• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

उता प्रदेशसभा क्षेत्रका सभापति अनशनमा, यता नयाँ सभापति निर्वाचित

खप्तड मालिका न्युज November 20, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिको अनुपस्थितिमा पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन भएको छ। डडेल्धुराका दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिहरू करुणाकर भट्ट र मानबहादुर बुढा पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेका छन्। तर डडेल्धुरामा शुक्रबार पार्टीको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ।

डडेल्धुरामा प्रदेश २ को सभापतिमा जिल्ला समन्वय समिति प्रमुख गणेश राजभट्टको प्यानल सर्वसम्मत चयन भएका छन्। यस्तै प्रदेशसभा क्षेत्र १ को सभापतीमा कैलाश कुमार पाण्डेय निर्वाचित भएका छन्। परशुराम नगरपालिकाको– १२ स्थित परशुराम रंगशालामा सभापति पदका लागि भएको निर्वाचनमा जीतबहादुर विष्टलाई हराउँदै पाण्डेय विजयी भएका हुन्।

अनशनरत डडेल्धुराका सभापति कर्ण मल्ल, क्षेत्रीय सभापतिद्वय भट्ट र बुढासहितका नेता–कार्यकर्ताहरुले अनसनको सुनुवाइ नगरेर एकलौटी रुपमा महाधिवेशन प्रक्रिया सुरु गरिएको प्रति आपत्ति जनाएका छन्। दुईवटै प्रदेशसभा क्षेत्रका सभापतिको अनुपस्थितिमा भएको अधिवेशन अवैध भएको अनशनरत जिल्ला कार्य समिति सदस्य गोकुल शाहीले बताए। ‘पार्टीको विधान अनुसार प्रदेश अधिवेशनका लागि क्षेत्रीय सभापति उपस्थित हुनुपर्छ। उहाँहरु दुवै जना यहाँ अनशनमा बस्नु भएको छ अनि जिल्लामा भएको अधिवेशन वैध हुन्छ र रु’ उनले प्रश्न गर्दै भने, ‘हामीले त्यस विषयमा निर्वाचन समितिलाई उजुरी दिइरहेका छौं।’

उनका अनुसार यसअघि एकलौटी रुपमा सम्पन्न वडा र पालिका अधिवेशन खारेजीको माग गर्दै निर्वाचन समितिमा दिइएका उजुरी उपर छानबिन भइरहेको छ। ‘निर्वाचन आयुक्तहरुले त्यसलाई अवैधानिक भनेका छन्। विवादित प्रतिनिधि महाधिवेशनमा समावेश हुँदैनन् भनेका छन्’ शाहीले भने।

काँग्रेस डडेल्धुराको संस्थापन पक्षले आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ।
दिनेश खबर

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑