• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 21, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

खप्तड मालिका न्युज April 21, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं : सार्वजनिक सेवा क्षेत्रमा रहेका ट्रेड युनियनहरूलाई खारेज तथा विघटन गर्ने नेपाल सरकारको निर्णयप्रति एक अन्तर्राष्ट्रिय श्रमिक संगठनले कडा आपत्ति जनाएको छ।नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै पठाइएको पत्रमा सरकारको उक्त निर्णयले नेपालको संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डको उल्लंघन गरेको संगठनको भनाइ छ।

आइबार पठाइएको औपचारिक पत्रमार्फत् ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिस एन्ड एलायड (टीयूआई(पीएस एन्ड ए) ले मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।वर्ल्ड फेडेरशन अफ ट्रेड युनियनसँग आबद्ध उक्त संस्थाले यो कदमले श्रमिकहरूको मौलिक अधिकार कमजोर पार्ने, लोकतान्त्रिक अभ्यासमा असर गर्ने र श्रम क्षेत्रमा अस्थिरता सिर्जना गर्ने चेतावनी दिएको छ।

पत्रमा सार्वजनिक सेवा क्षेत्रमा ट्रेड युनियन विघटन गरिएमा श्रमिकहरूको संगठन गर्ने अधिकार तथा सामूहिक सौदाबाजीको अधिकारमा गम्भीर असर पर्ने उल्लेख गरिएको छ।महासचिव जोला सपेथाले हस्ताक्षर गरेको पत्रमा सरकारको निर्णयले न्यून पारिश्रमिक, कमजोर सुरक्षा व्यवस्था र श्रम शोषण बढ्न सक्ने जोखिम रहेको पनि उल्लेख छ।

संगठनले नेपालको संविधान २०७२ का धारा ३४ र ३५ ले सुनिश्चित गरेको श्रमिकहरूको संगठन खोल्ने तथा सामूहिक सौदाबाजी गर्ने अधिकार उल्लंघन भएको दाबी गरेको छ।यससँगै अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० का महासन्धि नं। ८७ ९संगठन स्वतन्त्रता० र नं। ९८ ९सामूहिक सौदाबाजी अधिकार० को पनि उल्लंघन भएको पत्रमा उल्लेख छ । जसलाई नेपालले पहिले नै अनुमोदन गरिसकेको अवस्थामा ट्रेड युनियन खारेज गर्नु आपत्तिजनक रहेको संगठनले जनाएको छ।

पत्रमा यस्तो निर्णयले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर पार्ने र सामाजिक असन्तोष तथा द्वन्द्वको जोखिम बढाउने चेतावनी पनि दिइएको छ।सन् २००५ मा ट्रेड युनियन अधिकार निलम्बन गरिएको प्रसंग उल्लेख गर्दै नेपाल फेरि अन्तर्राष्ट्रिय प्रतिबद्धता उल्लंघनको अवस्थातर्फ जान सक्ने संकेत गरिएको छ।

पत्रमा नेपालका सार्वजनिक सेवा क्षेत्रका श्रमिकहरूप्रति ऐक्यबद्धता जनाइएको छ। यसका साथै, निर्णय फिर्ता नगरे नेपालको अन्तर्राष्ट्रिय छवि र आन्तरिक स्थायित्वमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ। यसबारे नेपाल सरकारले मुख खोलेको छैन।

सम्बन्धित पोस्ट
  • कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित
  • अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया
  • १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

    सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

    नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

    समाचार

    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

    सरकारी विज्ञापनमा विभेद गरिएको भन्दै पत्रकार महासङ्घ आन्दोलित

    नेपालका ट्रेड युनियन खारेजीप्रति अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आपत्ति, प्रधानमन्त्री बालेनलाई पठायो पत्र

    अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

    १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑