• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एजेन्टिक एआईको उदय, सामाजिक सञ्जाल नियमनको तरंग

खप्तड मालिका न्युज January 1, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ — तीन वर्षअघिसम्म सूचना प्रविधि र डिजिटल सुशासनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० लाई ‘भविष्यको प्रविधि’ मानिन्थ्यो । हामीले गुगल ट्रान्सलेट, गुगल म्याप्स, सिरी वा अंग्रेजी व्याकरण सुधार्ने ग्रामर्लीजस्ता टुलमार्फत एआई प्रयोग गरे पनि ती मुख्ययता पर्दा पछाडि वा ब्याक एन्डमा सीमित थिए ।

सन् २०२२ को अन्त्यतिर, विशेषगरी च्याटजीपीटी सार्वजनिक भएपछि एआई एक्कासि सर्वसाधारणको पहुँचमा पुग्यो । सन् २०२५ मा आइपुग्दा एआई असाध्यै शक्तिशाली र मानिसको आवश्यकतासँग जोडिएको विषय बनेको छ ।

वर्ष २०२५ लाई प्रविधि क्षेत्रमा ‘एजेन्टिक एआई’ को उदय र प्रयोग बढेको वर्षका रूपमा सम्झिइने भएको छ । उपभोक्ता प्रविधिसम्बन्धी द न्युयोर्क टाइम्सका स्तम्भकार ब्रायन एक्स चेनका अनुसार यस वर्ष मानिसहरूले सोधेका प्रश्नको जवाफ दिन वा कुराकानी गर्ने माध्यमका रूपमा मात्र एआई सीमित रहेन, बरु आफैंले योजना बनाएर काम सम्पन्न गर्ने ‘एजेन्ट’ मा रूपान्तरण भयो ।

‘कुनै च्याटबटले तपाईंका लागि हवाई टिकट बुक गरिदिनेजस्तो काम गर्छ भने प्रविधि क्षेत्रका मानिस वा टेकीहरू यसलाई एजेन्टिक भन्छन्,’ ब्रायनले डिसेम्बर ३० को स्तम्भकार लेखेका छन् । एजेन्टिक एआई टुलहरू विशेषगरी अमेजन वेब सर्भिस, गुगल क्लाउड, गिटहब, सेल्सफोर्सजस्ता ठूला प्रविधि कम्पनीहरूले ग्राहक सहायता, प्रणाली अनुगमन वा डेटा व्यवस्थापनदेखि बग पत्ता लगाएर त्यसको स्वतः समाधानका लागि प्रयोग गर्दै आएका छन् ।

एआई मोडेलहरूमा गुगलको ‘जेमिनाई थ्री’, ओपन एआईको ‘जीपीटी फाइभ’ र चिनियाँ स्टार्टअप डिपसिकको ‘डिपसिक आर वान’ ले यस वर्ष विश्व बजारमा तरंग पैदा गरे । जेमिनाईमा जटिल विषयमा वा गहिराइ पुगेर जवाफ दिने गरी ‘एड्भान्स रिजनिङ’ फिचर र च्याटबटभित्रै एप बनाउन मिल्ने सुविधा थप गरियो । च्याटजीपीटी–फाइभले एआईलाई ‘एसिस्टेन्ट’ बाट ‘एजेन्ट’ मा बदल्दै लङ–कन्टेक्स्ट मेमोरी र मल्टिमोडल फिचर सार्वजनिक गर्‍यो । डिपसिकको आरवान मोडललाई भने यस वर्ष हिसाब र कोडिङमा थप शक्तिशाली बनाइयो ।

मिडजर्नी भी–सिक्स, एडोबी फायरफ्लाई, लुमा एआई, सिन्थेसिया, भीडु, रनवे, जेन–थ्री, पिका ल्याब्स, सोराजस्ता टुलमार्फत तस्बिर र भिडियो जेनेरेट गर्ने, तस्बिरलाई भिडियोमा बदल्नेजस्ता काममा पनि यस वर्ष आम प्रयोगकर्ता अभ्यस्त भए । ठ्याक्कै विवरण नभए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र एआई एनालिटिकल टुलहरूको अनुमानअनुसार विगत एक वर्षमा १५ देखि २० अर्ब वटा तस्बिर र साढे २० करोडजति भिडियो विभिन्न एआई टुलमार्फत जेनेरेट गरिएको थियो ।

यसरी सन् २०२५ भर इन्टरनेटमा एआईले बनाएका कन्टेन्ट बग्रेल्ती देखापरे । त्यसमा कतिपय सामग्री भने भ्रामक, मिथ्या, गुणस्तरहीन पनि थिए । यसलाई बुझाउन मेरियम–वेबस्टर डिक्सनरीले एआई ‘स्लोप’ भन्ने शब्दलाई वर्ड अफ द इयर ‘वर्षको शब्द’ घोषणा गरेको छ । यसले एआईको नकारात्मक र चुनौतीपूर्ण पक्षलाई औंल्याउँछ ।

गुगलको वार्षिक रिभ्युका अनुसार एआईले यस वर्ष वैज्ञानिक खोज र जटिल गणितीय समस्या समाधानमा ऐतिहासिक सफलता हासिल गरेको छ । सामाजिक सञ्जालको क्षेत्रमा भने यस वर्ष सुरक्षा र नियमनको विषय निकै पेचिलो बन्यो । द हिन्दुका अनुसार अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर विश्वव्यापी तरंग पैदा गर्‍यो ।

अमेरिकाका विभिन्न राज्यहरूमा पनि बालबालिकाको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै एआई च्याटबटमाथि कडा नियम लागू गरिएका छन् । मलेसियाले सन् २०२६ बाट त्यो व्यवस्था लागू गर्ने घोषणा गरेको छ । जर्मनी, फ्रान्स, इटाली, बेल्जियमलगायत विभिन्न युरोपेली देश पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसँगै स्क्रिनटाइम कम गर्ने प्रयत्नमा छन् ।

ग्याजेट्सतर्फ एप्पलले आफ्नो आइफोन १७ को पातलो ‘एअर’ भेरिएन्ट सार्वजनिक गरेर चर्चा बटुल्यो भने गुगलको पिक्सेल १० सिरिज पनि निकै रुचाइयो । टेक ३६० अवाडर््सले एप्पल वाच अल्ट्रा र सोनी प्लेस्टेसन ५ लाई यस वर्षका उत्कृष्ट ग्याजेटको सूचीमा राखेको छ । यसैगरी, चीनमा ह्युमनोइड ९मानवीय स्वरूपका० रोबटले म्याराथन दौडमा भाग लिनेदेखि होटल र कारखानाहरूमा काम गर्न थालेर सबैलाई चकित पारे ।

क्रिप्टोकरेन्सी बजारमा पनि यस वर्ष ठूला उथलपुथल देखिए । एमआईटी टेक्नोलोजी रिभ्युका अनुसार डोनाल्ड ट्रम्पले ‘ट्रम्प’ नामक आफ्नै ‘मिमक्वाइन’ सार्वजनिक गरेर डिजिटल मुद्रा बजारलाई थप चर्चामा ल्याए । यसले क्रिप्टो बजारमा उत्साहजनक वृद्धि निम्त्यायो । सन् २०२५ मा समग्र क्रिप्टो बजारको मूल्य १० प्रतिशतले बढेर कुल बजार पुँजीकरण ६ सय बिलियन डलर थपिएको छ । बिटक्वाइनको मूल्य १ लाख डलरको बिन्दु पार गर्नुलाई यस वर्ष क्रिप्टो क्षेत्रको सबैभन्दा ठूलो खबर मान्न सकिन्छ ।

स्याटलाइट इन्टरनेटको विस्तारले विश्वका दुर्गम स्थानहरूमा इन्टरनेटको पहुँच पुर्‍याएको छ । अन्तरिक्षको क्षेत्रमा चीनको सांगे–७ मिसनले चन्द्रमाको दक्षिणी ध्रुवमा पानीको खोजीका लागि महत्त्वपूर्ण पाइला चालेको छ । सीजीटीएनका अनुसार चीनले स्वच्छ ऊर्जामा विश्वकै नेतृत्व गर्दै कोइलाको सट्टा सौर्य र वायु ऊर्जालाई प्राथमिक ऊर्जाको स्रोत बनाउन सफल भएको छ । इलन मस्कको अन्तरिक्ष कम्पनी, स्पेस एक्सले जस्तै चिनियाँ रकेट स्टार्टअप ‘ल्यान्डस्पेस’ ले पुनः प्रयोग गर्न मिल्ने रकेट बनाएर अन्तरिक्ष क्षेत्रमा चर्चा कमाएको छ ।

मस्क स्वयंका लागि भने वर्ष २०२५ उथलपुथलपूर्ण नै देखियो । उनी ट्रम्पसँग नजिक भएर ‘डज’ मार्फत शक्तिशाली सरकारी पदमा पुगे र तुरुन्तै दुईबीच मनमुटाव भएपछि बाहिरिए । तथापि मेटा, अमेजन, ओपेनएआईजस्ता कम्पनी ‘ट्रम्प–मैत्री’ अर्बपतिहरूको नियन्त्रणमा रहेकाले अभिव्यक्ति स्वतन्त्रतामा हामी पछाडितर्फ ठूलो फड्को मारिरहेका छौं भन्दै वरिष्ठ पत्रकार फिलिप डे ला हजले द भर्जमा विश्लेषणात्मक आर्टिकल लेखेका छन् ।

नेपालका लागि पनि सन् २०२५ डिजिटल रूपान्तरण र डिजिटल अधिकारका दृष्टिले निकै सक्रिय वर्ष रह्यो । डिजिटल राइट्स नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष नेपालको डिजिटल पूर्वाधार विस्तार र डिजिटल सेवा प्रवाहमा प्रगति भए पनि नागरिकको डिजिटल अधिकार र सुरक्षाको पक्ष भने कमजोर रह्यो । सरकारले राष्ट्रिय एआई नीति २०२५ स्वीकृत गर्नुका साथै नागरिक एप र राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहमा जोड्दै सार्वजनिक डिजिटल पूर्वाधार ९डीपीआई० विस्तार गरेको थियो । तर, सामाजिक सञ्जाल विधेयक र इन्टरनेट नियमनका सरकारी प्रयासहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै नागरिकस्तरमा ठूलो विरोध भयो ।

विशेषगरी जेन–जीको नेतृत्वमा भएको आन्दोलनले प्रविधिको प्रयोग र नागरिक अधिकारको बहसलाई नयाँ मोड दिएको डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले बताए । ‘सरकारले ल्याएका सामाजिक सञ्जाल विधेयक, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, एआई नीतिजस्ता दस्ताबेजमा नियमनभन्दा नियन्त्रणको सोच हाबी भएको देखिन्छ,’ उनले भने, ‘कानुन बनाएर नियमन गर्नेभन्दा पनि कार्यपालिकाले जारी गरेका निर्देशिकाका आधारमा शासन गर्ने प्रवृत्ति देखियो ।’

नेपाली कामदारहरूलाई विदेशमा लगेर अनलाइन ठगीमा संलग्न गराइएका घटनाहरूले साइबर अपराधलाई अन्तरदेशीय समस्याका रूपमा खडा गर्‍यो । यद्यपि अधिकारकर्मी र नागरिक समाजको सक्रियताले सरकारलाई जिम्मेवार बनाउने र डिजिटल अधिकारको संरक्षणका लागि बहसहरू भने जारी राखेको छ । यस वर्ष एआई र प्रविधिको रफ्तार तीव्र हुँदा विश्वभर नियमनको बहस पनि जोडतोडले उठेको पाइयो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑