
बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले एचआइभी संक्रमितलाई तिरस्कार नभई सम्मानजनक व्यवहार सुनिश्चित गरिनु पर्ने बताएका छन्।

स्वास्थ्य कार्यालय बाजुराकाे आयोजनामा आयोजित एचआइभी सम्बन्धी लान्छना र भेदभाव कम गर्न जनप्रतिनिधि,पत्रकार,प्रहरी, एचआइभी तथा मुख्य जाेखिम समुहका लागी सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।
संक्रमीत व्यक्तिलाई समाजमा लान्छना,भेदभाव,अपमान नभई अन्य व्यक्ति सरह गरिने सम्मााजनक व्यवहार गरिनुपर्ने बताएका हुन्। साथै उनले संक्रमितलाई समाजमा गरिने अपमान,भेदभाव र दुव्र्यवहारको विश्लेषण गरि मानव अधिकारको सम्बन्ध स्थापित गर्न आवश्यक रहेकाे बताए ।
संक्रमितलाई स्थानीय स्तरमा हुने गरेका सम्भावित दुर्व्यवहारको पहिचान गरि त्यस्ता दुर्ववहारकाे न्युनिकरण गर्न आवश्यक रहेकाे कुरामा उनले जाेड दिए।संक्रमित व्यक्तिलाई समाजमा हेरिने दृष्टिकोण बदलिन आवश्यक रहेकाे बताउँदै सभ्य समाज निर्माणमा सबै पक्षले महत्त्वपूर्ण भूमिका निर्वाचन गर्नुपर्ने बताएका हुन्।
‘समाजमा सामाजिक लाञ्छना,अपमान र भेदभाव प्रमुख कारण छ,यस्ता अपमानजनक कार्यकाे न्युनिकरण गर्न जनचेतनामूलक र सचेतनामुलक अभियान सञ्चालन गर्न आवश्यक छ’,नगर प्रमुख खड्काले भने।उनले कतिपय अवस्थामा संक्रमित समेत समाजमा डरैडरले बाँच्नुपर्ने बताउँदै समाजमा गरिने अपमानजनक व्यवहारले त्रसित बन्नु पर्ने अवस्था रहेकाे बताए ।
कतिपय अवस्थामा संक्रमित व्यक्तिहरूको गोपनीयताको समेत ख्याल गरि उनीहरुकाे सम्मानजनक हक,अधिकारका निमित्त सबैले सकारात्मक तरवले अघि बढ्नुपर्ने बताएका हुन्।समाजबाट तिरस्कृत हुने डरले कयौं मानिसले राेग लुकाएर राख्ने समेत गरेकाे उनकाे भनाइ थियाे।उनले ग्रसित व्यक्तिलाई समाजले लगाउने लाञ्छना र गर्ने दुर्व्यवहारको विरुद्धमा सबैले एकजुट हुनु पर्ने बताएका थिए।
त्यस्तै नगर उपप्रमुख नन्दा कुमारी थापाले संक्रमितलाई समाजमा सूसुचित तरिकाले सम्मानजनक व्यवहार गरि सचेतनामुलक र पहल पैरवीका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकाे बताएकी हुन्। उनले एचआईभी,एड्स सम्बन्धी कार्यक्रमका साथै संक्रमितकाे तथ्यांक एकिन गर्न आवश्यक रहेकाे बताईन्।
संक्रमितले समाजमा स्वतन्त्रताको अधिकार प्राप्ति गरि उनीहरूलाई सम्मानजनक बाँच्न पाउने अधिकार सिर्जना गरिनुपर्ने बताएकी हुन्।स्थानीय सरकारले समेत आफ्ना पालिकाका संक्रमित व्यक्तिहरुकाे लागी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सचेतनामुलक कार्यक्रममा जाेड दिनु पर्ने बताईन्।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले संक्रमित व्यक्तिले अझै समाजमा भाेगेका सामाजिक विभेद,लाञ्छना,अपमान र मानसिक तनावलाई गम्भीर रुपमा हेर्नुपर्ने बताए ।एचआईभी संक्रमितलाई घृणाका पात्र नभई माया,सद्भाव र सम्मानजनक व्यवहारका रुपमा लिनुपर्ने बताएका हुन्।एचआईभीलाई औंषधी सेवनबाट नियन्त्रण गर्न सकिने हुँदा सही उपचारमा जाेड दिनुपर्ने बताए ।
जिल्ला अस्पताल बाजुराका डाक्टर नकेन्द्र मल्लले कार्यक्रमकाे मुख्य उदेश्य माथी प्रकाश पारेका थिए। उनले एचआईभीका मुख्य कारण,राेग नियन्त्रणका उपाय, संक्रमित व्यक्तिलाई समाजमा गरिने व्यवहार लगायतका बिषयमा जानकारी गराएका थिए।साथै उनले एचआईभी सम्बन्धी सचेतना कार्यक्रम र संक्रमितलाई समाजमा सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने बताएका थिए।
कार्यक्रममा उपस्थिति पत्रकार,सुरक्षाकर्मी,जनप्रतिनिधिहरुले एचआइभी सम्बन्धी विभिन्न विषयमा जानकारी लिँदै समाजमा संक्रमितलाई सम्मानजनक रुपमा बाँच्न भेदभावरहीत नीति नियम,विभिन्न जनचेतनामूलक कार्यक्रम र स्थानीय तहले निति,निर्माण गरि कार्यान्वयन गर्न आवश्यक रहेकाे बताएका थिए।
बाजुरामा एचआइभीको संक्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको तथ्य समेत कार्यक्रममा बताईएकाे थियाे ।त्यस्तै जिल्लामा हाल ७२ जना एचआइभीबाट संक्रमित भएर नियमित औषधि सेवन गरिरहेको बताईएकाे थियाे।
स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्याैपानेकाे अध्यक्षतामा सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए। त्यस्तै कार्यक्रम उप-प्रमुख नन्दा कुमारी थापा,विभिन्न वडाका वडाअध्यक्ष सुरक्षाकर्मी सराेकारवाला निकाय लगायत पत्रकारकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रमकाे सञ्चालन स्वास्थ्य कार्यालय बाजुराका कर्मचारी प्रशान्तराज जाेशीले गरेका थिए।





खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर