
धनगढी- भारतले एकलौटी रुपमा महाकालीमा संरचना निर्माण गर्न रोकेको छ।

नदीको बाहउ नेपाल तिर धकेल्ने संरचना निर्माण नगर्न भारत तयार भएको हो। तत्कालको लागि विवादीत संरचना निर्माणको काम रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। नेपाली नागरिकको आन्दोलनपछि नदीको बहाउ नेपालतर्फ धकेलेर भारतले निर्माण थालेको पक्की संरचनाको काम रोकिएको हो।
दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको छ। भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सोमबार त्यसबारे छलफल गरेका थिए। छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार विवादित क्षेत्रको तट्बन्ध निर्माणको काम रोकिएको हो। उनले भने, ‘मौखिक सहमति भएको हो। विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौ। बाँकी क्षेत्रमा उहाँहरुको काम जारी छ।’
प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमतिसमेत भएको छ। उनले केन्द्रीयबाट सहमति हुनुपर्ने बताए।
आइतबार भारतीय पक्षले नदीको बहाउ नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपालीले त्यसको प्रतिकार गरेका थिए। ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए। स्थानीयले झोलुङ्गे पुलको प्रवेश दवारमा ताला लगाएका थिए। आवतजावत बन्द भएको थियो।
भारतीय पक्षबाट पटकपटक महाकालीको बहाउ नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयको गुनासो छ।
दिनेश खबरले लेखेको छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर