• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एक सातामा सडक संचालन गर्छु भनेर आलोचित बनेका बानियाँ पुनः किन बन्दैछन आलोचित ?

खप्तड मालिका न्युज December 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – पदभार समालेको एक आर्थिक बर्ष नबित्दै बुढीगंगा नगरपालिकाका निर्वाचित नगरप्रमुख राम बहादुर बानियाँ पटकपटक आलोचित बन्दै आएका छ्न । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उनका प्रतिद्वन्दी रङ्ग बहादुर खातीलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित बनेका बानियाँ एक आर्थिक बर्ष नसकिदै पटकपटक आलिचित बन्दै आएका छन् । उनले उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका खातीलाई भारी मतान्तरले पराजित गरेका थिए । बानियाँले ४७७७ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्दी खातीले मत ३७७४ पाएका थिए भने बानियाँ १००३ मतान्तरले बिजयी भएका थिए । गत मंसिर २७ गते नगरपालिकामा बसेको ५ औं कार्यपालिकाको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि यसको चौतर्फी बिरोध संगै नगरप्रमुख बानियाँको कडा आलोचना भैरहेको छ ।

नगरप्रमुख बानियाँले नेपाली कांग्रेस आस्थावान कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि उनी आलोचित बनेका हुन् । जनताको जनमत बाट नगरप्रमुख बनेपछि पदको दुरुपयोग गरी आफ्नो मनोमानी ढङ्गले निर्णय गर्दै आएको आरोप स्थानीयले लगाउदै आएका छन् । नगरप्रमुख बानियाँ भारी मतले जनताको बिश्वास जितेर नगरप्रमुखमा निर्वाचित भएपछि उनिमा पदको उन्माद बढेको र उनी मात्तिएको समेत कतिपयले संज्ञा दिन थालेका छन् । जनताको भारी मत पाएर निर्वार्चित बानियाँ पटकपटक आलोचित बन्दै आएका छन् । नगर प्रमुख यस अगाडि पनि पटकपटक आलोचित बन्दै आएका छन् । सुरुमा नगरप्रमुख बानियाँ पहिलो नगर सभा होटेलमा गर्दा आलोचित बनेका थिए । नगरपालिकामा हल हुँदा हुँदै फालासैनमा आएर नगर सभा गरेको र त्यसबाट चुनाव खर्च असुल गर्न खोजेको उनलाई प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आरोप लगायो । नगरमा उपयुक्त हल नभएपछि होटेलमा गर्न बाध्य भएको भन्दै उक्त आलोचनाको प्रतिक्रिया दिए ।

त्यसपश्चात् एक पटक उनी निर्वाचित भए लगत्तै बल्देमा निरन्तर चार बर्ष देखी अबरुद्ध हुँदै आएको सडकमा यात्रुहरूले सास्ती खेप्नु परेकोले बैकल्पिक सडक खण्डको प्रक्रियामा लागे । बैकल्पिक सडक काट्न सुरु समेत गरे । बैकल्पिक सडकको तामझामका साथ उद्घाटन गर्दै एक हप्तामा सडक संचालन गरिसक्ने आश्वासन दिए । उनले एक सतामा खुल्छ भनेको बैकल्पिक साफे मार्तडी सडक खण्ड हालसम्म पनि पुरा हुन सकेको छैन । त्यसपश्चात् उनको कडा आलोचना सुरु भयो । एक सातामा पुरा हुने बैकल्पिक साफे मार्तडी सडक कहाँ सम्म पुग्यो भन्दै प्रस्न तेर्स्याउन थाले । तर विविध कारण देखाउदै सडक संचालन गर्न असफल बने । उनको यो पहिलो असफलता थियो । सुरुमा कसैले गर्न नसकेको काम नगरप्रमुख निर्वाचित भएपछि बानियाँबाट सुरु भएको र जिल्ला बासिकै हितको लागी उनले उक्त कार्यको थालनी गरेको भन्दै चर्चा बटुल्न सफल भए । तर अन्ततः कारण बस उनको एक सातामा सडक संचालन गरिसक्ने योजना बिफल भयो । उसो त उनलाई कतै बाट साथ सहयोग मिलेन अन्य स्थानीय तहले पनि सक्दो सहयोग गर्ने नगर प्रमुख बानियाँको अपेक्षा थियो ।

अपेक्षा अनुसारको साथ सहयोग अन्य स्थानीय तहबाट पाउन सकेनन् र सडक खण्ड संचालनमा अन्य स्थानिय तहहरुले चासो नदेखाएको उनले आरोप समेत लगाएका थिए । अन्य स्थानीय तहका प्रमुखहरुले भने यो बिषयमा प्रमुख बानियाँले समन्वय नै नगरेको प्रतिक्रिया दिएका थिए । अन्ततः उनको योजना सवै चौपट बन्यो र प्रमुख बानियाँले आलोचना मात्रै खेप्नुपर्यो । उनी सुरुवातीमै जनतासामु गरेको प्रतिबद्धता पुरा गर्न असफल बन्न पुगे । उनले गरेको प्रतिज्ञा परिणाम स्वरुप झुट सावित भयो । नगरप्रमुखको जिम्मेवारी समाले लगत्तै यसरी आलोचित बनेका प्रमुख बानियाँले पुनः राजनीतिकरण गरेर करार कर्मचारीको रोजिरोटी खोसेको भन्दै उनको आलोचना यतिबेला पनि भैरहेको छ । उनी मनोमानी ढङ्गले जनबिरोधि कार्य गर्दै आएको आरोप समेत प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाउदै आएको छ । प्रमुख बानियाँ नगरको बिकास र नगरबासिको हित भन्दा पनि आफ्ना पार्टीका कार्यकर्ता संरक्षण गर्ने कुरामा सक्रिय देखिएको लगायतका आरोप हरु उनी माथि लगाइएका छन् ।

के भन्छन् त नगर प्रमुख बानियाँ ?

बुधबार बिहान नगर प्रमुख बानियाँ संग उनि माथि लगाइएका आरोपहरुका बिषयमा र नगरपालिकाले अघि सारेका निति तथा कार्यक्रमका बिषयमा कुराकानी भएको थियो । नगर प्रमुख बानियाँले कुराकानीमा प्रतिपक्षले लगाउने आरोपहरु सत प्रतिसत झुट भएको दावी गरेका छन् । उनले सहि कामको समेत मुल्यांकन नगरी बिरोधको पछि मात्र लाग्न उचित नहुने बताउदै अनावश्यक आलोचना र बिरोध नगर्न समेत अनुरोध गरेका छन् ।

नगरपालिकाले समग्र नगर वासिको हित, नगरको बिकास समृद्ध नगर सुखी नगर बासी बनाउने संकल्पका साथ सोही अनुसारका निती तथा कार्यक्रमहरु अगाडि बढाइएको बताएका हुन् । आफु निर्वाचित भैसकेपछी बिगत पाँच बर्षको तुलनामा केही नयाँ कामहरूको थालनी भएको बताए । बिगत पाँच बर्षको अवधिमा नगरपालिकामा केही काम हुन नसकेको प्रमुख बानियाँको जिकिर थियो । आफुहरुले नगरपालिकामा समग्र हित हुने खालका कामहरूको थालनी गर्न एक आर्थिक बर्ष नबित्दै सफल भएको आफ्नो ठम्याई रहेको प्रमुख बानियाँको भनाई थियो । प्रमुख बानियाँले यस्तो बताएपनि उनी पटकपटक आलोचित बन्दै आएका छन् । आफु आलोचित बनेको भन्ने बिषयमा पनि उनले कार्यक्रममा प्रष्ट पारेका हुन् ।

निरन्तर चार बर्ष देखी अवरुद्ध हुँदै आएको साफे मार्तडी सडक खण्डको बिषयमा बोल्दै उनले जिल्ला वासिलाई नै उन्मुक्ति दिने गरेर निर्णय गरेको बताए । तर यसको पनि बिरोध गर्नु अनुचित भएको बताए । भनेको समयमा संचालनमा ल्याउन नसकिएको उनले बताए । अर्को बर्षातमा बिगतका बर्षहरुमा जस्तै यात्रुलाई सास्ती खेप्नु नपर्ने पनि प्रमुख बानियाँको भनाई थियो । अव आउने बर्षातमा बैकल्पिक सडकको बाटो भएर यात्रा गर्नेछौं भन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । यस्तै नगरपालिकामा करार कर्मचारी म्याद थप नगरिएको बिषयमा बोल्दै प्रमुख बानियाँले राजनीति आस्था फरक भएकै कारण करार कर्मचारी हटाइएको भन्ने कुरा सत्य नभएको प्रमुख बानियाँको जिकिर छ ।

एकातिर नगरपालिकाको आर्थिक श्रोतको अभाव र अर्को तिर केहि कर्मचारीहरु नियमित रूपमा काममा नआउने, आएपनि दिउँसो नै मदिरा सेवन गरेर आउने लगायतका अराजक गतिविधि गर्न थालेपछि कर्मचारीको कार्य शलिलाई हेरेर म्याद थप नगरिएको बताएका छन् । यसमा राजनीतिकरण गरेको भन्ने कुरा आफुहरु माथि आरोप मात्र लगाइएको उनले बताए । अराजक गतिविधि गर्ने कर्मचारीलाई पटकपटक सम्झाउदा बुझाउदा समेत अटेरी गरेपछि म्याद थप नगरी हटाउने निर्णय कार्यपालिकामा बसेको बठकले सर्वसम्मत गरेको प्रमुख बानियाँको भनाई छ । अन्य पालिकाले जस्तो राजनीति पुर्वाग्रह गरी कर्मचारी नहटाएको उनको भनाई छ ।

सुरुमा नगर सभा होटेलमा गर्नुको कारण बारे बताउदै नगर प्रमुख बानियाँले नगरपालिकामा उपयुक्त हल नभएपछि होटेलमा आएर नगरसभा गरेको बताए । चुनाव खर्च असुल गर्न होटेलमा नगरसभा गरिएको भनेर अपवाह फैलाउनेहरुलाई अन्य ठाउँमा नगर सभा गरे भन्दा होटेलमा गर्दा झन कम खर्च भएको स्पष्ट पारेका छन् । उनले भने चुनाव खर्च असुल गर्न खोजेको भए अन्य ठाउँमा नगर सभा हुँदा पाँच लाख खर्च हुन्थ्यो भने हामीले तिन लाख खर्चमा नगर सभा सम्पन्न गरेका हौँ । अनि कहाँ कसरी चुनाव खर्च असुल भयो ? भन्दै प्रश्न गरे । यतिमात्र होइन प्रमुख बानियाँले जनता सामु गएर चुनाव पुर्व मत माग्दै गर्दा गरेका प्रतिबद्धताहरु जसरी पनि पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफुलाई बिश्वास गरेर जनताले दिएको जनमतको सधै कदर गर्ने र सवैलाई समान व्यवाहार गर्ने उनको भनाई छ । नगरबाट प्रदान हुने सेवा सुबिधाको हकमा कुनै राजनीति पुर्वाग्रह नगर्ने र फरक पार्टीमा आस्थावान भएकै कारण सेवा सुबिधामा बिभेदिकरण आफ्नो तर्फबाट नहुने बताए ।यस्तै प्रमुख बानियाँले पाँच बर्षको आफ्नो कार्यकालमा नगर भित्रका प्रत्येक बिद्यालयको भौतिक संरचना निर्माण संगै शिक्षाको गुणस्तरमा सुधार, स्वास्थ क्षेत्रमा सुधार, युवाहरूलाई स्वरोजगार तर्फ उनमुख, नगरको पुर्वाधार बिकासमा विशेष जोड , नगरवासिका आधारभूत आवश्यकताको पहिचान गरी सो अनुसारको आवस्यक परिपुर्ति, पर्यटन पर्वद्धन, विद्युत,खानेपानी, यातायात संचार र सिचाईको पहुँचमा पुर्याउने लगायत कामहरू हुने दावी गरेका हुन् । आफ्नो पाँच बर्षको कार्यकाललाई उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित गर्ने उनको भनाई थियो । समग्रमा जिल्लाको बिकासको सवालमा जोड दिदै सवै स्थानीय तहहरु शसक्त हुनुपर्नेमा प्रमुख बानियाँले जोड दिएका छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑