
बाजुरा: प्रेस चौतारी नेपाल बाजुराले स्थापना गरेको विनाेद विक स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन्।सम्मानित हुनेमा पत्रकार प्रकाश सिंह र सन्ताेषी रावल रहेका छन्।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले हरेक वर्ष प्रदान गर्दै आएको विनोद विक स्मृति पत्रकारिता पुरस्कार याे बर्ष पत्रकार सिंह र रावललाई प्रदान गरिएको प्रेश चाैतारी नेपाल बाजुराका सचिव सुशील राेकायाले जानकारी दिए।
२८ औं स्थापना दिवसकाे अवसर पारेर उनीहरुलाई सम्मानित गरिएको सचिव राेकायाकाे भनाई छ। विहिवार बडीमालिका नगरपालिकाकाे सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हाे।नगद ५ हजार ५ सय ५५ सहित उनीहरुलाई सम्मानित गरिएको छ।
प्रेस चौतारी बाजुराले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा प्रेस चौतारीमा आवद्ध भई पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर निरन्तर योगदान पुर्याउने १ महिला र एक पुरुष गरी २ जनालाई चौतारीको संस्थापक स्वर्गिय विनोद कुमार विकको स्मृतिमा पुरस्कार प्रदान गर्ने गरेको छ।
अघिल्लो बर्ष वर्तमान अध्यक्ष लक्ष्मीराज पाध्याय र कमला चदारालाई पुरस्कार प्रदान गरिएको थियाे। चौतारीको २८ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बाजुराका सचिव
काँसी विकले दोसल्ला सहित सम्मानित गरेका थिए ।
प्रेस चौतारी नेपालका संस्थापन सदस्य रहेका स्वर्गीय विनोद कुमार विकको कोभिड संक्रमणका कारण मृत्यु भएको थियो । बडीमालिका नगरपालिका ९ का पुर्व वडा अध्यक्ष समेत रहेका विकको सम्झनामा चार वर्षदेखि जिल्लामा चाैतारीमा आबद्ध क्रियाशिल २ जना पत्रकारलाई पुरस्कार दिने गरिएको छ ।
सम्मानीत हुने पत्रकार सिंह समाजसेवी तथा बडीमालिका खवर,दि हिमालयन टाईम्स र अनलाइन खवरसंग आबद्ध छन् ।त्यस्तै रावल गाेरखापत्र अनलाइन संग आबद्ध रहेकी छन्। रावल जिल्ला बाहिर हुँदा कार्यक्रममा उपस्थिति भने हुन सक्नु भएको थिएन्।
स्थापना दिवस कार्यक्रममा बाेल्ने वक्ताहरूले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए। श्रमजीवि पत्रकारको हक-अधिकारका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा उनीहरुकाे मत थियाे।प्रेश चाैतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायकाे अध्यक्षतामा सञ्चालन गरिएको स्थापना दिवस कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँसी विक प्रमुख अतिथि रहेका थिए।
त्यस्तै कार्यक्रम बडीमालिका नगरपालिका वडा.नम्बर ७ का वडाअध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याय,बडीमालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापा,६ का अध्यक्ष कृष्ण खड्का,प्रेश चाैतारी नेपाल बाजुराका ईन्चार्ज तथा एमाले बाजुराका जिल्ला कमिटी सदस्य राजीव राेकाया,नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित विक,नेपाल प्रेश युनियन बाजुराका सचिव राम बहादुर विक लगायतकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रमकाे सञ्चालन प्रेश चाैतारी नेपाल बाजुराका सचिव सुशील राेकायाले गरेका थिए।




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर