
बैतडीः बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला भेला सम्पन्न भएको छ। केन्द्रीय नेताहरूको उपस्थितिमा सोमबार भेला आयोजना गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले जानकारी दिए।

भेलालाई रास्वपाका केन्द्रीय नेता दीपक बोहरा, रमेश प्रसाईं, प्रमोद न्यौपाने, राजीव खत्री लगायतले सम्बोधन गरेका थिए। नेताहरूले देशमा विद्यमान समस्या समाधान गर्न रास्वपाले मात्रै निकास दिन सक्ने दाबी गरेका थिए।
भेलाका क्रममा हरिमोहन भण्डारी, कांग्रेसका पूर्व पाटन नगर सभापति मानबहादुर ऐर, जेनजी अगुवा विशाला भट्ट लगायत ३ सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेको संस्थापक महामन्त्री जोशीले बताए।
पार्टी एकतापछि राष्ट्रिय राजनीति र पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले भेला आयोजना गरिएको उनले स्पष्ट पारे।रास्वपा बैतडीका सभापति भीमनाथको अध्यक्षतामा भेला सम्पन्न भएको हो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर