• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 27, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दार्चुलाका बाढीपहिरो पीडितले सरकारी पक्षबाट पाएनन् सहयोग

खप्तड मालिका न्युज September 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– गत शुक्रबार रातिको अविरल वर्षापछिको बाढीपहिरोले विस्थापित भएका दार्चुलाका स्थानीयले सरकारी पक्षबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का बाढीपहिरो पीडितले सरकारी सहयोग नपाएको बताएका हुन्।

महाकाली नगरपालिका वडा नम्बर ४ मा १७ परिवारको घर लास्कु खोलाले बगाएको थियो। तर सरकारी निकायबाट कुनै सहयोग नपाएको बाङ्गाबगरका पहिरो पीडित अमर महराले बताए। ‘बाङ्गाबगरका पीडितले आफन्तसँग खाना मागेर खानुपरेको छ। बस्न पनि निकै समस्या भएको छ’ उनले भने।

अविरल वर्षाले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा भौतिक तथा मानवीय क्षति गरेको थियो। बाढीपहिरोमा महाकाली नगरपालिकामा ६२ तथा नौगाड गाउँपालिकामा २९ घरमा पूर्ण क्षति पुगेको थियो। यस्तै मानवीय क्षतितर्फ ५ जनाको मृत्यु, १० जना बेपत्ता र ८ जना घाइते भएका थिए।

तर, घटना घटेको ५ दिनसम्म पनि आर्थिक तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न सकिएको छैन। महाकाली नगरपालिकाको मल्लासेला, मैखोली, मुल्ला, घट्टेखोला, बडाली गाउँ डुङरी र बाङ्गाबगरमा धेरै क्षति भएको स्थानीयले बताएका छन्। नगरपालिका र रेडक्रसका अधिकारी मंगलबार मात्रै क्षतिको विवरण लिन आएको मल्लासेलामा पसल गर्दै आएका झुस्कुका स्थानीय पदमराज भट्टले बताए।

‘मंगलबार मात्रै नगरपालिकाको मेयरको टिम र रेडक्रसका मान्छे क्षतिको विवरण लिन आएका छन्,’ उनले भने, ‘क्षति त निकै धेरै भएको छ। सडक र बिजुली छैन भने घर, पसल र गाडी बगेका छन्।’

बाढीको कारण लास्कु खोलाले थुनेको महाकाली नदी अझै पूर्णरुपले खुलाउन नसकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। बाङ्गाबगर क्षेत्रमा अस्थायी तटबन्ध बनाउने र काठे पुल निर्माण गरी आवतजावत सहज बनाउने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

बाढी पीडित परिवारले भने राहत तथा खानेबस्ने प्रवन्ध नगरिएको गुनासो गरेका छन्। तर महाकाली नगरपालिका मुल्ला र मैखोली गाउँमा राहत वितरण गर्न मंगलबार पुगेको बताइएको छ। बजार क्षेत्रका पीडितलाई तत्काल बस्न र खान राहत उपलब्ध गराएको महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्रीले बताइन्। ‘हामीले बजारमा त्यहीँ दिन बस्ने र खाने प्रवन्ध मिलाएका थियौँ,’ उनले भने, ‘बरु मुल्ला र मैखोली हिजो मात्रै पुगेका छौँ। हामी तथ्याङ्क लिने र सहयोग गर्न लागिपरेका छौँ।’

अविरल वर्षाको कारण महाकाली नगरपालिकाको मुल्ला, मैखोली, बाङ्गाबगर, मल्लो सेला, दल्लेक, घट्टेखोला, डुङरी र बडाली गाउँमा क्षति पुगेको छ। नौगाड गाउँपालिकाको भने वडा नम्बर १ र २ मा पहिरो गएर क्षति भएको गाउँपालिकाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय तहबाट क्षतिको पूर्ण विवरण आएपछि थप राहत दिन सकिने जनाएको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑