• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दार्चुलामा बुवाछोरा फरक(फरक दलको चुनावी प्रचारमा

खप्तड मालिका न्युज January 31, 2026 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खलङ्गा :  दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिका–९ दत्तु काँटैका नेपाली कांग्रेसका नेता चन्द्रसिंह सामन्त र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेशसिंह सामन्त नाताले बुवाछोरा हुन्। फरक–फरक राजनीतिक दलमा आबद्ध भए पनि उनीहरू अहिले गाउँ–गाउँमा सँगै पुगेर आ–आफ्नो पार्टीको प्रचारप्रसार गरिरहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बुवाछोराले आफ्ना–आफ्ना पार्टीका एजेन्डा लिएर मतदाता भेटघाट तथा प्रचार अभियान सञ्चालन गरिरहेका छन्।

रास्वपा दार्चुलाले माघ १२ गते मालिकार्जुन गाउँपालिकामा रहेको राष्ट्रकै सातौँ धाम मालिकार्जुन मन्दिरमा पूजाआजा गर्दै चुनावी अभियान सुरु गरेको रास्वपा दार्चुलाका संयोजक तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेशसिंह सामन्तले जानकारी दिए। उनले बुवा चन्द्रसिंह सामन्तलाई साथमै राखेर चुनावी अभियानको सुरुवात गरेका हुन्।यसअघि गत मङ्सिर २५ गते नेपाली कांग्रेस दार्चुलाले चन्द्रसिंह सामन्तलाई राष्ट्रिय सभाको पुरुषतर्फ उम्मेदवार सिफारिस गरेको थियो।

चन्द्रसिंह सामन्तका तीन छोरामध्ये माइला छोरा ५२ वर्षीय राजेशसिंह सामन्त रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका हुन्। घरभित्र फरक दल भए पनि प्रचारप्रसारका क्रममा सँगै हिँडिरहेको राजेशसिंह सामन्तले बताए। उनका अनुसार राजनीतिक दल फरक भए पनि प्रचारका क्रममा बुवाछोरा सँगै हिँड्ने गरेका छन्, जहाँ बुवाले कांग्रेसको प्रचार गर्छन् भने उनले रास्वपाको एजेन्डा राख्छन्।

यता कांग्रेस नेता चन्द्रसिंह सामन्तले राजनीतिक आस्था फरक भए पनि छोरासँगै चुनावी अभियानमा सहभागी भइरहेको बताए। उनले आफ्नो पार्टीले गरेका विकासका काम र भावी योजनाबारे प्रचार गरिरहेको र छोराले पनि आफ्ना पार्टीका कार्यक्रमबारे मतदातालाई जानकारी दिइरहेको उल्लेख गरे।

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशी, राप्रपाका राजेश चन्द, जनमोर्चाका बिर्खराज पन्त, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल, नेकपा संयुक्तका विद्यादेव जोशी, नेपाली कम्युनिस्ट पार्टीका नवराज भट्ट, आमजनता पार्टीका प्रेमसिंह बडाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑