
मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेस बाजुराले जनताको साथमा अभियान जिल्लामा शुरु गरको छ । तर संघ र प्रदेशको लागी उम्मेद्वारको टुँगो लाग्न सकेको छैन । संघका लागि संस्थापन पक्षबाट नेता कविराज पण्डित र इतर पक्षबाट केन्द्रिय सहमहामन्त्री बद्री प्रसाद पाण्डेको नाम सिफारिसको चर्चा चलिरहेको छ । त्यस्तै निर्वाचन क्षेत्र ९क० र निर्वाचन क्षेत्र ९ख० मा पनि कस्लाई उम्मेद्वार बनाउने भन्ने बिषयमा भने केही छैन । उसो त संघिय तर्फ उम्मेद्वारमा २०७४ सालको निर्वाचनबाट पराजित नेता कबिराज पण्डितले टिकट पाउनु पर्ने पण्डित पक्षधरहरुले सामाजिक सञ्जाल मार्फत सर्मथन जनाउदै आएका छन् ।
तर यता इतर पक्षबाट केन्द्रीय सह– महामन्त्री बद्री प्रसाद पाण्डे प्रतिपक्षसंग प्रतिस्पर्धा गर्न सक्ने वलियो उम्मेद्वारका रुपमा रहेका पाण्डे समर्थक कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत समर्थन गरि रहेका छन । उसो त प्रतिपक्ष संग संघिय निर्वाचनमा प्रतिस्पर्धा गर्न फलामको चिउरा चपाउनु झै काँग्रेस बाजुरालाई भएको छ । जिल्लामा प्रतिपक्षको हावी बढ्दै गएको छ । तर कांग्रेस नेता कार्यकर्ताहरु भने एक पक्षले अर्को पक्षको आलोचना गर्ने र आरोप प्रतिआरोप लगाउनमा व्यस्त देखिन्छन् ।
यसर्थ बाजुरा जिल्लामा प्रतिपक्षसंग प्रतिस्पर्धा गर्न पाण्डेले मात्र सक्ने पाण्डे समर्थक पक्षले बताउदै आएका छन । २०७४ सालको स्थानिय निर्वाचन जिल्लाका ९ वटा पालिका मध्य ६ पालिका जित्न सफल नेपाली कांग्रेस २०७९ मा आएर मात्र तिन वटा पालिकामा सिमित हुनुपरेको छ । एक पक्षले अर्को पक्षलाई आरोप प्रतिआरोप मात्र लगाउदै आइरहेका छन् । सस्थापन पक्ष सर्मथकहरुले यसको पुरै दोष पार्टी सभापति रावललाई दिदै आएका छन् । तर यसको पुरै दोष भने रावललाई मात्र दिन नहुने इटर पक्ष समर्थकले बताउने गरेका छन् ।
आफु पार्टी सभापति हुँदा जिल्लाका ६ वटा पालिका जिताउन सफल हुने तर पार्टीकै अर्को सभापती हुदाँ तिनवटा पालिकामा मात्रै सिमित हुनुको पछाडी पुर्व पार्टी सभापती पण्डितको पनि दोष रहेको सभापति रावल समर्थकहरुले बताउने गर्ेका छन् । अझ भन्ने हो भने नेता पण्डितको पनि पार्टी पराजित हुनुमा ठुलो कम्जोरी रहेको आरोप समेत पण्डितलाई लगाउदै आएका छन् । तर सभापति रावललाई टिकट बितरणमा एकलौटी टिकट बितरण गरेको आरोप समेत लागेको थियो ।
तर यता सस्थापन पक्षले नगरपालिकाको टिकट आफ्नो पक्षको नेतालाई धमाधम बितरण गरेपछी जिल्लामा टिकट बाड्ने अवसर पाएका रावलले अन्य गाँउपालिकाको र वडाको टिकट बितरणमा मनोमानी गरेको कुरा पनि सुन्नमा आएको थियो । स्थानिय निर्वाचन पश्चात नै कांग्रेस भित्र एक पक्ष को अर्को पक्ष संगको सम्बन्ध चिसिदै गएको हो ।
पार्टी भित्रको आन्तरिक घातका कारण पार्टी पराजित हुन पुगेको कांग्रेस बाजुराको निष्कर्ष छ । यसरी नै फेरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि यहि प्रक्रिया चलिरहने हो भने प्रतिपक्ष संग प्रतिस्पर्धा गर्न भने त्यति सजिलो छैन । एक पक्षले अर्को पक्षको आलोचना गर्ने र आरोप प्रतिआरोप लगाउदै आएको भएतापनि कांग्रेस बाजुरामा गुटगत राजनिति हावी भएको र अवसरवादी चिन्तन पनि मौलाउदै गएको कांग्रेस आस्थावान कार्यकर्ताहरुको ठहर छ ।
मैले टिकट पाएपछी पार्टी जिताउन लाग्छु भन्ने प्रवृत्ति कांग्रेस नेताहरुमा हावी भएको वास्तवमा कांग्रेस भइसकेपछी यो हुन नहुने कतिपय बताउदै आएका छन् । फेरीपनि यसरी गुटगत राजनितिको पछी लागिरहने हो भने स्थानिय निर्वाचनको परिस्थिति दोहोरिन सक्ने पनि कांग्रेस निकट कार्यकर्ताहरु बताउदै आएका छन् । सुढृढ कांग्रेस एकताबद्ध कांग्रेस बर्तमान आवश्यकता रहेको हुँदा एकताबद्ध भएर सिङ्गो कांग्रेस एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिदै आएका छन् । उसो त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जित्नका लागी कांग्रेस एकताबद्ध हुनुको अर्को बिकल्प छैन ।
के भन्छन् त कांग्रेस पार्टी सभापति रावल
नेपाली कांग्रेस बाजुसराका सभापति रामसिंह रावलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस बाजुरा सिङ्गो एक भएर चुनाव केन्द्रित हुने बताएका छन् ।संचारकर्मीले सभापति रावल संग टेलिफोन बाट गरिएको संवादमा यस्तो बताएका हुन । रावलले यतिवेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह प्रतिनिधीको रुपमा खटिएर जनतासंग काँग्रेस अभियान जिल्लामा संचालन भइरहेको बताउनु हुदैँ सभापति रावलले संघ र प्रदेशको पुर्व संद्यामा कांग्रेस एकताबद्ध भएर चुनावको तयारीमा जुटेको बताए ।
सभापति रावललाई स्थानिय निर्वाचनमा तपाइले मनोमानी ढंगले टिकट बितरण गरेका कारण पार्टी पराजित भएको आरोप लागेको छ । यो बिषयमा तपाईको भनाई के छ ?
भनेर सोध्दा रावलले स्थानिय निर्वाचनमा केही आफ्नो पनि कमजोरी पनि रहेको केही पार्टी भित्रकै अन्य साथिहरुको पनि कमजोरीका कारण पार्टी पराजित हुन पुगेको बताए ।सभापति रावलले स्थानिय निर्वाचनमा आफुलाई लगाइएको आरोप स्वभाबिक रहेको बताउँदै आफ्नो कुनै कमजोरी नै छैन भन्न सक्ने अवस्थामा आफु नरहेको बताएका छन् । सभापति रावलले आफुले मात्र टिकट बितरणमा मनोमानी गरेको भन्ने कुरा सबै सत्य नभएको तर नगरपालिकाको टिकट बितरण केन्द्रबाट हस्तक्षप भएपछी केही ठाँउमा आफुले पनि गरेको बताए । त्रिवेणी नगरपालिका बाहेकका अन्य पालिकामा प्रदेशको निर्णयलाई आधार मानेको रावलको भनाई रहेको छ । आफुले हस्तक्षप गरेको पालिकामा चुनाव जित्न सफल भएको तर अन्य पालिकामा केन्द्र वा प्रदेशबाट टिकट बितरण भएका पालिकामा निर्वाचनमा हार वेर्होनु परेको बताएका छन् । तर सबै दोष आफुलाई मात्र दिन नहुने पनि रावलले जिकिर गरेका छन् ।
जिल्लामा गठबन्धन हुन्छ की हुदैन ?
नेता रावलले बाजुरामा पनि केन्द्रको निर्णयलाई आधार मानी गठबन्धन हुने बताएका छन् । तर अहिले नै बाजुरामा सिट बाँडफाँडका बिषयमा भने केही छलफल नभएको रावलको भनाई छ ।
नेपाली कांग्रेस भित्र गुटउपगुटको राजनिति कहिले सम्म चलिरहन्छ यसको अन्त्य हुन्छ वा हुदैन् ?
कांग्रेस भित्र एक पक्षले अर्को पक्षलाई धोका दिने प्रवुति स्थानिय तहमा मात्र नभई प्रदेश र केन्द्र तहमा पनि रहेको रावलको भनाई छ । गुटउपगुट लाई अस्वभाविक ठान्न नहुने बताउदै रावलले चुनावका वेला जुन पक्षले टिकट पाएपनि आफ्नै पार्टीकोले पाएको हो भन्ने धारणाको बिकास सवैमा हुनुपर्नेमा जोड दिए । बाजुराको हकमा आफ्नो पक्षधरले टिकट पाएपछी मात्र पार्टी जिताउन लाग्ने कांग्रेस नेता कार्यकर्ताहरुमा हावी भएको नेता रावलले बताए । साथै रावलले कांग्रेस भित्र पक्ष बिपक्षको मात्र गुणगान गाउने हो भने फेरी पनि नतिजा सन्तोषजनक नहुने बताए । रावलले भने बाजुरामा पनि पार्टी पराजित हुनुलाई एउटै पक्षलाई दोष दिरहनुपर्ने अवस्था छैन । पार्टी भित्रै आन्तरिक घात एउटा पक्षबाट मात्र भएको देखिन्न आफ्नो पक्षधरकोले टिकट नपाएपछी यि दुवै पक्षले एक पक्षले अर्को पक्षलाई आन्तरिक घात गरेको पाइन्छ । यसमा मेरो कुनै दोषै छैन त मैले भनेको छैन । गुटउपगुटको अन्य नै हुनुपर्छ भन्ने छैन तर पार्टी भित्रको मिलमिलापको भावना जागृत हुनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसबाट संघ र प्रदेशको निर्वाचनका लागी सम्भावित उम्मेदवार को छन् ?
बाहिर जे जस्तो चर्चा चलिरहेको भएतापनि पार्टीको बैठक बसेर कुनै औपचारिक निर्णय भने नभएको रावलले बताए । त्यसकमारण अहिले नै उम्मेदवार को हुन भनेर भन्न सकिने अवस्था नरहेको पनि उनले बताए । पार्टी भित्र आकांक्षिहरु धेरै भएपनि जसलाई जिल्ला समितले सिफरिस गर्यो त्यही उम्मेदवार हुने र टिकट बितरण कुरामा केन्द्रले जुन निर्णय गर्यो सोही निर्णयलाई आधार मानेर अगाडी बढ्ने बताए ।
पार्टी भित्रै एक पक्षले अर्को पक्षको आलोचना गर्ने गरेको पाईन्छ यसको असर संघ र प्रदेशमा पर्छ कि पर्दैन ? स्थानिय निर्वाचन यता कांग्रेस भित्रै एक पक्षको अर्को पक्ष संगको सम्वन्ध चिसिदै गएको छ यसको परिणम के हुन्छ ? अनी कसरी चुनाव जितिन्छ ?
भन्ने प्रश्नमा रावललेजसले टिकट पाएपनि पार्टी जिताउन लाग्नु पर्नेमा नेता रावलले जोड दिएका छन् । पार्टीले पनि पटकपटक गुटउपगुट नभनी संग र प्रदेशमा पार्टी जिताउनका लागी चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिसकेको पनि रावलले बताएका छन् । बिगतका कम्जोरीहरुलाई आत्मसात गरेर सिङ्गो कांग्रेस एकताबद्ध भएर अगाडी बढ्ने सहमतिका साथ अगाडी बढिसकेको हुँदा कांग्रेस चुनाव जित्छ अथवा जित्दैन भन्ने कुरामा कुनै दुइमत नरहेको पनि रावलको जिकिर गरे । संघ प्रदेश ९क० र ९ख० मा चुनाव जित्ने सभापती रावलको दावी छ । सिङ्गो कांग्रेस एक भएर चु्नाव केन्द्रित हुने हो भने संघ र प्रदेश निर्वाचन जित्न त्यति धेरै सकस नपर्ने पनि सभापति रावलको बिश्वास छ ।
स्थानिय निर्वाचनमा तपाई मनोमानी ढंगले टिकट बितरण गर्नुभयो भन्ने आरोप छ अव संघ र प्रदेशका लागी तपाई पक्षधरले टिकट ल्याएर आँउदै गर्दा अर्को पक्षले धोका दियो भन्ने कसरी चुनाव जितिन्छ ?
भनेर सोधेको अन्तिम प्रश्नको जवाफ दिदै सभापति रावलले यो कुरा अब दोहोरीदैन भन्ने कुरामा आफु बिश्वस्त रहेको बताएका छन् । स्थानिय निर्वाचनको परिणामले सबै कांग्रेस आस्थावान कार्यकर्ताहरुमा निराशा छाएका कारण पनि सबै पार्टी जिताउन लाग्नेछन भन्ने बिश्वास आफुले लिएको बताए। साथै नेता रावलले अब बिगतका दिनमा भएका तिक्तताहरुलाई भुलेर पार्टी जोगाउनका लागी भएपनि सबै एकजुट हुन आवश्यक रहेको बताए ।
यता नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागी स्थायि कमिटी सदस्य कर्ण थापा र संघिय सांसद लाल बहादुर थापाको चर्चा रहेको छ । दुई जना मध्य जोसुकैले टिकट पाएपनि कांग्रेस संगको कडा प्रतिसपर्धा हुने देखिन्छ । यि दुवै जना सम्भावित उम्मेदवारको बाजुरा जिल्लामा राम्रो छवी रहेको छ । उसो त कांग्रेसबाट सम्भावित उम्मेद्वाररहरुको पनि जिल्लाको हकमा आआफ्नो राम्रै छवी रहेको छ । त्यसैमा चुनाव सम्म गठबन्धन रहिरहने हो भने कांग्रेको साथमा पाँच दलिय गठबन्धन रहेको छ । यसकारण पनि कांग्रेसलाई चुनाव जित्न सहयोग पुग्ने बिश्वास छ ।
तर बाजुराको हकमा नेपाली कांग्रेस र नेकपा एमालेको मात्र बर्जस्व रहेको अन्य दल छुटुपुट रुपमा मात्र भएका कारण आफुहरुलाई चुनाव जित्नमा गठबन्धनले असर नगर्ने नेकपा एमाले बाजुराको दावी छ । बाजुरामा गठबन्धनले प्रभाव पार्छ कि पार्दैन भन्ने कुरा स्थानिय निर्वाचनको नतिजाले प्रमाण्ति गरिसकेको जिल्ला कमिटी सचिव भरत थापाले बताएका छन् । बाजुरामा जति दलहरु मिलेर एमाले संग प्रतिसपर्धा गर्न होमिए पनि एमालेलाई कुनै असर नपर्ने सचिव थापाको भनाई छ ।
उम्मेदवारको बिषयमा भने कुनै टुङ्गो नलागेको हुदाँ जिल्ला कमिटीको २० गतेको बैठकले मात्र टुङ्गो लगाउने बताए । यतिवेला संघका लागी चर्चामा रहेका दुई जना उम्मेदवारको पार्टीलाई औपचारिक जानकारी नभएको उक्त कुरा कार्यकर्ताहरुको जनभावना मात्र रहेको बताए । साथै नेता थापाले जो कोहीले टिकट ल्याएपनि एमालेले एक भएर निर्वाचन जित्ने तयारी आफुहरुको रहेको पनि बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर