
बाजुरा: आर्थिक समस्याले उपचार नपाएर थलामा पर्नु निकै दु:खत कुरा हाे।बर्षाैदेखि व्यक्ति थला पर्नु गम्भीर समस्या।आर्थिक समस्याले जटिल रोगको समयमै पहिचान र उपचार हुन सक्दैन्।जसका कारण व्यक्तिले दुखकाे जिन्दगी भाेग्नुपर्ने बाध्यता छ।

बाजुरा विकट क्षेत्र । यहाँ अभावै अभाव र गरिबी छ। गरिवीकै कारण कतिपयले समयमै उपचार गर्न सक्दैनन्।समयमै उपचार नपाउँदा उनीहरुले नर्ककाे जस्तैः जिन्दगीमा जिउँनु पर्छ। बाजुरामा आर्थीक अभावकै कारण कतिपयले उपचार पाएका छैनन्।
आर्थिक समस्याकै कारण बर्षाैदेखी थलामा छिन् बाजुराकी पुष्पा शाही। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका वडा.नम्बर ३ जुकाेट घर भएकी पुष्पा विगत ६ बर्ष देखि गम्भीर शारीरिक समस्याबाट थलामा परेकी छन्।घरको आर्थिक अवस्था कमजोरी भएपछि उनको उपचारमा समस्या भएको हो ।
पीडादायी जीवनमा रुमलिएको उनकाे जीवन अहिले दर्दनाक अवस्थाकाे छ।गम्भिर शारीरिक समस्याबाट पुष्पा मात्र नभई उनका भाई शिशिर पनि अशक्त अवस्थाका छन्।
सामान्य परिवार जन्मिएकी शाही पुर्ण रुपमा अशक्त छिन् भने भाई सामान्य रुपमा हिड्डुल गर्न सक्ने अवस्थाका छन्।
कक्षा १० काे (एसइई) परिक्षा दिए पछि करिब २१ वर्षको उमेरदेखि अचानक छाेरीमा शारीरिक समस्या देखिन थालेको पुष्षाकी आमा राधीका शाहीले बताईन्।१९ बर्ष अघिसम्म छाेरी सामान्य अवस्थामा भए पनि २० बर्षदेखि छाेरी पुर्ण रुपमा थलिएकी उनले बताएकी छन्।
क्रमशः उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी र समयमै उपचार नपाउँदा अहिले उनी पूर्ण रूपमा थलिनु परेकाे शाहीले बताईन् ।त्यस्तै,छोरा शिशिर पनि छोरी जस्तैः समस्याबाट पिडित भएको बताईन्।छाेरा शिशिर सामान्य रूपमा हिँडडुल गर्न सके पनि अन्य काम गर्न नसक्ने अवस्थाकाे रहेकाे उनकाे भनाई छ।
राधीकाकी छाेरी पुष्पा भने अरुकै सहाराले वाहिरभित्र हुने गरेकी छन्।एसइई पछि राम्रोसँग पढेर आमाबुबालाई सुख दिन्छु भन्ने छाेरीकाे सपना थियो ।त्याे सपना गम्भीर राेगले पुरा हुन दिएन्,राधिकाले दुखेसाे पाेख्दै भनिन्, ‘आमाबुबालाई पाल्नु पर्ने अवस्थामा उल्टाे आमाबुबाले पाल्नु पर्ने अवस्था आयो।आर्थिक समस्याका कारण समयमै उपचार गर्न नस्कदा अहिले समस्या भाेग्नु परेकाे छ।’
आफ्नाे एक छाेरा र एक छाेरी मात्रै हुन्। तीन दुबै सन्तान पनि शारीरिक रुपमा अशक्त छन्।राधीकाले थप दुखेसाे पाेख्दै भनिन्,‘उमेर हुँदासम्म हामी स्याहार गराैला,हामी नै अशक्त भए पछि हामी सहित उनकाे स्याहार कसले गर्ला। छोराछोरीको उपचार गराउने चाहना भए पनि त्यो चाहना चाहानामै सिमित छ।’
शाहीकाे परिवारले छोराछोरीको उपचारमा सहयोग गरिदन समेत अपिल गरेकी छन् । कोही मनकारी सहयाेगी भावना भएका व्यक्तिले छाेराछाेरीकाे उपचारमा सहयाेग पुर्याएकाे खण्डमा खुसी हुने शाहीकाे परिवारकाे आशा छ।आर्थिक समस्याका कारण छाेरीकाे उपचारमा कसैकाे सहयोग नपुगेकाेले ओछ्यानमै थला पर्नु बाहेक अन्य विकल्प नभएको विरामी पुष्पाका बुबा धनराज शाहीले बताए ।
उनका अनुसार,उपचार भन्दा पनि राेग के-हाे? भनेर पत्ता समेत लगाउन नसकिएकाे बताए। छाेरी पुर्ण रुपमा थलिएकाे बताउँदै छाेरीकाे स्याहार सुसारमै दैनिकी वित्ने गरेकाे उनकाे भनाई छ।साथै छाेरामा समेत बिस्तारै छाेरीकै जस्ताे समस्या देखा पर्दै गएकाे उनले बताए।
आर्थिक अभाव नै आफ्नो परिवारकाे लागी काल बनेर उभिएको उनकाे भनाई छ।छाेरा र छाेरीकाे उपचारमा कहिँ कतैबाट सक्दाे सहयाेग मिलेकाे खण्डमा निकै नै आभारी हुने शाहीकाे भनाई छ।शाहीकी छाेरी पुष्पा बाेलचाल गर्न समेत नसक्ने अबस्थामा पुगेकी छन्। छाेरा भन्दा पनि छाेरीकाे अवस्था निकै दर्दनाक र पिडादायी छ।
दुर्गम क्षेत्रका गरिव तथा विपन्न परिवारले अनेकौँ दुख,कष्ट झेल्नुपर्ने बाध्यता रहि आएकाे छ। पुष्पा शाहीकाे समस्या केवल एक उदाहरण मात्र हाे। बाजुुरामा यस्ता कयौँ घटना रहेकाे छन्। बाजुरामा गरिबी,भाेकमरी र अशिक्षा लगायत विभिन्न समस्याहरु जेनका तेन छन्।जसले गर्दा यहाँका नागरिकहरुले अनेकौं दु:ख कष्ट झेल्दै आएका छन्।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर