
विश्वमा नेपाल गरिव नेपाल मा पनि वाजुरा गरिव वाजुरामै पनि स्वामिकार्तिक गरिव अझ स्वामिकार्तिक मै पनि मेरो मुक्तिकोट जहाँ वर्षनि कुपोषण र भोकमरिले दर्जनाै बालवालिका मृत्युको सिकार वन्न वाध्य छन् । विभिन्न माध्यमवाट मुक्तिकोटलाई गरिव गाउँ भनेर पहिचान मात्र गरियो तर यहाको जनजिविकाको माथि उकास्ने सवालमा कुनै चासो देखाई रहेको छैन् । सरकार का तिनै तहमध्य कुनै तहले पनि यहाँ का मान्छे को जिविकाे पार्जन का निम्ति सोच लक्ष्य र रणनीति केही वनायको जस्तो लाग्दैन । सरकार को यो सौतेनी व्यावाहार देख्दा कतै हामीलाई गरिव गाउँ भनेर हेला गरेको होकि भन्ने ग्लानि हुन्छ । हामी सवैलाई थाहा छ मागेर खाने मान्छे कहिलै धनी हुदैन र अरुले दियको ले कति दिनप चल्छर जब सम्म यहि ठाउमा केही उत्पादन गर्न सकिदैन तब सम्म आत्म निर्भर हुन सक्दैनौ भन्ने कुरा लाई मध्यनजर गर्दै जवसम्म सुक्खा डाडामा अवस्थित यस गाउमा कतै वाट सिचाइ को निम्ति कुलो र पानी ल्याउन सकिँदैन तवसम्म एउटा लसुनको पात पनि उम्रन सक्दैन भन्ने हाम्रो ठहर छ त्यसैले यश ठाउमा सवै भन्दा वढि आवास्यक कुरा सिचाइ नै हो आकासे पानिको भरमा खेति गर्नुप्रदा कहिले व्रेनै मर्ने त कहिले वालि पाक्ने वेला वालि सुक्ने समस्या ले कृषक सवै आजित छौ । र यो ठाउमा भोकमरि हुनुको मुख्य कारण नै खडेरि हो त्यसैले यश ठाउमा जसरि पनि पानी र कुलो व्यवस्था गर्न सकेमा कमसे कम छ महिना भयनि आफ्नो खेतवारि वाट उत्पादन गरेर खान सकिनेछ यसले सवैको आर्थिक अवस्था सुधार हुनुका साथै यो नाङ्गो डाडा हराभरा गर्न सकिनेछ ।

प्रमुख यहाँको जनजीवन लाई माथि उकास्न सिचाइ ब्यबस्था गर्नुपर्ने सरकारले। भनिन्छ नेपाल कृषि प्रधान देश हाे नेपाललाई कृषिमा आधुनिकिकरण गर्न मुक्तिकाेेट बासीलाई कृषि उत्पादनमा सिचाइ ब्यबस्था हुनुपर्ने ।

गरिब हुनाकाे कारण भाेकमरि उब्जाउशील माटाे नभएको, यहाँ आकासे पानीकाे भरमा खेतीपाती गर्ने पानी सिचाइ ब्यबस्था नभएको, कयौं बच्चाहरु पाेषिलाे खाना नपाएर कुषाेषित भएका, दलित परिवार,हलियार, स्वास्थ्य सेवाबाट बञ्चित प्रत्येक स्वास्थ्यकर्मीले घर घरमा गएर स्वास्थ्य ,सरसफाइ सम्बन्धि जनचेतना गरेमा स्वास्थ्यमा सधार आउन सक्छ। यहाँका जनताकाे उत्पादन केही नहुने भएकोले खाधान्नमा नै निर्भर रहेकाे र प्रयाप्त मात्रामा आर्थिक अवस्था कमजोर हुदाखेरि ऋण लिएर जे पनि किनेर खानुपर्ने।यसकाे लागि यही बस्तिमा सिचाइ व्यबस्था तथा पानीको बन्दाेबस्त सरकारले गरिदिएमा यहि भुमिमा कृषि गरेर आफुलाई खान सम्मकाे ब्यबस्था गर्न सकुन।
गरिबी सामाजिक अर्थव्यवस्थको संरचना, श्रोत साधन वितरणको अवस्था, गलत निर्णय तथा नीतिहरुका उपज हुन् । कमजोर शासकीय प्रणाली, न्यून सामाजिक-आर्थिक पूर्वाधार, श्रोत साधनको असमान वितरण जस्ता कारणहरुले श्रोत साधन अवसर तथा पहुँच विहिनताको अवस्थामा पुर्याउँछ जुन अवस्था गरिबीको अवस्था हो ।
• एकात्मक साशकीय संरचना
• श्रोत साधन तथा अवसरहरुको असमान वितरण
• बेरोजगारी
• कमजोर शैक्षिक अवस्था
• परिवारको आकार तथा प्रकार
• न्यून मानव विकास
• कमजोर पूर्वाधार विकास
• भ्रष्टाचार
• सामाजिक असमानता
लेखक– किरेन्द्र बिश्वकर्मा (किरण) सुबाश स्मृति युवा क्लव अध्यक्ष

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर