
धनगढीः विभिन्न मुद्दामा फरार कैलालीका ७ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरीवाना तोकिएको भजनी नगरपालिका–६ बस्ने मनिष कुमार चौधरी, सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ४२ वर्षीय बिर्खबहादुर सुनार पक्राउ परेका हुन्।

यसैगरी लागूऔषध खैरो हेरोइन मुद्दामा फरार टीकापुर नगरपालिका–१ ,ब्लक नम्बर ११ बस्ने पदम राज भण्डारी, धनगढी उपमहानगरपालिका–२ बस्ने बिक्रमबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ बस्ने हरि साउँद, गोदावरी नगरपालिका–१ बस्ने शिखा डाँगी र बर्दगोरिया गाउँपालिकापा–१ बस्ने सन्तोष बिश्वकर्मा पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका सातै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर