
बाजुरा,१८ साउन : करिब तिन, चार बर्ष यता बुढिगंगा नदीले जमिन कटान गर्दै जाने र माथिबाट जमिन भर्सिदै गएपछी साँफे मार्तडी सडक खण्डकाे दुई किलोमिटर सडक खण्ड सधै बर्खायाममा अवरुद्ध हुने गर्छ । हिँदको चार देखी पाँच महिना सम्ममा मात्र बल्दे देखी अम्कोट सम्म गाडी गुड्छन् , तर बाँकी बर्खा लाग्ने बित्तिकै उक्त दुई किलोमिटर सडकमा गाडी चल्दैनन् यो बाजुरेली नागरिकको विडम्बना हो । साँफे मार्तडी सडक खण्ड करिव ५२ किलोमिटर छ ।

त्यस मध्य दुई किलोमिटरमा बर्खायाममा कहिल्लै गाडी गुड्न पाउदैन् । हुन त सडक डिभिजनले बल्दे देखी अम्कोट सम्मका लागी मात्र स्काईभेटर संचालनमा राखेको छ । तर सडक काट्ने वित्तिकै माथीबाट जमिन भार्सिदै सडक पुन जस्ताको तेस्तै हुन्छ । चार बर्ष यता उक्त अम्कोट क्षेत्रमा पहिरो आउदै अम्कोट बासीको उठिबास भएको छ । ति नागरिकको पिडा न जिल्ला प्रशासनले देख्यो ,नत जिल्लाका शिर्ष स्थानमा रहेका नेताहरुले देखेका छन् ।
बाजुरामा प्रमुख जिल्ला अधिकारी फेरिए , स्थानिय सरकार फेरियो तर बल्दे अम्कोटको बैकल्पिक सडक खण्ड फरिएन । त्यहाँकाे अवस्था जिउको तिउ नै छ । अहिले यता जिल्लाको बुढिगंगा नगरपालिकाले बल्देको अम्कोटमा बैकल्पिक सडकको विकल्प खोजेको छ । जिल्लाको सदरमुकाम मार्तडी लगाएत पुर्विउत्तरी क्षेत्र सम्म यातायात संचालन गर्नका लागी बल्दे देखी अम्मकोट सम्म बैकल्पिक सडक संचालन गरिने बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँले बताए । उनले भने बुढिगंगा नगरपालिकाले सहजिकरण गर्ने र सडक डिभिजन कार्यालयले एक हप्ता भित्र बैकल्पिक मार्ग रुपमा सडक निर्माण गरिने बताउनु भयो ।
बैकल्पिक मार्गका रुपमा बल्दे कन्सन बाजुरा मुनीलाई जिरो प्वाईन्ट मानी अम्कोट हुदै द्धारी हरडे खोला सडक निर्माण गरिने बुढिगंगा नगरपालिकाले जनाएको छ । एक हप्ता भित्र बैकल्पिक सडक निर्माण गरी सरमुकाम मार्तडीमा यातायात संचालन गरिने उहाँको भनाई छ । यता अम्कोट बासी भने बैकल्पिक मार्ग सडक दिन तैयार रहेका छन् । अम्कोट बासीहरुले मिती २०७९ साउन १५ एक आमभेला गरी बैकल्पिक मार्ग सडकमा पर्ने जग्गा दिन राजी भएको अम्कोटका स्थानिय गोविन्द्र जोशिले बताएका छन् । हामी बैकल्पिक मार्ग दिन तैयार रहेको र अब तल सडक निर्माण गर्न नदिने बताएका छन् ।
पटक पटक हामी बैकल्पिक मार्ग दिन्छौ भन्दा त्यसको कुनै मतलब नराखी सडक भन्दा माथी आफ्नो जग्गा कटान गरी अम्कोट बासीको उडिबास सडक डिभिजनले गरेको स्थानिय जोशीले दुखेसो गरे । उनले भने अव अम्कोट बासी बैकल्पिक सडक दिन मन्जुर छौ , तर बल्दे तलबाट सडक निर्माण गर्न नदिने एकबद्धता जनाएका छन् । बल्दे कन्सन , अम्कोट हुदै द्धारी हरडे खोला बैकल्पिक मार्ग सडक दिन तैयार रहेको अम्कोट बासीले बताएका छन् ।
हिजो सबदलिय बैठक बसी बैकल्पिक मार्ग सडक निर्माण गर्ने निर्णय गरिएको छ । बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा संचालन भएको सवदलिय बैठकबाट बल्दे कन्सन , अम्कोट हुदै द्धारी हरडे खोला सडक खोल्ने निर्णय भएको हो । यता सडक डिभिजन कार्यालय र साँफे पुर्वाधार विकास कार्यालय पनी त्यसमा मन्जुर भएको हो ।
सडक डिभिजन कार्यालय साँफेका सव ईजिनियर अनिल कुमार जैशवालले पनी बैकल्पिक सडक निर्माण गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले भने बुढिगंगा नगरपालिकाले सहजिकरण गर्ने दिने र आफु सडक खोल्न लाग्ने बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले पनी बुढिगंगा नगरपालिकाले गरेको निर्णय कार्यनयन गर्ने बताएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर