
हृदयचन्द्रसिंह प्रधानको चर्चित कृति ‘एक चिहान’ मा आधारित यो नाट्य प्रस्तुति विद्यार्थी र साहित्यप्रेमीका लागि पाठ्यक्रममा मात्र सिमित नबसी कथाको जीवन्त अनुभूति दिलाउने प्रयास स्वरुप नाटक प्रस्तुति मा ल्याइएको आयोजकले बताएको छ।

बाजुराका १७ वर्षीय सुनिल बुढा ‘कछुवा’ ले उपन्यासलाई नाटकमा रूपान्तरण गरेका हुन्। १५ वर्षको उमेरमै खण्डकाव्य ‘सहर जाने बाटो’ लेखेर समाजसेवा गर्दै आएका सुनिल अहिले कक्षा १२ मा धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयमा अध्ययनरत छन्।
आयोजकका अनुसार, सुनिलले पाठ्यपुस्तकमा सीमित रहेको कथा, पात्र र द्वन्द्वलाई रंगमञ्चमा उतारेर विद्यार्थी र दर्शकका लागि अझ स्पष्ट, संवेदनशील र प्रभावशाली बनाउने प्रयास गरेका छन्।
‘गाउँले प्रोडक्सन’ को आयोजना रहेको यस नाटकले पाठ्यक्रममा पढिने पंक्ति मात्र नभई कथाभित्र लुकेको पीडा, प्रश्न, द्वन्द्व र संवेदनालाई प्रत्यक्ष दर्शकसामु उजागर गर्नेछ। विशेष गरी कक्षा १२ का विद्यार्थीका लागि यो प्रस्तुति साहित्यको अध्ययन गर्ने नयाँ तरिका बन्ने अपेक्षा गरिएको छ।
यसले विद्यार्थीले न केवल कथालाई बुझ्ने तर पात्रको मनोविज्ञान, समाजसँगको द्वन्द्व र भावनात्मक यात्रा प्रत्यक्ष अनुभव गर्ने मौका समेत दिनेभएको छआयोजकका अनूसार सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यस्तो नाट्य प्रस्तुति हुनेभएको छ।
विद्यालयका प्राचार्य, नेपाली विषयका शिक्षक र साहित्यप्रेमीहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको छ। कार्यक्रमले विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउने, आलोचनात्मक सोच र विश्लेषणात्मक क्षमतामा सुधार ल्याउने विश्वास गरिएको छ।
माघ २३, २४ र २५ गतेका लागि तोकिएको यो नाट्य प्रस्तुति, सुदूरपश्चिमका विद्यार्थी र आमसाधारणका लागि कथालाई पढेर मात्र नभई प्रत्यक्ष अनुभव गर्ने सुनौलो अवसर साबित हुने अपेक्षा गरिएको छ।टिकटको अग्रिम बुकिङ खुलिसकेको छ ।सामान्य टिकट दुई सय,अपाङ्ग, विद्यार्थी र वृद्ध टिकट १ सय ५० ताेकिएकाे छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर