
बाजुरा: बाजुराकाे त्रिवेणी नगरपालिकामा सञ्चालन हुने नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी लगभग पूरा भएको छ। नगरपालिकाकाे –४, तोलीमा चार दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हाे ।

नगरपालिकाकाे समन्वयमा कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन (KAAA BGN) द्वारा आयोजना गरिने शिविरको तयारी तीव्र अन्तिम चरणमा पुगेकाे छ।
शिविर २०८३ बैशाख २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भएको छ। तोली देवलडाँडा माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्त्री रोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच र मोतिबिन्दु शल्यक्रिया, दाँतको उपचार तथा आवश्यकताअनुसार दाँत निकाल्ने सेवा प्रदान गरिने छ । साथै अन्य स्वास्थ्य जाँच तथा उपचार, रगत, दिसा र पिसाब परीक्षण, आवश्यकताअनुसार मुटुको ईसीजी तथा भिडियो एक्स–रे परीक्षण गरिने भएको हाे।
बाजुरा जस्ताे दुर्गम,विकट क्षेत्रमा स्वास्थ्य सेवाकाे पहुँच भन्दा टाढा र अभाव झेलिरहेका नागरिकलाई लक्षित गर्दै आयोजना गरिने शिविरबाट बर्षाैदेखि राेग र आर्थिक अभावले समस्या भाेगिरहेका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।शिविरमा बिरामीलाई आवश्यक नि:शुल्क औषधि वितरण गरिने आयोजकले जनाएको छ ।





खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर