• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 03, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिममा हवाई टिकट पाउनै मुस्किल, नेपाल एयरलाइन्स यात्रु अभाव देखाएर पन्छियो

खप्तड मालिका न्युज October 27, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः नेपाल वायुसेवा निगमका नायव महानिर्देशक गणेश चन्दले सोमबार दिनेशखबरसँग कुराकानी गर्दै सुदूरपश्चिममा यात्रु नपाएको बताए। सुदूरपश्चिममा नियमित उडान हुन्छ रु भन्ने प्रश्नमा उनले भनेका थिए, ‘यात्रु छैनन्। यात्रु नभए उडान गर्ने कुरा भएन। आज त धनगढीबाट बझाङ जाने दुई जना मात्र यात्रु रहेको खबर आएको छ।’ तर सुदूरपश्चिमका तीन पहाडी जिल्लामा हवाई यात्रा गर्नेको घुइचो नै छ।
नेपाल वायुसेवा निगमले डोटी र बझाङमा पठाएका कर्मचारी अधिकांश समय सम्पर्कमा हुदैनन् भने यात्रुलाई टिकट खरिद गर्नै सकस छ। बझाङका स्थानीय मिनबहादुर कुंवरले भने, ‘बझाङमा नेपाल एरलाइन्सको जाहजका लागि टिकट काट्ने कोही छैन। एक जनाको नम्बर दिएको थियो, बन्द गरिएको छ। विमानस्थलमा यात्रुहरुको भिड छ। नेपाल एरलाइन्सले यात्रु पाएनौ भनेको छ। तर हामीले टिकट पाएका छैनौ। यो सबै मिलेमतोमा हुँदैछ।’
हवाई टिकटका लागि हप्तौ कुर्नुपर्ने बाध्यता रहेको सुदूरपश्चिममा नेपाल वायुसेवा निगमले यात्रु अभावको समस्या देखाएपछि विरोध भएको हो। आइतबारदेखि धनगढी मुकाम बनाएर वायुसेवा निगमले तीन पहाडी जिल्लामा उडान भर्न सुरु गरेकोमा यात्रु नपाएको बताउन थालेको भन्दै कुवंरले बिरोध गरे। ‘हवाई टिकट पाउनै समस्या छ। एरलाइन्सले यात्रु नभएको भन्दैछ। सबै नाटक हो। उहाँहरुका कर्मचारीको खेल हो,’ कुवंरले भने।

बझाङमा त नागरिक उड्यन प्राधिकरणको कार्यलयमा टिकटका लागि झगडा नै हुन थालेको छ। तर वायुसेवा निगमले भने हुँदै नभएको यात्रु अभावको समस्या देखाएर नियमित उडान नहुने तर्क गरिरहेको उनले बताए। प्रदेशमा समीट एयरले नियमित उडान भर्दै आएकोमा नेपाल एयरलाइन्सले भने बाढीपहिरोले विभिन्न राजमार्ग बन्द भएपछि केही दिनका लागि उडान तालिका सार्वजनिक गरेको थियो। तर अहिले आएर यात्रु नपाएको भन्दै नेपाल एयरलाइन्सले सुदूरपश्चिममा नियमित उडान नभर्ने बताएपछि प्रदेशवासीले विरोध गरेका छन्।
बाजुराका स्थानीय धिरेन्द्र शाहीले धेरै दिन विमास्थलमा टिकटका लागि गएको बताए। तर उनले टिकट नपाएको गुनासो सुनाए। ‘विमास्थलमा यात्रुहरुको भिड छ। तर टिकट छैन,’ उनले भने। टिकट काट्नको लागि सम्पर्क व्यक्ति र स्थान सार्वजनिक नगरेको वायुसेवा निगमले कार्यालय स्थापना पनि गरेको छैन। खटाइएका कर्मचारीले नियमित उडानका लागि वास्ता गरेका छैनन। तर हुँदै नभएको यात्रुको समस्या देखाएर नेपाल एयरलाइन्सले नियमित उडान नहुने बताउन थालेको हो।

सुदूरपश्चिमको हवाई सेवा र टिकट वितरणका लागि कर्मचारी खटाएको नेपाल वायुसेवा निगमका नायव महानिर्देशक गणेश चन्दले बताए। ‘नेपालगञ्जबाट कर्मचारी गएका छन्। उहाँहरुले टिकटसमेत काट्दै आएका छन्। फोन बन्द गरेका भए म के गरु,’ उनले भने। निजी एयरलाइन्ससंगको मिलेमतोमा केही दिनमै पहाडी जिल्लाको उडान सेवा बन्द गर्ने चलखेल भएको आरोप लागेको छ। यसअघि सस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नियमित उडान हुने दाबी गरेका थिए।

सम्बन्धित पोस्ट
  • पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव
  • मौन अवधिमा केके गर्न पाइँदैन ?
  • आज तराईका जिल्लामा होली
  • वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

    मौन अवधिमा केके गर्न पाइँदैन ?

    आज तराईका जिल्लामा होली

    समाचार

    पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

    मौन अवधिमा केके गर्न पाइँदैन ?

    आज तराईका जिल्लामा होली

    वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा

    देशैभरी साताव्यापी सार्वजनिक बिदा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑