत अलग अलग गराई निजको अभिभावक जिम्मा लगाउँदै आएको छ । तर यति गर्दा पनि अझै बालविवाह न्यूनिकरण गर्न नसकिएको पालिका स्तरिय बाल सञ्जालकी उपाध्यक्ष सुलोचना ओलीले बताइन् ।बालबालिकाहरु स्वयमले आफुले जानीजानी बालविवाह गर्दै आएको हुँदा पनि यो न्यूनिकरणको अभियानमा थप चुनौति थपिएको ओलीको भनाई छ ।
थुप्र चुनौतिहरुको बिच यो अभियानमा आफुहरु लागी परेको उनले बताएकी छन् । एकातिर परिवारको गाली गलौच सुन्नुपर्ने त अर्कोतिर समाजको गाली गलौच र धम्कि सुन्नुपर्ने बाल सञ्जालका पदाधिकारीहरुलाई बाध्यता छ । यि थुप्र बाधा अड्चनका बिच पनि आफ्नो बाल बिवाह न्यूनिकरणको अभियानलाई निरन्तता दिइरहेका छन् । जिल्लाका अन्य सचिन तहको हकमा त्यहाँका बाल सञ्जाल समितिहरु सशक्त, जुझारु, चलायमान, र सक्रिय देखिन्छन् । पालिकामा पालिका स्तरिय बाल सञ्जाल समिति छ । प्रत्यक वडाहरुमा पनि बाल क्लव हरु गठन गरिएका छन् ।
पालिका स्तरिय बाल सञ्जाल र वडा स्तरका बाल क्लवहरु आपसी सहयोग सहकार्य र समन्वय गरेर बाल बिवाह न्यूनिकरण गरी गाउँपालिकालाई नै बालविवाह मुक्त गाँउपालिका बनाउने अभियानमा जुटेका छन् । गाउँपालिकामा पनि बाल क्लब गठन गरेको दिन देखि नै बाल विवाह न्यूनीकरणको अभियान संचालन गरिएको उक्त गाँउपालिकामा अवस्थित बाज सञ्जाल समितिले जनाएको छ ।प्रत्यक वडामा समय समयमा बालविवाह लगायतका बालबालिका संग सम्वन्धित समस्याहरूका बिषयमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् ।
जनप्रतिनिधिहरु नै बाल विवाह घटनाहरु ढाकछोप गर्न सक्रिय ..
समाजमा व्याप्त कुरीति र कुसँस्कार अन्त्यका लागी स्थानिय सरकार सधै लागिपर्ने छ भनेर रोष्टममा अगाडी उभिएर चिल्ला भाषण गर्ने जनप्रतिनिधिहरु पनि बालविवाह न्युनिकरणका गैरजिम्मेवार बन्ने गरेको पाइएको छ । नेताहरुले भाषण गर्ने गरेको अभिव्यक्ति अनुसार उनीहरुले गुन गाउने सामाजिक समस्या अन्तरगतको एक प्रमुख सामाजिक समस्या बालविवाह पा हो । तर यो सामाजिक समस्याका रुपमा रहेको बालविवाह रोक्नमा गैर सरकारी संघ सस्था र बालबालिकाहरुको सक्रियता देखिए तापनि स्थानिय सरकारका जनप्रतिनिधि भने आश्वासन मात्रै दिनमा व्यस्त देखिन्छन् ।
बरु बालविवाह जस्तो सामाजिक समस्याका बिषयमा समेत राजनीतिकरण गर्न पछि हट्दैनन् । यसको उच्चारण एक बाहिरिएको छ । जिल्लाको खप्तड छेडे दह गाँउपालिका वडा न. २ का निर्वाचित वडा अध्यक्ष भक्त बुढा र वडा न. ७ का निर्वाचित वडा अध्यक्ष हर्क बहादुर बिष्ट नै बालविवाह घटनाहरुलाई ढाकछोप गर्न सक्रिय देखिएको खुल्न आएको छ । जनप्रतिनिधिहरुले बालविवाह न्यूनिकरणमा सहयोग गरेको भएपनि आफ्ना नजिककाहरूले बिहे गरेको खण्डमा भने जनप्रतिनिधिले चासो नदेखाएको बाल क्लवका पदाधिकारीहरु बताउंछन् । बालविवाह घटनाहरुमा पनि जनप्रतिनिधिले नातावाद, कताकताबाट गर्ने गरेको बाल क्लवका पदाधिकारीहरुको आरोप छ ।
त्यहाँका बाल क्लव निकट एक श्रोतका अनुसार वडा न. ६ की एक बालिका बालविवाह गरेर वडा न. २ गइन् । बाल क्लबले वडाका जनप्रतिनिधिलाई जानकारी गराए । तर दुई वटै वडाका जनप्रतिनिधि भने सो बालविवाह घटनालाई ढाकछोप गर्ने प्रयास गरे । वडा न. २ का वडा अध्यक्षले वडा न. ६ का वडा अध्यक्षलाई टेलिफोन सम्वादमा कुराकानी गर्दा वडा न. ६ का वडा अध्यक्ष बिष्टले सो घटना प्रति चासो नै देखाएनन् बाल क्लवका पदाधिकारी निकट एक श्रोतले बताएको छ । दुई जना वडा अध्यक्षको दोहोरो सहमति पश्चात् सो घटना बाहिर आउन सकेन । वडा अध्यक्षहरु बाटै सो घटना त्यहीँ ढाकछोप हुन पुग्यो ।
बाल क्लव निकट श्रोतका अनुसार वडा अध्यक्ष विष्टकी आफ्नै भतिजीले गरेको बाल विवाह छुपाउन वडा अध्यक्ष नै सक्रिय देखिएपछि बाल क्लवका पदाधिकारीहरुलाई अन्य बालविवाह गर्नेहरुका घटनाहरुमा आवाज उठाउन पनि असहज भएको बताइएको छ । वडा अध्यक्षका नजिककाहरुले बालविवाह गर्दा चुपचाप बस्ने अनि अरुको किन ? बालविवाह गरेको भनि उजुर गर्नुपर्यो भन्दै बाल क्लवका पदाधिकारीहरुलाई त्यहाँका स्थानीयहरुले उल्टै प्रश्न गर्ने गरेको श्रोतले बताएको छ । जनप्रतिनिधिहरुको गैरजिम्मेवार पुर्ण यि हर्क पनि बालबालिकाहरुको काम गर्ने उर्जा हराउने त्यहाँका बुद्धिजीवी बर्गहरू बताउंछन् ।
आफ्ना नजिककाहरू अर्थात डाक्टरहरुका छोरीहरुलाई बालविवाह गरेमा मोह मान्ने भएका कारण पनि अन्यको बालबालिकाहरुलाई काम गर्न असहज भएको बुद्धिजीवी बर्गहरूको भनाई छ ।यो बिषयमा वडा न. ६ का वडा अध्यक्ष हर्क बहादुर बिष्टलाई सोध्दो बाल क्लवका पदाधिकारीले सहयोग नगरेको भनेतापनि आफुहरु पनि वडाको तर्फबाट जनप्रतिनिधिको हैसियतले लागिपरेको बताएका छन् । बालबालिकाहरुको मात्र समस्या नभई समाजकै समस्या भएका कारण जनप्रतिनिधिले पनि बालविवाह न्यूनिकरणमा लाग्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।
बालविवाह न्यूनिकरणमा प्रहरीले सहयोग नगरेको बालबालिकाको गुनासो
बालविवाह न्यूनिकरणको प्रयासमा लागेका त्यहाँका बालबालिकाहरु प्रहरीको तर्फबाट पनि सहयोग नमिलेको गुनासो गर्छन् । प्रहरीले अभिभावकका अथवा जनप्रतिनिधि सँगको सहकार्यमा मिलोमतो गराउँदै आएका कारण न्यूनिकरणमा थप समस्या भएको बालबालिकाहरु बताउंछन् । कैलास बालविवाह गरेपछि अभिभावक, जनप्रतिनिधि र प्रहरीहरु भित्रभित्रै मिलाएर एक दुई दिनका लागी अलग गराए जस्तो मात्र गराउने गरेको बालबालिकाहरुको आरोप छ । बालविवाह गरेको भनेर प्रहरी कहाँ निवेदन दताए गराएपनि प्रहरीले चासो नदेखाउने गरेको वडा न. ३ वडा स्तरिय बाल क्लवका अध्यक्ष विरेन्द्र धामीले बताए ।
प्रहरीलाई खवर गर्दा पनि निवेदन दिनुपर्छ भन्ने र निवेदन दिए पनि समयमा चासो नदेखाएको वा न. ७ का वडा स्तरिय बाल क्लवका अध्यक्ष गौरव खड्काले बताए । बाल क्लव निकट श्रोतका अनुसार वडा न. ३ की एक बालिकाले बालविवाह गरिन् । बालविवाह गरेको खबर प्राप्त भएपछि बाल क्लबले इलाका प्रहरी कार्यालय डोगडी पुगेर निवेदन दिए । प्रहरीले हामी जतिसक्दो चाँडो अलग गराउने आश्वासन दियो । तर प्रहरीको घटना बारेको जवाफ भने १५ दिनपछि मात्र आयो । प्रहरीले जतिसक्दो चाँडो उनिहरुलाई अलग गराउनेछन् भन्ने अपेक्षा बाल क्लवका पदाधिकारीहरुको थियो ।
बालविवाह गरेको भनि दर्ता भएको निवेदनमा हराएको मान्छे भेटिएको प्रहरीको जवाफ
बालबालिकाले प्रहरी कहाँ बालविवाह गरेको भनि दिएको निवेदनको जवाफ १५ दिनपछि दिएको इलाका प्रहरी कार्यालय डोगडीले जवाफ भने १५ दिनपछि तपाइँको हराएको मान्छे भेटिसक्यो भनेर दिएको बताइएको छ । प्रहरीको यस्तो जवाफ पछि काम गर्ने जोस जाँगर नै हराएको र थप निरासा छाएको बाल क्लव निकट एक श्रोतले बताएको छ । समाजका अनेकौँ चुनौतिहरुको बिच प्रहरीले त सहयोग गर्लान भन्ने अपेक्षाका साथ सक्रियताका साथ बालविवाह न्यूनिकरणको अभियानमा लागेका बालबालिकाहरुका पहरोकी यस्तो जवाफले निरासा छाउनु स्वभाविक हो ।
बालबालिकाहरुलाई प्रहरीले चरम लापरवाही गरेको पनि बाल क्लव निकट श्रोतले जनाएको छ । बा क्लव निकट श्रोतका अनुसार प्रहरीले अन्य घटनाहरुमा जसरी काम गर्दै आएको छ त्यसरी नै बालबालिकाका सवालमा सक्रियता नदेखाएको बताइएको छ । स्थानिय प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको भएपनि कुनै कारण देखाउँदै आलटाल गर्ने गरेको पनि श्रोतको दावी छ । प्रहरीलाई फोन गरेर तत्काल नाम ठेगाना बारे तत्काल जानकारी गराउदै आएको भएपनि प्रहरीले निवेदन दिएपछि मात्र हे भनेर अडान राख्दै आएको बालबालिकाहरुको गुनासो छ ।
के भन्छ त ? इलाका प्रहरी कार्यालय डोगडी..
यो घटना बारे बाल क्लवका पदाधिकारी निकट श्रोतले लगाएको आरोप के हो भनि इलाका प्रहरी कार्यालय डोगडीलाई सोध्दा सो बालिका बिहे गरेर जिल्ला बाहिर गएका कारण सम्वन्धित ठाँउको जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको बताएको छ । इलाका प्रहरी कार्यालय पगडीका अनुसार जिल्ला भित्र गरेका बालविवाह भने अलग अलग गराई परिवारको जिम्मा लगाउँदै आएको बताइएको छ । जति बालबालिकाहरु स्थानिय स्तरमा हुन्छन् ति घटनाहरूका प्रहरी कहाँ नआएको प्रहरीको भनाई छ ।
यता अस्थाई प्रहरी चौकी सर्कामा बुझ्दा बालबालिकाहरुले प्रहरीलाई आरोप लगाउनु भन्दा पनि यदि कसैले बालविवाह गरेका खण्डमा तत्काल प्रहरी कहाँ निवेदन दर्ता गराउन अस्थाई प्रहरी चौकी सुकाले आग्रह गरेको छ । बालबालिकाहरुले प्रहरी कहाँ निवेदन आएमा आफुहरु सहयोग गर्न तयार रहेको अस्थाई प्रहरी चौकी सिर्काले जनाएको छ । फोन गरेर प्रहरीलाई खबर गरेको भएपनि प्राय निवेदन नै नआएको प्रहरीको भनाई छ ।
बालबालिकाहरुले प्रहरी माथि आरोप लगाएपछि बालबालिकाहरुको नै बढी कमजोरी रहेको प्रहरीको दावी छ । केही प्रहरी चौकीले भने सहयोग गर्दै आएको बालबालिकाहरु बताउंछन् । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा न. ५ मा रहेको इलाका प्रहरी कार्यालय टाँगेले भने बालविवाह रोक्नमा बिशेष सहयोग गर्दै आएको वडा न. ३ का पुर्व वडा स्तरिय बाल क्लवका वडा अध्यक्ष छत्र धामीले बताएका छन् । उनका अनुसार हाल सम्म वडा न. ३ का मात्र करिव ७ भन्दा बढी बालविवाह गर्ने जोडिलाई अलग गराई परिवारको जिम्मा लगाएको बताइएको छ । सो प्रहरी चौकीले जसरी नै अन्य ठाँउको प्रहरीले पनि सहयोग गरेको भए थप सहयोग पुग्ने उनको भनाई छ ।
यस्तो छ बालविवाहको कानुनी व्यवस्था
मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ (१) मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । यस्तो विवाह स्वतइः बदर हुनेछ ।
सजाय – वाल विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
हदम्याद -तीन महिना भित्र ।
उजुर गर्ने स्थान – नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिनु पर्दछ ।
तर जिल्लामा भने हाल सम्म भएका बालविवाह गरेका घटनाहरुलाई अभिभावक, जनप्रतिनिधि र प्रहरीको रोहवरमा अलग अलग गराई परिवारको जिम्मा लगाउने गरिदै आएको पाइन्छ , यसो गर्दा सो बालविवाह गर्ने जोडिलाई थप सहज भएको देखिन्छ ।दुई चार दिन अलग बसे पनी त्यसपश्चात भने प्रहरी, अभिभावक र जनप्रतिनिधिको आँखा छली पुनइः बिहे गर्ने गरेको पाइन्छ । बालविवाह गरेर अलग अलग गराएका हरु अलग अलग बसेको प्राय पाइन्न । यदि कानुन बमोजिम साच्चिकै कारवाही भएमात्र यो कम गर्न सकिने जानकारहरु बताउंछन् ।
प्रहरीले पनि अभिभावक जिम्मा लगाउने हुँदा थप समस्या
बालविवाह गरेको भनि प्रहरी कहाँ उजुरी परेपछि प्रहरीले ति बालविवाह गर्ने जोडिलाई प्रहरी चौकी सम्म बोलाई निजका आफन्तको जिम्मा लगाउँदै आएको छ । यसरी आफन्तको जिम्मा लगाएकाहरु प्रायजसो पुन बिहे गर्ने गरेको पाइएको छ । हामीले धेरै बालविवाह गर्ने जोडिलाई बाल क्लव मार्फत उजुरी दिएर अलग अलग गराएका छौँ । तर प्रहरीले अलग गराएको दुई चार दिन भित्रै फेरी बिहे गरिहाल्छन् । प्राय अलग गराएका हरु कोही अलग अलग बसेका छैनन् । गाँउपालिका भरी तिन चार जना बाहेक फेरी बिहे गरेका छन् । एकै जनाको पछाडी कति लाग्नु भनेर दिक्क लाग्छ । कसैले सहयोग गर्दैनन् । बिभिन्न गाली गलौच धम्कि सहनुपर्छ वडा ने ७ का वडा स्तरिय बाल क्लवका अध्यक्ष कौरव खड्काले भने । गाँउपालिका बाल क्लवका अनुसार हाल सम्म वडा कार्यालय र प्रहरी चौकी मार्फत अलग गराएका बालविवाह जोडि हरुको संख्या २० भन्दा बढी छ । तर प्राय अलग भने कोही बस्दैनन् ।
बाल क्लबको नेतृत्व गर्नेहरुले नै बालविवाह गर्ने गरेको अभिभावकहरुको आरोप
सो गाँउपालिकामा पालिका स्तरिय बाल क्लव गठन भएको छ । प्रत्यक वडामा बाल क्लव हरु गठन गरिएका छन् । पालिका स्तरिय बाल क्लव हरु र वडा स्तरिय बाल क्लव हरु सक्रियताका साथ बालविवाह न्यूनिकरणको अभियानमा जुटेका छन् । समय-समयमा बालविवाह बिरुद्ध जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएका छन् । तर बाल क्लवका आवद्ध भएर बाल बिवाह न्यूनिकरणको अभियानमा जुटेकाहरूले नै बालविवाह गर्ने गरेको त्यहाँका अभिभावकहरु बताउंछन् । दिनभर कार्यक्रम गर्छन बेलुका घर फर्किन्छन् र भोलिपल्ट उनीहरु नै बिहे छैन् । वडा न. ३ का सुदिप सुनारले भने । अरुलाई नगरौँ भनेर सचेतना फैलाउनेहरूले नै बालविवाह गर्न थालेपछि बालविवाह न्यूनिकरण थप चुनौतिपुर्ण बन्दै गएको सुनारको भनाई छ ।
अभिभावकहरुले समेत त्यसको जिम्मा लिन सकेका छैनन् । वडा न. ३ की जानकी खड्का भन्छिन् । छोरीले बालविवाह गर्यो । बाल क्लबले उजुरी गरे । र प्रहरीले अलग अलग गराएर परिवारको जिम्मा लगाए । तर छोरी भने तिन दिनपछि फेरी बिहे गरिहाल्यो । पशुको हेरचाह गर्न सकिदैन मान्छेलाई कसरी रोक्नु । कित उनिहरुलाई कारवाही नै हुने भए चेत्थे होलान् उनको भनाई छ ।
के के छन् त चुनौतीहरु ?
बालविवाह न्युनिकरण मा के कस्ता चुनौतीहरु छन् त भन्ने बिषयमा गाँउपालिका स्तरिय बाल सञ्जालले बालविवाह न्यूनिकरणको अभियान सुरु गरे देखि नै बालविवाह न्यूनिकरण गर्नका लागी सक्रिय भुमिका निर्वाण गर्दै आएकी वडा न ५ वडा स्तरीय बाल क्लबकी पुर्व अध्यक्ष जुना बुढा बालविवाह न्युनिकरण मा के कस्ता चुनौतीहरु छन् भन्ने आफ्नो सुनाउनेछिन् । हामिले क्लबहरू गठन गरेदेखि वडा र पालिका स्तरीय वाल क्लब हालसम्म निरन्तर बालविवाह न्यूनीकरणकै अभियानमा लागिरहेको बताइन् ।
हामिले बालबालिका संग संसोधित अन्य समस्याका बिषयमा पनि आवाज उठाउँदै आएको तर बिशेष प्राथमिकता भने वाल विहालाई नै दिएका उनको भनाई छ । हामिले यो बिषयलाई अभियानकै रुपमा लिएका छौँ । पहिलाको तुलनामा बालविवाहको दर भने केही कम भएको छ नभएको होइन तर हामिले लक्षको नजिक भने पुगिसकेका छैनौं । हामिले सोचे जस्तो प्रतिफल प्राप्त गरेको छैनौं । हामिले करिव २० धन्दा बढी बालविवाह गर्ने जोडीलाई सम्बन्धित वडा कार्यालय र प्रहरी चौकी मार्फत अलग गरायौं । तर ती अलग गराएका हरु धेरैजसो ले पुनइः विवाह गर्ने गरेका छन । बालविवाहको मुद्दालाई रिसिभरका रुपमा लिने गर्छन् ।
कसैको बालविवाह गरेको जानकारी गराएपछि गाली गलो र धम्की सुन्नु पर्ने हुन्छ । एकपटक अलग गराएपछि उमेर नपुगुन्जेल्सम्म अलग बसिदिएको भए पनि हुन्थ्यो ।कोही बस्दैनन् फेरि केही दिनमै बिहे गरिहाल्छन् । अर्को तिर समाजका मान्छेले मुद्दालाई छुट्टै तरिकाले बुझ्ने गर्छन ।बालविवाह न्युनिकरण अभियानमा लागिरहँदा समुदाय स्तरबाट धेरै चुनौतीहरु सहनु परेको उनले गुनासो गरिन । समुदाय स्तरबाट जस्तोसुकै चुनौतीहरु आएपनि ति चुनौति हरुलाई आफुहरुले सामना गर्दै आइरहेको र स यसमा सक्दो सहयोग गरे बालविवाह न्यूनिकरण गर्न सहज हुने उनको धारणा छ । गाँउपालिका बाल सञ्जालले सुरु गरेको अभियानले पहिलाको तुलनामा बालविवाहको दर कम गर्न सफल भएका छौँ हि कुरामा हामी सन्तुष्ट छौ उनि भन्छिन् ।यो उनले आफुले बालविवाह न्यूनिकरणको अभियानमा लाग्दै गर्दा भोगेको आफ्नो अनुभव सुनाएकी हुन् ।
बिदालय क्षत्रमा पनि बालबिवाह कम
केही बर्ष अगाडी त्यहाँका मावि बिद्यालय पढ्ने किशोर किशोरीहरुले ८९ कक्षामै पढ्दै गर्दा बिहे गर्ने गरेको वडा न. ५ मा रहेको मष्टेश्वरी मावीकका प्रअ मंगल धामीले बताएका छन् । तर पछिल्लो समयमा त्या अवस्था नरहेको उनले बताए । बिद्यालयमा जसरी पहिला बालविवाह हँदै आएको थियो त्या आस्था निकै सुधार भएको उनको भनाई छ ।सो बिद्यालयमा मात्र नभई सवैभन्दा धेरै बालविवाह हुने वडा न. २ मा रहेको मालिका माविमा पनि पहिलाको नस्तै अवस्था नरहेको सो बिद्यालयका प्रअ मान बहादुर बुढाले बताएका छन् ।
गैरसरकारी संस्थाको समेत सक्रिय भुमिका ..
यो संगै महिला बिकास मञ्च बाजुराको आर्थिक सहयोगमा सो गाँउपालिकामा GFf परियोजना लागु भएको छ ।पछिल्लो समयमा घट्दो दरमा रहेको बाल विवाहको दर कम हुनुमा महिला बिकास मञ्च बाजुराले पनि सक्रिय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । यो परियोजनाले नि किशोरी शशक्तिकरण र बालविवाह न्युनिकरण गर्ने उदेश्य दिएको छ । यस गैरसरकारी सस्था उक्त गाउँपालिकामा लागु भएदेखि हाल सम्म महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्य गर्दै आइरहेको छ ।
विशेष गरेर महिला तथा बालबालिका माथी आइपर्ने समस्याहरुलाई मध्यनजर गर्दै निकट बिस्मातमा आउने समस्याबाट महिला तथा बालबालिकाहरुलाई सुरक्षित गर्न ती समस्याहरूबाट सचेत गराउनका लागि विभिन्न समयमा विभिन्न अभिमुखीकरण कार्यक्रम , गोष्ठी , गर्दै आइरहेको छ । पालिकामा गठन गरिएका बाल क्लब समितिलाई सशक्त र चलायमान बनाउन पनि पटकपटक समन्वय र सहकार्य गर्दै आइरहेको छ । यतिमात्र होइन बालबालिकाहरु संकटमा हुँदा आवश्य सेवा समेत सस्था प्रदान गर्दै आएको छ । को भिड महामारीको समयमा त झन अभिभावक भुमिका निर्वाह गरेका त्यहाँका बालबालिकाहरु बताउंछन् ।
यो परियोजनाले बालविवाहलाई नै न्यूनीकरण गर्नका लागी यो सस्था पहलमा ७ वटै वडामा एक बर्ष अगाडि देखि नै किशोरी कक्षा संचालन भैरहेको छ । कक्षा संचालन पनि बालविवाह बढी हुने ठाउँलाई पहिचान गरि संचालन गरिएको थियो ।अहिले एक वडाका २० जना किशोरीलाई कक्षा दिइएको छ । एक वडामा कम्तिमा २० जना किशोरीहरुलाई बालविवाह हुनबाट रोक्न मद्धत गरेको छ । २० जना किशोरीले कम्तिमा सोही वडाको अर्को ४० जना किशोरीलाई बालविवाह हुनबाट रोक्ने उदेश्य राखेको छ । यस्तै विभिन्न कार्यक्रमहरूले गर्दा पछिल्लो समयमा बालविवाहको दर पहिलाको भन्दा धेरै घटेको वडा न. ७ की किशोरी कक्षा सहजकर्ता कौशी कठायतले बताइन् । उनले भनिन् पहिले हाम्रो। गाउँघरमा उमेर नपुगी बिहे गर्ने गरेका थिए । तर अहिले प्राय कसैले गर्दैनन् पहिलाको तुलनामा धेरै कम भइसकेको छ ।
गाउँपालिकाले सुरु गरेको वाल विवाह न्यूनीकरणको अभियानले बालविवाहको दर कम भएकोे गाउँपालिका स्तरीय बाल संञ्जाल समितिका सदस्य एवम् वडा न. ६ वडा स्तरिय बाल क्लवका अध्यक्ष राजकुमार नाथले बताएका छन् । गाउँपालिकामा बालविवाहको दर पहिलेको तुलनामा केही कम हुनुमा विशेष भुमिका महिला बिकास मञ्च बाजुराको पनि रहेको सदस्य नाथको भनाई छ । गैयर सरकारी सस्था आएर सामाजिक समस्याका रुपमा रहेको बालविवाह न्यूनिकरण गर्न अहम भुमिका निर्वाह गर्दै आएको भएपनि अन्य सरोकारवाला निकायले भने चाँसो नदेखाएको उनले बताए । स्थानिय सरकारका जनप्रतिनिधि पनि थप जिम्मेवार हुनुपर्ने र आवश्यक सहयोग गर्नुपर्ने उनको भनाई छ ।
बालविवाह न्युनिकरणका लागी निर्देशिका नै बनाउनुपर्नेमा जोड
गाँउपालिका स्तरिय बाल सञ्जालले सुरु गरेको अभियानले पछिल्लो समयमा बिगतका वर्षहरुको तुलनामा बालविवाहको दर कम गर्न सफल हुने बाल सञ्जालले गरेको काम सम्मानजनक भएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताए । अध्यक्ष रावतले संचारकर्मी संग कुराकानी गर्दै उक्त अभियानमा साथ दिने वैलाइ पुन पनि बिगतका दिनहरुमा जसरी नै सक्रिय भएर लाग्न आग्रह समेत गरेका छन् । गाँउपालिका स्तरिय बाल सञ्जालले सुरु गरेका बालविवाह न्यूनिकरणको अभियानमा स हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा रावतले जोड दिएका छन् ।सामाजिक समस्याको बिरुद्ध लड्न स हातेमालो गरेर अगाडी बढ्नुको अर्को बिकल्प नरहेका बताउँदै रावतले स कटिबद्ध हुनुपर्ने बताए । पालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको रावतले बताए ।
गाँउपालिका अध्यक्ष मात्र नभई प्रत्यक वडाका वडा अध्यक्षहरु समेत गाँउपालिकामा उच्च दरमा रहेको बम बिवाह बन्ध्याकरणलाई बिशेष प्राथमिकताकासाथ बिषयमा राख्नुपर्ने बताउदै आएका छन् । पालिकाका केही वडा अध्यक्षहरुको बालविवाह न्युनिकरणका लागी निर्देशिका नै बनिसक्नुपर्ने जोड छ । पालिकाले बालविवाह सम्वन्धि नीति नै बनाएर अगाडी बढेमा मात्र बालविवाह कम गर्न सकिने वडा न. ३ का वडा अध्यक्ष बर्क बहादुर रावतले बताएका छन् । एउटै बालबालिकाहरुको अथवा बाल क्लव हरुको मात्र सक्रियतामा बालविवाह न्यूनिकरण गर्न नसकिने रावतको भनाई छ । पछिल्लो समयमा पालिकामा बालविवाह न्यूनिकरण थप चुनौतिपूर्ण बन्दै गएको भन्दै रावतले जनप्रतिनिधिहरु पनि थप सक्रिय भएर गाँउपालिका स्तरिय बाल क्लबले र वडा स्तरिय बालक्लवहरुले सुरु गरेको बालविवाह न्यूनिकरणको अभियानमा साथ दिएमा मात्र बालविवाहको दर कम गर्न सकिने रावतले बताएका छन् । आफ्नो वडामा भने बालक्लवहरुले पनि बाल बिवाह गरेको भनेर जानकारी नगराएको उनले बताए ।
बाल सञ्जालले गाँउपालिकामा उच्च दरमा रहेको बाल विवाह न्यूनिकरण गर्दै बिस्तारै बालविवाह मुक्त गाँउपालिका बनाउने भावी उदेश्य राखेकाले पछिल्लो समयमा बालविवाहको दर निकै कम भइसकेको गाँउपालिका स्तरिय बाल सञ्जाल समितिको दावी छ। बालविवाह न्यूनीकरण गर्ने अभियानमा ७ वटै वडा स्तरीय बाल क्लब गाउँपालिका स्तरिय बाल संजाल गाउँपालिका स्थित जनप्रतिनिधि बिगत तीन बर्ष यता उक्त गाउँपालिकामा कार्यरत महिला बिकास मञ्च एक्यवद्धता साथ अगाडी बढीरहेको पाइन्छ । बाल विवाह न्युनिकरण गर्नका लागि थालेको अभियानले सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसके तापनि पहिलाको बालविवाहको दर भन्दा केहि कम गर्न सफल भएकोमा बाल क्लवका पदाधिकारीहरु खुसी व्यक्त गर्छन् । पहिला जस्तै सवैभन्दा धेरै बालविवाह हुने ठाँउ भनेर सुन्न नपर्नेमा ढुक्क छन् ।
वाल विवाह न्यूनीकरण गर्नका लागी सर्वप्रथम स्वयंम बालबालिकाहरूमा आफैंमा सचेत हुनुपर्ने र एउटा बाल क्लब र जनप्रतिनिधि मात्र सक्रिय नभएर सरोकारवाला निकाय र अभिभावक पनि सक्रिय हुनुपर्ने देखिन्छ । सकेसम्म आफ्ना छोराछोरीले बालविवाह गरेमा स्वयंम आमाबाबुले नै उनीहरुलाई उमेर नपुगुन्जेलसम्म आफ्नो निगरानीमा राख्न सके बालविवाह न्यूनीकरण गर्न थप सहयोग पुग्ने जानकारहरु बताउंछन् । गाँउपालिका स्तरिय बाल सञ्जालले भने बालविवाह मात्र नभइ बाल बालबालिकासँग सम्वन्धित कुनै पनि समस्या समाधानका लागि पहल गर्दै आइरहेको छ ।
गाँउपालिका भित्रकै एउटा १५ बर्षिया किशोरी कुतकुती हुदा बाल सञ्जालले उक्त बालिकालाई कन्याए दिलाउनका लागि पहल गरेको र दोषी हालसम्म पनि कारागारमै रहेको बताइएको छ । गाँउपालिका स्तरिय बाल सञ्जाल सुरुमा पालिकामा ठान हुँदा वडा न. ३ का मिन बहादुर खड्का अध्यक्ष बनेका थिए । गाँउपालिका भित्रका बालबालिकाहरुको हक अधिकार सुनिश्चित र बालबालिका माथिका समस्या समाधानका लागि स्थानिय सरकार संग पटक–पटक मागहरु राख्दै आइरहेको छ ।
सामाजिक अपराधका रुपमा रहेको बालविवाहको बर्तमान अवस्था
नेपालमा जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार, ४१ प्रतिशत महिलाको र ११ प्रतिशत पुरुषहरुको विवाह १८ वर्ष पुग्नु अगावै हुने गरेको छ । ग्रामिण क्षेत्रमा बसोवास गर्ने मध्य ४३ प्रतिशत र शहरमा बस्ने मध्ये २७ प्रतिशत महिलाले २० वर्ष नपुग्दै विवाह गर्छन । क्षोभ तजबिज अजष्मिचभल ले प्रकाशित प्रतिवेदन अनुसार, बालबालिका वारे विश्वव्यापी मापन गरिएको १७५ देश मध्ये नेपाल १३८ औं स्थानमा छ ।दक्षिण एशिया नेपाल तेस्रो (३) स्थानमा पर्छ ।
बर्तमान समयमा पनि नेपालमा अशिक्षा गरिबी असुरक्षा विधायकको नतिजा वैवाहिक कार्यमा अभिभावकको निर्णायक भुमिका प्रचलित कानूनको कमजोर कार्यान्वयन संचार सामाग्री र सामाजिक संजालको दुरुपयोग, धार्मिक मान्यता समाजको दृष्टिकोण, किशोर र किशोरीमा अपरिपक्वता र ज्ञानको अभावले बालविवाह हुने गर्छ ।बाजुरामा पनि खप्तड छेडे दह गाँउपालिकामा मात्र होइन अन्य स्थानिय तहमा पनि बाल बिवाह हुँदै आएको छ । पछिल्लो समयमा बालविवाह हुनुमा बढी कमजोरी भने स्वयंमा बालबालिकाहरुको रहेको देखिन्छ । बिगतका दिनहरुमा अशिक्षा, रोजगारी,गरिबी र चेतनाको कमीका कारणले समुदाय स्तरमा बालविवाह हुन्थ्यो भने पछिल्लो समयमा यी कारणहरुले नै बालविवाह हुने गरेको अवस्था भने पाइएको छैन ।
पछिल्लो समयमा अधिकांस बालविवाह सं दुरुपयोग र अर्काको देखासिको हुने गरेको पाइएको छ । पहिला जस्तो सानै उमेरमा पारिवारिक समस्याका कारण बिहे गरिदिने चलन भने एकदमै न्यून भैसकेको अवस्था छ । बालविवाह कसैले गर्न लगाएको अथवा गरिदिएको घटना भने अहिलेसम्म कतै पनि सुन्नमा आएको छैन । बिगतका दिनहरूमा धेरैजसो दुर्गम पहाडी जिल्लाका केही बस्तिहरु जहाँ शिक्षाको पहुँचबाट मानिसहरू बञ्चित थिए । जहाँ अधिकांस मानिसहरु अशिक्षित नै थिए । र मानिसमा चेतनाको बिकास पनि त्यति भएको थिएन । त्यसकारण बालविवाह धेरै हुँदै आइरहेको पनि थियो तर अहिलेको अवस्थामा अशिक्षा र चेतनाकै कमीका कारण बालविवाह गरेको घटना भने बाहिर आएका छैनन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर