• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 08, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विरासत जाेगाउने दाउमा कांग्रेस: लाेभलाग्दाे घरदैलो अभियान

खप्तड मालिका न्युज February 6, 2026 मा प्रकाशित (२ दिन अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

बाजुरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी कांग्रेस बाजुराले यतिबेला घरदैलाे अभियानलाई तिब्रता दिएकाे छ।कांग्रेस बाजुराबाट उम्मेदवार बनेका नेता जनकराज गिरीलाई निर्वाचित गराउन कांग्रेस बाजुरा घरदैलो अभियानमा जुटेकाे हाे।

कांग्रेस बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेकाे छ ।कार्यकर्ता संग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगाे कांग्रेस बाजुरा एकढिक्का भएर अभियानमा लागेकाे हाे।

कांग्रेस बाजुरा २०७९ काे जस्तैःविरासत जाेगाउने दाउमा चुनावी मैदानमा उत्रेकाे छ।२०७९ सालकाे प्रत्यक्षतर्फकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस बाजुराले सहज जित निकालेकाे थियाे।प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रशाद पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याई विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापालाई पाण्डेले ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेका थिए। पराजित एमालेका कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत ल्याएका थिए।कांग्रेस पुन: यहि विरासतलाई जाेगाउन गहन रुपमा छलफलका साथै घरदैलो अभियानमा लागेकाे छ।

केन्द्रमा कांग्रेस विभाजित भए पनि जिल्लामा भने सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अघि बढेका छन्।आगामी निर्वाचनमा पुन:सफलता प्राप्त गर्नु नै कांग्रेसकाे मुख्य उदेश्य बनेकाे छ। यता नेकपा एमाले २०७९ काे हारकाे बदला लिने तयारीमा छ ।त्यस्तै अन्य राजनितीक दलका व्यक्तिहरु पनि चुनाव जित्ने दाउमा छन्।

नेपाली कांग्रेस अहिले हरेक गाउँ बस्तीमा पुगेर जनतासंग सुख,दुखका साथै गाउँघरका समस्याहरु पहिचान गरिरहेकाे छ।समसामयिक राजनीतिक अवस्था,पार्टीको भावी रणनीति,आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयलाई कांग्रेसले प्रमुख प्राथामिकतामा राखेकाे छ।कांग्रेस आफ्नाे विरासत टुटाउने पक्षमा भने छैन्।

जनताकाे सेवामा समर्पित,कर्तव्यनिष्ट र सादगी नेताकाे ट्याग पाएका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेता गिरी स्थानीय विकास र न्यायका सन्दर्भमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका घर भएका गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्।

उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेेर भूमी सुधार तथा सहायक मन्त्री समेत बनेका थिए ।२०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।विकासवादी,सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई चिनिन्छ।गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन्।

कांग्रेसकाे अनुभवी नेताकाे रुपमा परिचित गिरी चुनावी मैदानमा हाेमिएसंगै बाजुरामा पार्टी एकता थप शसक्त र बलियाे हुने देखिएकाे छ। उनकाे उम्मेदवारीले कांग्रेसको चुनावी प्रतिस्पर्धालाई कस्तो दिशामा माेड्छ भन्ने कुरालाई विशेष प्राथामिकताका साथ हेरिएकाे छ।पार्टी र देशकाे लाेकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेता गिरी एक अनुभवी नेता हुन्।

पार्टीका नीति निर्माण र राष्ट्रिय नेतृत्वलाई समर्थन गर्दै चुनावी सफलता ल्याउने प्रयासमा उनी लागिरहेका छन्।पुर्व समहामन्त्री बद्री पाण्डे,पुर्व सभापतिद्वय मान ब रावल, कबिराज पण्डित, सभापति रामिसंह रावल, पुर्व संविधान सभा सदस्य महा नेपाली,पाटी सचिव तिलक पुरी, युवा नेता चक्र शाह, योगेन्द्र रावल ,जगतज‌ंग बम  लगायत नेता कार्यकर्ताको चुनावी अभियानमा छन्।

बाजुरामा अहिले मुख्य ४ राजनितीक दल प्रतिष्प्रर्धामा देखिएका छन् । नेपाली कांग्रेसका जनकराज गिरी,नेकपा एमालेका लाल बहादुर थापा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हेमराज थापा मुख्य प्रतिष्प्रर्धामा छन्। कांग्रेस र एमालेलाई जित हासिल गर्न भने हम्मेहम्मे हुने संकेत देखिएकाे छ।

कांग्रेसकाे घरदैलो अभियान (फाेटाेफिचर)

सम्बन्धित पोस्ट
  • आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल
  • देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
  • प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?
  • घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार थापा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?

    समाचार

    आज तराईमा हुस्सुरकुहिरो, पहाडी भागमा आंशिक बादल

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    प्रतिनिधि सभा निर्वाचनः मुख्यगरी यी चार अनुहार मध्ये कसले मार्ला बाजी?

    विरासत जाेगाउने दाउमा कांग्रेस: लाेभलाग्दाे घरदैलो अभियान

    घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार थापा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑