
दार्चुलाः दार्चुलामा अवैध यार्सागुम्बा र कस्तुरीको विनासहित एक जना पक्राउ परेका छन्। महाकाली नगरपालिका ८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको विना जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

ब्याँस गाँउपालिका ४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्टलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ। दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना ७ ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तुसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ।
यार्सागुम्बा र उक्त वस्तुसहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाइएको प्रहरीले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर